• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा एच.पी.भी. खोपको डेमोस्ट्रेसन शुभारम्भ

September 13th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री बस्नेतद्वारा एच.पी.भी. खोपको डेमोस्ट्रेसन शुभारम्भ

हेल्थ टुडे,
काठमाडौं, २७ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.(ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका छन् । बुधबार राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा मन्त्री बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका हुन । यो अवसरमा धुम्बाराहीकी १४ बर्षिय किशोरी आइरिस मानन्धरलाई पहिलो एच.पि.भी. खोप लगाइएको थियो ।
शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पहिलो पटक पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एच.पि.भी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको र वागमती प्रदेशमा प्रसूति तथा महिला रोगको उपचारको आशाको केन्द्र मानिएको प्रसूति गृहलाई छानेर खोपको सुभारम्भ गरिएको बताए । ७७ वटै जिल्लाका ९ वर्षदेखि १५ वर्षमुनीका किशोरीहरुलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउदै हाललाई २० हजार भाइल खोप आईपुगकाले त्यसबाटै अभियान सुरुवात गरिएको मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले भने, ‘सबै किशोरीका लागि पुग्ने गरि खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) सँग कुरा भइरहेको छ । एक वर्ष भित्र सबैका लागि एच.पि.भी. खोप आइसक्ने छ ।’ पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान जोगाइरहेका महिलाको जिवन बचाउन सरकार संवेदनशिल रहेको मन्त्री बस्नेतले बताए । कार्यक्रममा परिवार कल्याण महासाखाका निर्देशक डा. विवेककुमार लालले नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरुमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको तथ्यांक प्रस्तुत गर्दै ९ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने बताए । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ९ देखि १५ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप आवश्यक भए पनि अहिले थोरैलाइ मात्र दिन सकिएको स्विकार्दै एक वर्ष भित्रै खोप उपलब्ध गराएर नियमित अभियान संचालन गरिने बताए । अर्का सचिव देवकुमारी गुरागाईले यो खोपको शुभारम्भ हुनु खुशीको कुरा भएको बताउदै मन्त्रालय सबैलाई पुग्ने गरि खोप ल्याउन लागिपरेको बताइन ।
स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले अहिले १७ लाख किशोरीलाई यो खोपको आवश्यकता भएको र सबैका लागि पुग्ने गरि खोप उपलब्ध गराइदिन गाभीसँग प्रस्ताव गरेको र यसका गाभी सकारात्मक रहेकोले एक वर्षभित्र सबैका लागि खोप आईपुग्ने जानकारी दिइन । सरकारलाई प्राप्त भएको २० हजार भाइल खोपलाई समानुपातिक रुपमा देशका सातवटै प्रदेशका ठूला अस्पतालबाट डेमोस्ट्रेसनका रुपमा शुभारम्भ गरिएको उनले बताइन । दुई महिना अघि ल्याइएको २० हजार भाइल खोपको प्रसूति गृहसँगै देशका पाँच अस्पतालहरु डडेल्धुरा अस्पताल, भेरी अस्पताल नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आजैदेखि सुभारम्भ हुने र कोशी अस्पताल एवं नारायणी अस्पतालबाट यही भदौ २८ र २९ हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासाखाले जनाएको छ । यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले मान्यता प्रदान गरेको खोप हो । छ महिनाको अन्तरमा दुई डोज लगाउनु पर्छ । अहिले पहिलो डोज लगाएका किशोरीले ठिक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानु पर्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न औषधि व्यवस्था विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन
Next article चिकित्सा शिक्षा आयोगका नव नियुक्त उपाध्यक्ष प्रा. डा अञ्जनीकुमार झाद्धारा पदवहाली

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web