• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भोजपुरका जनस्वास्थ्य निरिक्षक सुन्दासलाई २०२२ को निक साइमन अवार्ड

March 22nd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भोजपुरका जनस्वास्थ्य निरिक्षक सुन्दासलाई २०२२ को निक साइमन अवार्ड

हेल्थ टुडे,
काठमाडौं, ८ चैत : भोजपुरको मानेडाँडा आधारभुत अस्पतालका जनस्वास्थ्य निरिक्षक हेमन्त सुन्दासलाई सन् २०२२ को निक साइमन्स अवार्ड प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको सहकार्यमा निक साइमन्स इन्टिच्युटले नेपालको ग्रामिण क्षेत्रमा बसेर उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई हरेक वर्ष एक जना स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड प्रदान गर्दै आइरहेको छ ।
निक साइमन्सले राजधानीमा आयोजना गरेको ११ औं ग्रामिण स्वास्थ्यकर्मी सम्मेलनमा सुन्दासलाई जिम साइमन्स र मेरिलिन साइमन्सले उक्त अवार्ड प्रदान गरेका हुन् ।
देशभरिबाट सिफारिस भएका ६६ जना स्वास्थ्यकर्मी मध्ये उनीहरुले ग्रामिण क्षेत्रमा गरेको उत्कृष्ठ स्वास्थ्य सेवाको स्थलगत अनुगमन र मूल्यांकनका आधारमा उत्कृष्ठ सातको छनौट गरिएको थियो । उत्कृष्ठ सातबाट एक जनालाई उत्कृष्ठ ग्रामिण स्वास्थ्यकर्मी छनौट गरिएको छनौट समितिका सदस्य नवराज श्रेष्ठले जानकारी दिए । सम्मेलनका अवसरमा उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गरेका १३ जना सस्थ्यकर्मीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डा. अर्चना अमात्यले ग्रामिण क्षेत्रमा रहेर उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्दै उहाँहरुले सिकेका सिप र अनुभवलाई अरु समक्ष बाढ्न सम्मेलनसँगै अवार्ड कार्यक्रम आयोजना गरिदै आएको बताइन । ग्रामिण क्षेत्रका स्वास्थ्य समस्या उजागर गर्न र तिनको समाधानका उपाय खोज्न सम्मेलन सफल हुने विश्वास डा. अमात्यले व्यक्त गरिन ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले ग्रामिण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न निक साइमन्सले गरिरहेको योगदान स्मरणीय रहेको बताए । निक साइमन्सका अध्यक्ष विद्याधर मल्लिकले देशका विकट स्थानमा निक साइमन्सले स्वास्थ्यकर्मी पठाएर सरकारलाई सहयोग गरिरहेको बताए । बुधबारबाट सुरु भएको सम्मेलन तिन दिनसम्म चल्ने छ । सम्मेलनमा सात वटै प्रदेशका ग्रामिण क्षेत्रमा कार्यरत उत्कृष्ठ स्वास्थ्यकर्मीले भाग लिइरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षयरोगका कारण नेपालमा वर्षेनी १७ हजार जनाको मृत्यु
Next article एक जना क्यान्सर विरामीको उपचारमा सरदर खर्च ९ लाख ८१ हजार रुपैया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web