• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

July 28th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत


हेल्थ टुडे,

काठमाडौं, १२ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्ने बताएका छन् । ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा शुक्रबार राजधानीमा नेपाल रेडक्रस सोसाइटीले अयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले दाताले दान गरेको रगतको सही सदुपयोगमा नेपाल रेडक्रस सोसाइटीले विशेष ध्यान दिनु पर्ने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘दाताले दान गरेको रगत सदुपयोग भएन भए त्यो अपराध हो । त्यो हुनु हुदैन । ’
विश्व मै नेतृत्वदायी भूमिका खेलिरहेको रेडक्रसले आफ्नो छवि धमिलो बनाउने कामबाट टाढै रहन मन्त्री बस्नेतले सुझाव दिए । उनले भने, ‘पवित्रतामा थोरै धमिलो भए पनि छवि विग्रन्छ । रेडक्रस जस्ता संस्थाले यो कुरा बुझ्नु पर्छ । ’ आफु पनि बिगत ४० वर्षदेखि रक्तदान लगायत समाजिक काममा होमिएको बताउदै बस्नेतले प्राकृतिक प्रकोपको बेला नेपाल रेडक्रसले गरेको मानविय सेवा उल्लेखनिय रहेको स्मरण गरे । मैनबत्तीले आफू बलेर अरुलाई उज्यालो दिए जस्तै रेडक्रसमा लागेका व्यक्तिहरुले आफ्नो व्यक्तिगत फाइदा भन्दा अरुको भलाईका लागि काम गर्नु पर्नेमा जोड दिदै मन्त्री बस्नेतले समाजिक भावना र संकल्प बोकेको व्यक्ति मात्र रेडक्रसमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा मन्त्री बस्नेतले रक्तदानमा उल्लखनिय सेवा गरेका विभिन्न व्यक्ति र संस्थाहरुलाई सो अवसरमा सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा रेयूकाई नेपाल, रोटरी क्लव, स्वयंसेवी रक्तदाता समाज, ब्लोदान, विभिन्न नगरपालिका, रेडक्रसका विभिन्न जिल्ला साखा सहित कर्मचारी र समाजिक संस्थाहरु छन् । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुणा झाले एक वर्ष अगाडि गरिएको अनुसन्धानले नेपालका ब्लड बैंकहरुको अवस्था दयनिय रहेको देखाएको जानकारी गराउदै ब्लड बैंकहरुको सुधारमा रेडक्रसले ध्यान दिन आवश्यक रहेको बताइन । रक्तसञ्चार केन्द्रले लिने गरेको सेवा शुल्क सम्बन्धी पनि विरोध आउने गरेको स्मरण गराउदै डा. झाले त्यसलाई पनि गुनासो नआउने गरि काम गर्नु पर्नेमा जोड दिइन । रेपिड टेष्टको प्रयोगका बिषयमा अन्तर्राष्टिय स्तरमा समेत कुरा उठेकाले रेपिड टेष्ट बन्द नै गर्नु पर्ने सुझाव डा. झाको थियो ।
समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले मानविय सेवालाई मूल लक्ष्य बनाएको रेडक्रसले त्यही लक्ष्य अनुसार काम गर्नु पर्ने बताउदै परिषद्ले असल काममा सधै सहयोग गर्ने बताए । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले रेडक्रसले सबै मानविय सेवालाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : स्वास्थ्य मन्त्री बस्नेत
Next article वीरको त्यो बेड, जहाँ २०४४ सालदेखि कुनै विरामी भर्ना भएको छैन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

135
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web