• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभुत अस्पतालको उद्घाटन

May 18th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभुत अस्पतालको उद्घाटन

हेल्थ टुडे,
सिन्धुपाल्चोक, ४ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ मा निर्माण भएको एक एक पाइला ठोकर्पा आधारभुत अस्पतालको उद्घाटन गरेका छन् । बिहीबार अस्पतालमा आयोजित भव्य कार्यक्रममा मन्त्री बस्नेतले सिलापत्र अनावरण गरेर अस्पतालको उद्घाटन गरेका हुन । १० शैय्याको उक्त अस्पताल सुनकोशी गाउँपालिका, एक एक पाइला, स्वास्थ्य मन्त्री बस्नेतको व्यक्तिगत आर्थिक सहयोग र नागरिक समाजका अन्य सहयोगीहरुको संयुक्त पहलबाट निर्माण सम्पन्न भएको हो । अस्पतालमा फार्मेसी, ल्याव, एक्सरे, दन्तसेवा, आँखा उपचार, बर्थिङ सेन्टर लगायतका सेवा उपलब्ध छन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले ठोकर्पा आधारभुत अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । मन्त्री बस्नेतकै पहलमा यो अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको र दैनिक ४५ सिलिन्डर अक्सिजन उत्पादन भइरहेको अस्पताल विकास समितिका अध्यक्ष नेत्र कार्कीले जानकारी दिए । ३ करोड ८३ लाख रुपैया लागतमा निर्माण भएको अस्पतालले आउदो साउन १ गतेदेखि २४ सै घण्टा इमरजेन्सी सेवा सुरु गर्न लागिएको अस्पताल प्रमुख डा. विनोद रानामगरले बताए । कार्यक्रममा सुनकोशी गाउँपालिका पूर्व अध्यक्ष श्रवण जिसी र वर्तमान गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले गाउँको विकासका लागि मिलेर अगाडि बढ्ने बताए । कार्यक्रममा मन्त्री बस्नेतले अस्पताल निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रेस संयोजकमा दुलाल
Next article न्याम्सको निमित्त उपकुलपतिमा प्रा.डा.भुपेन्द्रकुमार बस्नेत नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web