• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सूर्तिजन्य पदार्थमा कर नबढाएकोमा आपत्ति

June 1st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सूर्तिजन्य पदार्थमा कर नबढाएकोमा आपत्ति

हेल्थ टुडे,

काठमाडौँ, १७ जेठ : सूर्तिजन्य पदार्थमा कर नबढाएकोमा सरोकारवालाले आपत्ति जनाएका छन् । सरकारले जेठ १५ गते ल्याएको बजेटमा आशा गरे अनुसार सूर्तिजन्य पदार्थमा कर बढाउनुको सट्टा घटेकोमा उनीहरुको आपत्ति छ ।
डब्लुएचओका अनुसार सुर्तीजन्य पदार्थमा करको दर कम्तीमा ७५ प्रतिशत पु¥याउनु पर्छ । तर नेपालमा ३३.५ प्रतिशत करमात्र लिने गरिएको छ ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा बुधबार एक्सन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नेपाल सरकारको पछिल्लो कदम सुर्ती उद्योगीको पक्षमा देखिएको बताए । ‘एफसीटीसीलाई अनुमोदन गरेको सरकारले नारा हामीलाई खाद्यान्न चाहिन्छ सुर्तीजन्य पदार्थ होईन भन्ने तय गरेको छ तर दुई दिन अघि सरकारले सार्वजनिक गरेको बजेट बक्तव्यले खाद्यान्न महंगो सुर्तीजन्य पदार्थ सस्तो हुने देखाएको छ । यो आफैमा विवादास्पद छ,’ उनले भने ।
चन्दका अनुसार यसपटकको बजेटमा सरकारले सुर्तीजन्य पदार्थमा अत्यन्त न्यन २.५ देखि ४ प्रतिशतसम्म मात्रै बढाएको छ । जवकी मुद्रास्फिति दर ७.८ प्रतिशत पुगेको छ । ‘यसले सुर्तीजन्य पदार्थमा करको दर कम्तीमा ५ प्रतिशतले घट्ने देखिएको छ । यो हामी सबैका लागि लज्जाको विषय हो । उनले यसपटकको बजेटमा आएको करको दर पछिल्लो १० वर्ष यताकै न्युन हो । यसलाई तत्काल सच्याउनु पर्छ । नेपालीको ज्यान बचाउन पर्छ ।’

उनले करको दर बढाउने भन्दै आएका स्वास्थ्य मन्त्रीको कुरा बजेट भाषणले उल्ट्याईदिएको भन्दै सरकारको भूमिकाप्रति शंका व्यक्त गरे ।
‘हाम्रो मन्त्री ज्यूले स्वदेशमा मात्रै होईन विश्व स्वास्थ्य संगठनको महासभामा गएर समेत विश्व जगतलाई करको दर भारी बृद्धि गर्छ भनेर आउनु भयो तर एक साता नपुग्दै भारी रुपमा कटौती गरयो । यसले सरकारको विश्वसनीयतामा विश्व जगतले समेत प्रश्न उठाउने बाटो देखिएको छ,’ उनले थपे ।
तर विश्व धुम्रपान रहित दिवसकै अवसरमा आयोजिक एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफुले कर बढाउन जोडदार माग गरेको भए पनि अर्थ मन्त्रालयका कर्मचारीका कारण त्यो यो वर्ष सम्भव नभए पनि अर्को वर्ष बढाएरै छाड्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौलासँगै कलेजो प्रत्यारोपणमा फड्को मार्दै एचओटिसी : ११ औँ कलेजो प्रत्यारोपण
Next article हेल्थ टुडेका सम्पादक पदमराज जोशीलाई ब्लुम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web