• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१० प्रतिसत शैया नि: शुल्क नगर्ने अस्पताललाई कारवाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

June 5th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१० प्रतिसत शैया नि: शुल्क नगर्ने अस्पताललाई कारवाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

हेल्थ टुडे,
काठमाडौं, २२ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिसत शैया निशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने बताएका छन् । नेशनल बाथरोग सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले विपन्न र असहाय विरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको जानकारी गराउँदै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय विरामीको लागि १० प्रतिशत शैयामा निशुल्क उपचार गर्नु पर्नेमा जोड दिए । अस्पतालहरुले विपन्नलाई निशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने उनले बताए । मन्त्री बस्नेतले भने, ‘ १० शैया विपन्नलाई निशुल्क उपचार दिएको छ, छैन हामी व्यापक अनुगमन गर्छौ । नदिएको फेला परे कारवाही गर्छौ । ’
आर्थिक अभावमा उपचार नपाएर कुनै पनि नागरिकले जयान गुमाउनु नपरोस् भन्ने ध्येयले आफु काम गरिरहेको जानकारी गराउदै मन्त्री बस्नेतले त्यस्ता विरामीका लागि स्वास्थ्य मन्त्रालयमा आकस्मिक उपचार कोषको व्यवस्था गर्नु पर्ने आवश्यकता रहेको बताए ।
रोग लागेपछि उपचारमा ठूलो धनरासी खर्च गर्नुको सट्टा रोग लाग्नै नदिने तर्फ लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउदै मन्त्री बस्नेतले आहार, बिहार र शारिरीक व्यायाम ठिक ढंगले गर्न सके बाथ लगायतका धेरै रोगबाट मुक्त रहन सकिने अनुभव सुनाए । कार्यक्रममा वरिष्ठ बाथरोग विज्ञ डा. विनित बैद्यले नेशनल बाथरोग सेन्टरले देशका विभिन्न ८ स्थानमा साखा बिस्तार गरेर सेवा दिइरहेको बताउदै निजी क्षेत्रका एकल प्रयासमा सरकारले पनि हातेमालो गर्नु पर्ने बताए । सेन्टरका कार्यकारी निर्देशक रोषक कक्षपतिले आगामी ५ वर्ष भित्र सेन्टरले थप ७ जिल्लामा सेवा बिस्तार गर्ने जानकारी दिए । कार्यक्रममा नेशनल बाथरोग सेन्टरमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई मन्त्री बस्नेतले पुरस्कृत गरेका थिए । सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवाको सुभारम्भ गरेका छन् । यो मेसिनले हड्डीको दुखाई पत्ता लगाउन सहयोग पुग्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यको सात वर्षे स्वास्थ्य क्षेत्र रणनीति मन्त्रिपरिषदबाट पास
Next article मन्त्री बस्नेतले गरे गंगालाल र मेडिकेयरको अनुगमन, बिरामीको सहज उपचारमा जोड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web