• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाग्मती प्रदेशले पनि घोषणा गर्यो विपन्नका लागि ८०१ शैया नि:शुल्क

August 9th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाग्मती प्रदेशले पनि घोषणा गर्यो विपन्नका लागि ८०१ शैया नि:शुल्क

हेल्थ टुडे,
काभ्रेपलाञ्चोक, २४ साउन : बागमती प्रदेशले पनि आफू मातहतका प्रादेशिक अस्पतालका ८०१ जनरल बेड विपन्नका लागि नि:शुल्क गरेको छ । धुलिखेलका बुधबार आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश मातहतका ८०१ शैया विपन्न विरामीका लागि नि:शुल्क गरेको घोषणा गरेका हुन । बाग्मती प्रदेशका स्थानिय निकायहरुका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य साखा प्रमुखहरुका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को प्रदेश स्तरीय सार्वजनिकीकरण कार्यक्रम बाग्मती प्रदेशका स्वास्थ्य मन्त्रीले उक्त घोषणा गरेका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सुरु गरेको विपन्नका लागि नि:शुल्क गर्ने अभियान जनहितका लागि आवश्यक भएकाले बाग्मती प्रदेशले पनि सुरु गरेको मन्त्री जोशीले बताए । स्वास्थ्य मन्त्री बस्नेतले विपन्नका लागि सरकारी अस्पतालका शैया निुशल्क गर्ने अभियान सुरु गरेका छन् । जस अन्तरगत स्वास्थ्य मन्त्रालय मातहतका संघीय अस्पतालका ३ हजार ५ सय २३ शैया नि:शुल्क गराइसकेका छन् । मन्त्री बस्नेतले बाग्मती प्रदेशसँगै सबै प्रदेशले यो अभियानलाई अगाडि बढाउने विश्वास व्यक्त गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेत निकै ‘ इनरजेटिक एण्ड डाइनामिक ’ मन्त्री हुन : प्रधानमन्त्री
Next article डब्लूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको निर्देशकमा नेपालका आचार्यको उम्मेदवारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web