• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक जना क्यान्सर विरामीको उपचारमा सरदर खर्च ९ लाख ८१ हजार रुपैया

March 21st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक जना क्यान्सर विरामीको उपचारमा सरदर खर्च ९ लाख ८१ हजार रुपैया

हेल्थ टुडे,
काठमाडौं, ७ चैत : नेपालमा एक जना क्यान्सरका विरामीले उपचारमा ९ लाख ८१ हजार खर्च लाग्ने गरेको अध्ययनले देखाएको छ । सुर्तिजन्य पदार्थ सेवन बिरुद्ध कार्यरत गैरसरकारी संस्था एक्सन नेपालले सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सरको उपचारमा औषत प्रति विरामी ९ लाख ८१ हजार रुपैया खर्च हुने गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
एक्सन नेपालले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सन नेपालका कार्यकारी निर्देशक एवं अनुसन्धानकर्ता आनन्दबहादुर चन्दले सन् २०१९ मा नेपालका प्रमुख तिनवटा क्यान्सर अस्पतालहरु क्रमश विपी कोइराला भरतपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका १०३ क्यान्सरका विरामीका अध्ययन गरिएको जानकारी दिए ।
सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सरका १८ वर्षदेखि ६५ उमेर समूहका तेश्रो र चौथो स्टेजका विरामीहरुको आर्थिक पाटोको मात्र आफुहरुले अध्ययन गरेको चन्दले बताए । अध्ययनमा उपचार पछि डिस्चार्ज भएका विरामी समावेश गरिएको र सुर्तिजन्य पदार्थ कहिल्यै सेवन नगरेका क्यान्सरका विरामी भने समावेश नगरिएको कार्यकारी निर्देशक चन्दले जानकारी दिए ।
चन्दका अनुसार सुर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर विरामीको औषत उमेर साडे ५३ वर्ष रहेको पाइएको छ भने क्यान्सरका विरामी मध्ये ४६ प्रतिसत निरक्षर रहेको पाइएको छ ।
अध्ययनले १६ प्रतिसत क्यान्सरका विरामीले घरजग्गा बेचेर उपचार गराएकोृ पाइएको छ । २७ प्रतिसतले घरायसी बचतबाट उपचारको खर्च ब्यहोर्ने गरेका छन भने ६० प्रतिसत विरामीले आफन्तबाट ऋण लिएर उपचार खर्च ब्यहोर्ने गरेको अध्ययनले देखाएको छ ।
सरकारले क्यान्सरका विरामीलाई उपचारमा अनुदान वाफत प्रति विरामी एक लाख रुपैया दिने गरेको भए पनि त्यो एकदमै न्युन भएकाले सरकारले क्यान्सरका विरामीलाई उपचारमा दिने अनुदान रकम बढाउनु पर्ने र सुर्तिजन्य पदार्थमा कर बढाउनु पर्ने आवश्यक देखिएको अध्ययनले देखाएको चन्दले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मदिराको विज्ञापन प्रकाशन, प्रशारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्ने बोर्डको चेतावनी
Next article भोजपुरका जनस्वास्थ्य निरिक्षक सुन्दासलाई २०२२ को निक साइमन अवार्ड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132369
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web