• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पहिलो पटक मस्तिष्क मृत्युभएको व्यक्तिको मिर्गौला र कलेजो तीन जनामा प्रत्यारोपण

March 4th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलो पटक मस्तिष्क मृत्युभएको व्यक्तिको मिर्गौला र कलेजो तीन जनामा प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौँ, १९ फागुन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक जना व्यक्तिको मिर्गौला र कलेजो झिकेर तीन जना बिरामीमा प्रत्यारोपण गरेको छ ।
प्रत्यारोपण केन्द्रले भक्तपुरको एक अस्पतालमा ब्रेन डेथ भएकी १७ वर्षीया किशोरीको दुईवटा मिर्गौला र एउटा कलेजो झिकेर तीन जनामा प्रत्यारोपण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको दुईवटा अंगबाट तीन जनाले जीवनदान पाएको बताए ।

उनले एकै व्यक्तिबाट झिकिएको दुईवटै मिर्गौला क्रमश ३५ र ४७ वर्षका पुरुषमा र कलेजो ६९ वर्षको पुरुषमा सफलता पूर्वक प्रत्यारोपण गरिएको बताए । उनले एकै व्यक्तिको दुई फरक फरक अंग (कलेजो र मिर्गौला) झिकेर तीन जनामा प्रत्यारोपण गरिएको नेपालमै पहिलो पटक भएको जानकारी दिए ।

‘गत १५ फागुनमा भक्तपुरकै एक निजी अस्पतालमा सवारी दुर्घटनामा परी उपचार गराईरहेकी एक १७ वर्षीया किशोरीको मस्तिष्क मृत्यु भएको र उक्त किशोरीको परिवारले अंग दान गर्न ईच्छा जाहेर गरेको खवर आयो । हामीले तत्कालै परिवारसंग सम्पर्क गरयौँ । त्यसपछि मेडिको लिगलका सम्पूर्ण प्रक्रिया पुरा गरेर अंग झिक्यौं । अंग पर्खाईमा रहेका बिरामीहरुलाई तयार गरियो र १६ फागुनको विहानै देखि प्रत्यारोपणका काम सुरु गरयौँ । कलेजो प्रत्यारोपणमा सघाउन विहान पहिलो उडानबाट भारतबाट विज्ञ चिकित्सकको टोली समेत आइपुग्यो,’ प्रत्यारोपणबारे केन्द्रका निर्देशक डा श्रेष्ठले भने ।

उनका अनुसार मायादेवी गाउँपालिका–४ रुपन्देहीका ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ललितपुर महानगरपालिका–२५ का ६९ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

डा श्रेष्ठले प्रत्यारोपण सम्पन्न भएको ७२ घण्टा नाघेको र स्वास्थ्य अवस्था सामान्यउन्मुख बन्दै गएकोले आज यसबारे जानकारी गराइएको समेत स्पष्ट पारे ।

कार्यक्रममा प्रत्यारोपण केन्द्रका नेफ्रोलोजिष्ट एवं अंग प्रत्यारोपण समन्वय ईकाईका संयोजक डा कल्पनाकुमारी श्रेष्ठले ब्रेन डेथ सम्वन्धी कानून बनेपनि अपेक्षित रुपमा मस्तिष्क मृत्युपछि अंगदान गर्ने प्रक्रिया अघि बढ्न नसकेको बताईन् ।

उनले भनिन्, ‘देशमा बर्षेनी करीव १ हजार जनाको मस्तिष्क मृत्यु हुन्छ । हामीले भने ६ वर्षको अवधीमा २७ ठाँउबाट मस्तिष्कमृत्यु भयो भनेर खवर त आयो तर ५ ठाँउमा मात्रै सफल भयौँ । यसो हुनुमा यसबारेको जानकारीमा देखिएको अभाव नै हो भन्ने लाग्छ । अहिले पनि हामीकहाँ मिर्गौला प्रत्यारोपणका लागि ७०० बढी पालो पर्खेर बसेका छन् । कलेजो प्रत्यारोपणका लागि पालो पर्खिनेको संख्या पनि २० पुगिसकेको छ ।,

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले मस्तिष्क मृत्यु र अंगदान बारेमा जनचेतना जगाउनु अहिलेको लागि सबैभन्दा बढी आवश्यक रहेको बताए ।

नेपालमा २८ कात्तिक २०७४ मा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मिर्गौला दुई जनामा प्रत्यारोपण गरिएको थियो । त्यसयता अहिलेसम्म १३ जनाले मात्रै ब्रेन डेथ भएका व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गराएका छन् ।
जसमा १० जना मिर्गौला र तीन जनामा कलेजो प्रत्यारोपण गरिएको छ । गाडेर खेर जाने वा जलेर खरानी हुने हाम्रो अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोग सम्बन्धी विभेदकारी कानून संसदले चाडै हटाइने छ : पाण्डे
Next article ४२ दिनमा निवर्तमान स्वास्थ्यमन्त्रीको एउटै काम ‘वीर अस्पतालको निर्देशक हटाएर आफू निकटलाई नियुक्ति’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134250
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

150
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

128
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web