• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

चिकित्सकीय जाँचमा किन हेरिन्छ जिब्रो

May 31st, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकीय जाँचमा किन हेरिन्छ जिब्रो

 

डा. ललित मिश्र

जब तपाईं आफ्नो या आफन्तको रोगको उपचार गर्न कुनै चिकित्सक कहाँ पुग्नु हुन्छ । सम्बन्धित डाक्टरले तपाईंको कुरालाई सुन्दै नोट गर्दछ, त्यसपछि शारीरिक परीक्षणको क्रममा मुख आँ गर्न लगाएर जिब्रो बाहिर निकाल्नुस् भन्छ । र, मुखभित्र टर्च बालेर जिब्रोलाई मज्जासँग नियालेर हेर्दछ । टाउको दुखेको होस्, पेट या शरीरको कुनै अन्य भागमा नै पीडा किन नभएको होस्, चिकित्सकले जिब्रो भने अवश्य नै हेरेको अनुभव हामी तपाईंले गरेका छौं । आखिरमा चिकित्सकले जाँचको क्रममा जिब्रो किन हेरेको होला भन्ने कुराको जिज्ञासा लाग्नु स्वाभाविक नै हो ।

पाँच ज्ञानेन्द्रियमध्ये जिब्रो पनि एक हो । यसको शब्दको उच्चारणमा सहयोग गर्ने, बोल्ने र खाने कुराको स्वाद छुट्टयाउने काम हो । यत्तिमै मात्र जिब्रोको काम सीमित भने छैन । जिब्रोले विभिन्न प्रकारका स्वास्थ्य समस्याबारेमा जानकारीसमेत दिन्छ । जिब्रोको अवस्था हेरेर व्यक्तिको स्वास्थ्य समस्याको बारेमा सजिलोसित थाहा पाउन सकिन्छ । भनिन्छ, जिब्रो पेटको दर्पण हो । यसले पाचनसम्बन्धी विकारलाई दर्शाउनुको साथै पाचनतन्त्रको गडबडीले शरीरको अन्य भागमा हुने खराबीलाई पनि देखाउँछ । जस्तै अपचले गर्दा पित्त बढन गई टाउको दुख्छ साथै दृष्टिमा पनि गडबडी हुन्छ । यस प्रकार पेटको वायु विकारले मुटुको धड्कनलाई बढाउनुको साथै छातीमा दर्द पनि हुन्छ । पेटको खराबी नभइकन पनि जिब्रोले हामीलाई शरीरको अन्य सिस्टमको बारेमा पनि महत्वपूर्ण जानकारी दिन्छ । जस्तै अर्ध पक्षघातमा (जिब्रोको आधी भाग सुकेको) देखिन्छ । पहेँलो र चिल्लो जिब्रोले व्यक्तिमा रगतसम्बन्धी विकारबारे सूचित गर्दछ । यसैगरी नीलो भएको जिब्रोले (इमप्युअर अक्सिजन) मुटुसम्बन्धी रोगलाई बताउँछ । तर, यी सबै कुराहरू फिजिकल लेबलमा भए । मानिसको मन, शरीर, भावनासमेत पाचनतन्त्रबाट प्रभावित भएको हुन्छ । जस्तै– हाइपर एसीडीटी प्रायगरी व्यक्तिको तनाव (स्ट्रेस) सँग गाँसिएको हुन्छ । यस प्रकारले हेर्ने हो भने जिब्रोले पाचनतन्त्रको गडबडीलाई मात्र दर्शाउँदैन कि अपितु समष्टिगत रूपमा व्यक्ति विशेषलाई नै जनाउँछ भन्दा अत्युक्ति नहोला ।

सायद यही कारण होला कि प्राचीनकालमा वैद्य (आयुर्वेदिक फिजिसियन) हकिम (युनानी फिजिसियन) हरूले रोगीको जिब्रो, नाडी, हात र खुट्टाका नङ तथा केश आदिको परीक्षणबाट नै गम्भीर रोगहरू पत्ता सजिलोसित लगाउँदथे । त्यसबेला अहिलेको जस्तो अत्याधुनिक चेकजाँच गर्ने मेसिन तथा औजारहरू पनि थिएनन् । र पनि, टीबी मस्तिष्करोग, छारेरोग, पेटसम्बन्धी रोग, आदिहरूको सफल उपचार गरिन्थ्यो । आधुनिक चिकित्सा (एलोप्याथिक) स्कुलमा रोग निदानको उद्देश्यबाहेक बिरामीको जिब्रोलाई त्यति महत्व दिँदैनन् । जति अन्य चिकित्सा पद्धति आयुर्वेदिक, होमियोप्याथिक, युनानीमा दिइन्छ । होमियोप्याथिक दृष्टिकोण अनिवार्य रूपले यसबाट भिन्न हुन्छ । एक होमियोप्याथिक चिकित्सकलाई रोगीको जिब्रोले महत्वपूर्ण जानकारी दिन्छ । जसको सहायताले व्यक्ति विशेषको उपचारार्थ औषधिको निर्देशपत्र लेख्न सकिन्छ । जिब्रोको अवस्थाले शरीरमा विभिन्न प्रकारको रोगहरूको उपस्थितिलाई जनाउँछ । उदाहरणको लागि–यदि कसैको जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निसानहरू देखिन्छ भने व्यक्तिको शरीरमा भयंकर रगतको कमी हुन सक्छ । जिब्रोमा देखिने कालो दागले व्यक्तिमा उच्च रक्तचापको संकेत दिन्छ । यदि पेटको माथिल्लो भागमा दर्द रहन्छ भने त्यस व्यक्तिको जिब्रो चम्किलो हुन सक्छ । यदि जिब्रोमा चिनीका मसिना कणजस्ता चम्किलो थोप्लाको निशान छ भने– पेटमा जुका (वार्मस)हरू रहेको संकेत हो । यसैगरी ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको दुख्नु, पेट दुख्नुजस्ता समस्याहरूमा व्यक्तिको जिब्रो हेरेर पत्ता लगाउन सकिन्छ भने जिब्रोको अवस्थाले चिकित्सकहरूलाई रोगको निदान गर्नमा सहयोग पु¥र्याउँछ । जिब्रोमा हुने परिवर्तनले अनेक रोगको संकेत दिन्छ । रोगको निदानमा बिरामीले चिकित्सकसँग झुटो बोलेर रोग लुकाउन खोजे तापनि उसको जिब्रोले झुटो बोल्दैन । तर, जहाँ रोगीले उपचारार्थ एलोप्याथिक औषधिको सेवन गरिरहेको छ या कुनै प्रकारको जडीबुटी प्रयोग गरिरहेको छ भन्ने कुरा त्यस अवस्थामा जिब्रोको रंग बदलिन पनि सक्छ । रंग परिवर्तन भएको जिब्रोलाई रोग निदानको रूपमा लिन वा विश्वास गर्न सकिँदैन ।

एउटा स्वस्थ व्यक्तिको जिब्रोको रंग गुलाबी हुनुका साथै सफा, पातलो तथा स—साना टुस्सा (प्यापिली)ले भरिएको हुन्छ । आयुर्वेदिक चिकित्सानुसार–मानिसको विभिन्न अंगप्रत्यांगलाई दर्शाउने गरी जिब्रोलाई विभाजित गरिएको छ । जुन यस प्रकार छ– जिब्रोको सतहले मेरुदण्ड, दाहिने र देब्रे छेउको भागले किड्नी, सतहदेखि अलिक अगाडिको भाग (आन्द्रा, त्यसको अगाडिकोले अग्नाशय र त्यसभन्दा अगाडिको भागले पेटको अवस्थालाई जनाउँछ, बीचको छेउको भागले दाहिने फियो र देब्रे लिबरलाई संकेत गर्दछ । यस प्रकार अगाडिको दुवै साइडले दाहिने र देब्रे खुट्टालाई जनाउँछ भने यसको बीचको भागले मुटुको प्रतिविम्ब हो । आफ्नो जिब्रोलाई ऐनामा हेरेर विचार गर्न सकिन्छ ।

होमियोप्याथिक चिकित्सामा बिरामीको जिब्रोको आकारप्रकार अवस्था (जन्मजात बिरामी भएर रंंग (गुलाबी, सेतो, पहेँलो, हरियो, नीलो, कालो, निशान सुक्खा, रसिलो ¥याल चुहिने सुन्निएको, घुम्चिएर, चाउरी परेको, पक्षाघात आदि हेरिकन पनि बिरामीको लागि उपयुक्त औषधि प्रिस्क्राइब गरिने गरिन्छ । यसरी जिब्रोको अवलोकनबाट रोग निदान गरी चिकित्सकले छिटोछरितो स्वस्थ्य सेवा दिन सक्छ भने बिरामीले पनि सहज रूपमा सजिजोसित सेवा प्राप्त गर्न सक्छन् ।

ससाना बालकहरू, लाटो, बहिरो, व्यक्तिका  साथै चिकित्सकले नबुझ्ने भाषामा कुरा गर्ने रोगीहरूको जिब्रो हेरिकन औषधि लेख्न मद्दत मिल्दछ । ओपीडी (वहिरंग विभाग) मा बिरामीको चाप भएको अवस्थामा स्वास्थ्य परीक्षणको क्रममा जिब्रो हेरी औषधि लेखिदिन सजिलो हुनुका साथै छोटो समयमा बढीभन्दा बढी बिरामीलाई परीक्षण गर्न मद्दत मिल्दछ । बिरामीले आफ्नो समस्या सही ढगंले बताउन् सकेन भने पनि जिब्रोको परीक्षणले प्राप्त जानकारीको आधारमा औषधि लेख्न सकिन्छ । यसप्रकार दैनिक परीक्षा र जिब्रोको अवलोकन, यसले रोगीको रोगनिदान गर्नका साथै रोगीको लागि उपयुक्त औषधिको चयनमा पनि चिकित्सकलाई सहयोग गर्दछ । जिब्रोका केही अवस्थाहरूले व्यक्तिको जिउमा रहेको वा हुन सक्ने रोगको बारेमा पनि भविष्यवाणी पनि गर्न सकिन्छ भन्ने विज्ञहरूको भनाइ छ ।

डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रो हुनु, मुखमा कीटाणुको संक्रमण भएको लक्षणका रूपमा लिइन्छ । यसैगरी एलर्जीका कारण जिब्रो सुन्निने हुन्छ । लामो समयसम्म एन्टिबायोटिक औषधिको प्रयोग गरेको मानिस तथा एचआईभी (एडस) बाट संक्रमित भएका मानिसको मुखमा ढुस्सी (फगंसं को संक्रमण भएको हुन्छ । यस्ता व्यक्तिहरूको जिब्रो कालो तथा रंगहीन हुन्छ । जिब्रोको सतहमा लामो गहिरो धर्साहरू (चिरा) हुनु भिरंगी (सिफिलिस) जस्ता यौन रोगको संकेत हुन सक्छ । यसैगरी जिब्रोमा बराबर घाउ हुनु–पेटको जटिल रोग (क्रोनिक डिजिज) को लक्षण हो । स्वाद थाहा पाउने कोषिकाहरू कम भएको–चिल्लो जिब्रोले व्यक्तिको शरीरमा भिटामिन बी—१२ र फलाम तत्व (आइरन) को कमी भएको रक्तअल्पता (एनिमिया) को संकेत गर्दछ ।

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सम्पादक जोशीलाई रोटरी इन्टरनेशनल हेल्थ अवार्ड
Next article सूर्तिजन्य पदार्थले हृदयघात हुने

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133238
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web