• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रीद्वारा दुवाकोटको वीर अस्पतालको भ्रमण, जग्गामा तारबार लगाउन निर्देशन

August 5th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रीद्वारा दुवाकोटको वीर अस्पतालको भ्रमण, जग्गामा तारबार लगाउन निर्देशन

हेल्थ टुडे,
भक्तपुर, २० साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शनिबार भक्तपुरको दुवाकोटमा प्रस्तावित विस्तारित वीर अस्पतालको स्थलगत भ्रमण गरेका छन् । भ्रमणका क्रममा मन्त्री बस्नेतले नेपाल सरकारका उच्च अधिकारी, सरोकारवाला निकाय र स्थानियवासीसँग छलफल गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई हस्तान्तरण गरेको ५ सय ७० रोपनी जग्गालाई तत्काल तारबार लगाउनु निर्देशन दिएका हुन । वीर अस्पताल निर्माणका लागि चागुनारायण नगरपालिकाले विसं २०७३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई उक्त जग्गा हस्तान्तरण गरेको थियो । अस्पताल निर्माण भएपछि हजारौ विरामीले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुका साथै भक्तपुरकै काचुली फेर्ने बताउँदै मन्त्री बस्नेतले अस्पताल निर्माणमा सरोकारवाला सबैको सहयोग हुनु पर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रको कायापलट गर्ने महत्वाकांक्षी योजनाका साथ आफू अगाडि बढेको बताउदै मन्त्री बस्नेतले भने, ‘ म दिनको एक महत्वपूर्ण काम गर्ने योजना अनुसार अगाडि बढेको छु । यो अस्पताल पनि बनाएरै छाड्छु । ’ स्वास्थ्य सेवाको जनताको सहज पहूचका लागि आफूले तिन महिनामा धेरै महत्वपूर्ण काम गरेको दावी गर्दै सबै संघीय अस्पतालमा साडे ३५ सय जनरल बेड विपन्नका लागि निशुल्क गर्नु र हरेक अस्पतालमा विपन्नका लागि १० प्रतिसत बेड निशुल्क हुनु उपलब्धि भएको बताए । न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेतले दुवाकोटमा एक हजार देखि १५ सय शैयाको अस्पताल र शैक्षिक भवन, आवासगृह बनाउने गुरु योजना बनिसकेको भए पनि विविद कारणले अस्पताल निर्माणमा ढिलाइभएको बताए । उनले विसं २०७४ देखि दुवाकोटमा विस्तारित वीर अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै स्थानियवासीलाई ओपिडी सेवाका साथै एक्सरे, ल्याव सहितका सेवा प्रदान गरिरहेको जानकारी दिए ।
अस्पताल निर्माणमा चीन सरकारले सहयोग गर्ने आश्वासन दिएपछि सरकारले त्यसको संभाव्यता अध्ययनका लागि चीन सरकारलाई अनुरोध गरेको थियो । चिनिया प्राविधिक टोलीले संभाव्यता अध्ययन पछि सन् २०१९ मा प्रस्तावित अस्पताल निर्माण स्थलको भौगोलिक अवस्था कमजोर भएको, सडकको पहूच सहज नभएको, बिजुलीको प्रवन्ध नभएको , खानेपानीको व्यवस्था नभएको र जग्गा एकिन नभएको जनाएको थियो । भएका कमि कमजोरी सुधार गरिए फेरि संभाव्यता अध्ययन गरिने चिनिया टोलीले बताएको थियो । त्यसपछि जग्गा एकिन भएको, सडकको पहूच बिस्तार गरिएको, बिजुलीको समस्या समाधान गरेको सरकारका अधिकारीले दावी गरेका छन् । छलफलमा सडक विभाग, नापी कार्यालय, नगरपालिका, भवन विभागका अधिकारीले अस्पताल निर्माणका लागि कुनै समस्या नरहेको बताएका छन् । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपाल सरकारले वीर अस्पताल निर्माणका लागि अहिलेसम्म भएका प्रगति समावेश गरेर चीन सरकारलाई फेरि संभाव्यता अध्ययनका लागि अनुरोध गरिने बताए । चागुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले वीर अस्पताल नगरपालिका लागि गौरवको योजना भएको स्मरण गर्दै अस्पताल निर्माणका लागि कसैको विरोध नभएको बताए । अस्पताल निर्माणमा चिन सरकारले सहयोग गरे राम्रो हुने बताउदै त्यसो नभए नेपाल सरकार आफैले पनि बनाउन अगाडि बढ्नु पर्ने सुझाव दिए । वीर अस्पताल निर्माणका लागि स्थानियबासी जग्गा, बाटो र आवश्यक सहयोग गर्न तयार रहेको मेयर खत्रीले बताए । अस्पतालको एरियामा रेखांकन गरेर बार लगाउनका लागि ५ करोड बजेट छुट्याइएको र आवश्यक परे स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले सहयोग गर्नु पर्नेमा उनले जोड दिए । छलफल कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय, भवन विभाग, सडक विभाग, विद्युत प्राधिकरण लगायतका उच्च अधिकारीले अस्पताल निर्माणमा समस्या नरहेको बताएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य समन्वय महाशाखा प्रमुखको निर्देशकमा डा.चुमनलाल
Next article डब्लूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको निर्देशकमा नेपालका आचार्यको उम्मेदवारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132583
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web