• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधिको जथाभावी प्रयोग रोक्न औषधिको खोलमा रातो धर्का राख्नै पर्ने

September 1st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधिको जथाभावी प्रयोग रोक्न औषधिको खोलमा रातो धर्का राख्नै पर्ने

हेल्थ टुडे,
काठमाडौँ, १४ भदौ : नेपालमा पनि अब प्रतिजैविक (एन्टीमाइक्रोबियल) औषधिहरुको लेवलमा रातो धर्का राखिने भएको छ । एन्टीबायोटिक औषधिको जथाभावी प्रयोगलाई रोक्न सरकारले औषधिको खोलमा रातो धर्का (रेड लाइन) कोर्नु पर्ने व्यवस्था अघि बढाएको हो ।
औषधिको खोलमा हुने रातो धर्का भनेको चेतावनी स्वरुप कोरिने विशेष संकेत हो । रातो धर्काको संकेतले डाक्टरको सुझाव वा प्रेस्क्रिप्सनबिना खान नहुने औषधि भनेर बुझ्न पर्दछ ।
औषधि व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै अब बजारिकृत हुने समूह “ख” प्रतिजैविक वर्गको औषधिहरुको पहिलो र दोस्रो प्याकिङ्ग सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा छ महिना पछि उत्पादन हुने औषधिहरुमा अनिवार्य रुपमा लेवलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।
विभागलाई यो व्यवस्था अघि बढाउन औषधि सल्लाहकार समितिको ५५ औ बैठकले नै सिफारिस गरेको थियो । खासगरी गैर स्वास्थ्यकर्मीहरुले सजिलै पहिचान गर्न तथा सो सम्वन्धि चेतनामुलक सन्देश प्रवाह गर्ने र सो को परिपालना गराउने उदेश्य अनुरुप औषधि सल्लाहकार समितिको ५५ औ बैठकबाट सिफारिस भएको थियो । सोही सिफारिसलाई गत ११ भदौमा विभागीय स्तरीय निर्णयबाट अघि बढाइएको हो ।
विभागका महानिर्देशक नारायण ढकालका अनुसार विश्व स्वास्थ्य संगठनले तयार गरेको ग्लोबल एक्सन प्लान र सोही आधारमा नेपालमा पनि नेशनल एक्सन प्लान तयार गरी सकेको र लागू गर्ने चरणमा रहेको सन्दर्भमा यो योजना अनुरुप प्रयोगकर्ता लगायत गैर स्वास्थ्यकर्मीलाई सजिलै पहिचान गर्न तथा सो सम्वन्धी चेतनामुलक सन्देश प्रवाह गर्न यस्तो व्यवस्था लागू गर्न खोजिएको बताए ।
त्यसो त प्रतिजैविक औषधिको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तराष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरुको पहिलो र दोस्रो प्याकिङ्गको लेवलमा रातो धर्का लगाउने अभ्यास रहँदै आएको छ ।
नेपालमा यो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिए जथाभावी एन्टीबायोटिक औषधि किन्ने प्रवृत्ति घट्ने र यसले माइक्रोबियल रेसिस्टेन्सको समस्या कम हुने विश्वास औषधि क्षेत्रका विज्ञहरुको छ । औषधि व्यवस्था विभागले पछिल्ला दिनहरुमा औषधिको गुणस्तर कायम गर्न विभिन्न पहल गरिरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेत इजिप्ट प्रस्थान
Next article कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमो डायलासिस सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web