• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पहिलो पटक मस्तिष्क मृत्युभएको व्यक्तिको मिर्गौला र कलेजो तीन जनामा प्रत्यारोपण

March 4th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलो पटक मस्तिष्क मृत्युभएको व्यक्तिको मिर्गौला र कलेजो तीन जनामा प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौँ, १९ फागुन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक जना व्यक्तिको मिर्गौला र कलेजो झिकेर तीन जना बिरामीमा प्रत्यारोपण गरेको छ ।
प्रत्यारोपण केन्द्रले भक्तपुरको एक अस्पतालमा ब्रेन डेथ भएकी १७ वर्षीया किशोरीको दुईवटा मिर्गौला र एउटा कलेजो झिकेर तीन जनामा प्रत्यारोपण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको दुईवटा अंगबाट तीन जनाले जीवनदान पाएको बताए ।

उनले एकै व्यक्तिबाट झिकिएको दुईवटै मिर्गौला क्रमश ३५ र ४७ वर्षका पुरुषमा र कलेजो ६९ वर्षको पुरुषमा सफलता पूर्वक प्रत्यारोपण गरिएको बताए । उनले एकै व्यक्तिको दुई फरक फरक अंग (कलेजो र मिर्गौला) झिकेर तीन जनामा प्रत्यारोपण गरिएको नेपालमै पहिलो पटक भएको जानकारी दिए ।

‘गत १५ फागुनमा भक्तपुरकै एक निजी अस्पतालमा सवारी दुर्घटनामा परी उपचार गराईरहेकी एक १७ वर्षीया किशोरीको मस्तिष्क मृत्यु भएको र उक्त किशोरीको परिवारले अंग दान गर्न ईच्छा जाहेर गरेको खवर आयो । हामीले तत्कालै परिवारसंग सम्पर्क गरयौँ । त्यसपछि मेडिको लिगलका सम्पूर्ण प्रक्रिया पुरा गरेर अंग झिक्यौं । अंग पर्खाईमा रहेका बिरामीहरुलाई तयार गरियो र १६ फागुनको विहानै देखि प्रत्यारोपणका काम सुरु गरयौँ । कलेजो प्रत्यारोपणमा सघाउन विहान पहिलो उडानबाट भारतबाट विज्ञ चिकित्सकको टोली समेत आइपुग्यो,’ प्रत्यारोपणबारे केन्द्रका निर्देशक डा श्रेष्ठले भने ।

उनका अनुसार मायादेवी गाउँपालिका–४ रुपन्देहीका ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ललितपुर महानगरपालिका–२५ का ६९ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

डा श्रेष्ठले प्रत्यारोपण सम्पन्न भएको ७२ घण्टा नाघेको र स्वास्थ्य अवस्था सामान्यउन्मुख बन्दै गएकोले आज यसबारे जानकारी गराइएको समेत स्पष्ट पारे ।

कार्यक्रममा प्रत्यारोपण केन्द्रका नेफ्रोलोजिष्ट एवं अंग प्रत्यारोपण समन्वय ईकाईका संयोजक डा कल्पनाकुमारी श्रेष्ठले ब्रेन डेथ सम्वन्धी कानून बनेपनि अपेक्षित रुपमा मस्तिष्क मृत्युपछि अंगदान गर्ने प्रक्रिया अघि बढ्न नसकेको बताईन् ।

उनले भनिन्, ‘देशमा बर्षेनी करीव १ हजार जनाको मस्तिष्क मृत्यु हुन्छ । हामीले भने ६ वर्षको अवधीमा २७ ठाँउबाट मस्तिष्कमृत्यु भयो भनेर खवर त आयो तर ५ ठाँउमा मात्रै सफल भयौँ । यसो हुनुमा यसबारेको जानकारीमा देखिएको अभाव नै हो भन्ने लाग्छ । अहिले पनि हामीकहाँ मिर्गौला प्रत्यारोपणका लागि ७०० बढी पालो पर्खेर बसेका छन् । कलेजो प्रत्यारोपणका लागि पालो पर्खिनेको संख्या पनि २० पुगिसकेको छ ।,

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले मस्तिष्क मृत्यु र अंगदान बारेमा जनचेतना जगाउनु अहिलेको लागि सबैभन्दा बढी आवश्यक रहेको बताए ।

नेपालमा २८ कात्तिक २०७४ मा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मिर्गौला दुई जनामा प्रत्यारोपण गरिएको थियो । त्यसयता अहिलेसम्म १३ जनाले मात्रै ब्रेन डेथ भएका व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गराएका छन् ।
जसमा १० जना मिर्गौला र तीन जनामा कलेजो प्रत्यारोपण गरिएको छ । गाडेर खेर जाने वा जलेर खरानी हुने हाम्रो अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४२ दिनमा निवर्तमान स्वास्थ्यमन्त्रीको एउटै काम ‘वीर अस्पतालको निर्देशक हटाएर आफू निकटलाई नियुक्ति’
Next article कुष्ठरोग सम्बन्धी विभेदकारी कानून संसदले चाडै हटाइने छ : पाण्डे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web