बयोधा हस्पिटलले अत्याधुनिक आईसिसियू (सघन उपचार कक्ष) र ब्लड बैंक सञ्चालनमा ल्याएको छ । बयोधाको छैटौं बार्षिकोत्सबको अवसरमा बरिष्ठ कलाकारद्वय मदनकुष्ण श्रेष्ठ र हरिबंश आचार्य तथा ब्लड बैंककी कार्यकारी निर्देशक डा.मनिता राजकर्णिकारले शनिबार आयोजित कार्यक्रममा उक्त चार शैयाको आईसिसियू र ब्लड बैंकको उद्घाटन गरेका हुन् ।
उक्त आईसिसियूमा हावाबाट हुने संक्रमण रोक्न ब्याक्टिेरिया विहिन हावा प्रवाहको व्यवस्था गरिनुको साथै भारतमा ख्यातिप्राप्त क्रिटिनेक्स्ट टीमले २४सैं घण्टा निगरानी प्रणालीको व्यवस्था गरिएको छ । नेपालमा सञ्चालनमा सञ्चालनमा रहेका आईसिसियूभन्दा बयोधामा स्थापना गरिएको आईसिसियू अत्याधुनिक भएको अस्पतालको दावी छ । काठमाडौंमा बसेर भारतका बरिष्ठ विशषेज्ञहरुसँग टेलिमेडिसिन प्रणालीका माध्यमबाट प्रत्यक्ष सल्लाह लिन सकिने भएकाले नेपाली विरामीलाई यसबाट फाइदा पुग्ने अस्पतालका सिईओ रवि चौधरीले बताए ।
अस्पतालमा चार वटा नयाँ र चार वटा पहिले नै सञ्चालन गरेको गरि अब आठ शैयाको आईसिसियू सेवा उपलब्ध हुनेछ । अस्पतालमा ब्लड बैंकको स्थापनापछि शल्यक्रिया गराउँदा ब्लडको अभावमा विरामी र उनका आफन्तहरुले अन्यन्त्र भौतारिनु पर्ने अवस्था अन्त हुने केन्द्रिय ब्डल बैंककी निर्देशक डा. राजकर्णिकारले बताइन । अस्पतालमा मेडिकल डाइरेक्टर डा. मनोहरलाल श्रेष्ठले अस्पतालले विरामीको चाहना र आवश्यकता अनुसार सेवा विस्तार गरिरहेको दाबी गरे । कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीहरुलाई महजोडीले कदर पत्र प्रदान गरेका थिए । क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराललाई सो अवसरमा बिशेष कदरपत्रबाट सम्मानित गरिएको थियो ।
Leave a Reply