• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

September 24th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ७ असोज : स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टिकरण सोधेको छ । मन्त्रालयले तीन दिनभित्र स्पष्टीकरण पेस गर्ने गरि मन्त्री स्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई स्पष्टीकरण सोधेको हो । कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बीमा ऐन २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारहरु जिम्मेवारीका साथ सम्पादन नगरेको आरोप मन्त्रालयको छ । नेपाली नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार संरक्षण गर्न स्वास्थ्य बीमा द्वारा पूर्व भुक्तानीको माध्यमबाट विमितको आर्थिक जोखिम न्यूनिकरण गरी जिवन रक्षा गर्नु पर्ने जस्तो अतिसंवेदनशिल बिषयमा गैरजिम्मेवारीपूर्वक प्रत्यक्ष रुपमा संलग्न भएको पाइएकोले तपाईलाई स्वास्थ्य विमा ऐन, २०७४ को दफा २५ को उपदफा (२) बमोजिम पदबाट किन नहटाउने ? भन्दै नहटाउनु पर्ने कुनै कारण भए सोही ऐनको दफा २५ को उपदफा (३) बमोजिम तीन दिनभित्र सफाई पेस गर्न डा.बसौलालाई निर्देशन दिएको छ ।
स्वास्थ्य बीमा मा आवद्घ हुने विमितको उपचार वाफतको रकम समयमै समानुपातिक रुपमा ७७ जिल्लामा सोधभर्ना भुक्तानी गराउनु पर्नेमा बसौला स्वयम्को मिलेमतोमा सिमित अस्पताल र कलेजहरुलाई मात्र दोहराएर दिने तर केही अस्पतालहरुको वर्षौ देखिको सोधभर्ना भुक्तानी नगरेको भनि सञ्चार माध्यम तथा अस्पतालहरुबाट बारम्बार गुनासो आए पनि सम्बोधन नगरेको , देशभरि नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नु पर्नेमा ११ वटा जिल्लामा अझै सञ्चालन नगरेको, बोर्डका नायव सुव्वा प्रकाशमान केसीले बरबुझारथ नगरेको, विमितको रकम हिनामिना गरेको र समयमै लेखा परीक्षण गराई श्रेस्ता ठिक दुरुस्त राख्नु पर्नेमा पदिय जिम्मेवारी बहन नगर्दा समेत कार्यकारी निर्देशक गैरजिम्मेवार भएको मन्त्रालयको आरोप छ । बोर्ड तथा मातहतका कार्यालयको लेखापरीक्षण समयमै नगराएर विमितको रकम एकिन नभएको, बोर्डको स्विकृत दरबन्दी भित्रका पूर्ति, रिक्त तथा अन्य अवस्थाको विवरण मन्त्रालयमा उपलब्ध गराउनु पर्नेमा त्यो नगरेको, बोर्डको अनुरोधमा मन्त्रालयबाट कामकाजमा गएका कर्मचारीलाई कानून बमोजिम बरबुझारथको समय समेत नदिई रमाना दिएको तथा मन्त्रालयका जिम्मेवार अधिकारीको निर्णयको अवज्ञा गरेको आरोप पनि बसौलालाई लगाइएको छ । सन् २०२३ को जुन १३ देखि १५ सम्म जर्मनीको बर्लिनमा भएको ग्लोवल फोरम अन अडप्सन सोसियल प्रोटेक्सन इन बर्लिन कार्यक्रममा मन्त्रालयको स्विकृति बेगर भाग लिएको आरोप पनि बसौलालाई छ ।
महालेखा परीक्षकको प्रत्येक वर्षको प्रतिवेदनमा बेरुजु बढ्दो क्रममा रहेको, बेरुजु फछ्यौट स्थिति सन्तोषजनक नभएको र प्रतिवेदनमा दिइएका सुधारका प्रयास नगरेको आरोप पनि बसौलामाथि लगाइएको छ । यसका साथै बसौलाले आफू मातहतका कर्मचारीलाई विभेदपूर्ण व्यवहार गर्ने गरेको र बीमा बोर्डको आन्तरिक सुशासन कमजोर बनाई प्रशासनिक र आर्थिक व्यवस्थापन पक्ष चुस्तदुरुस्त नराखेको आरोप पनि उनीमाथि छ ।
डा.बसौलालाई सोधिएको स्पष्टीकरणका ११ बुँदा यस प्रकार छन् ।
१. स्वास्थ्य वीमामा आवद्घ हुने विमितको उपचार वाफतको रकम समयमै समानुपातिक रुपमा ७७ जिल्लामा सोधभर्ना भुक्तानी गराउनु पर्नेमा तपाईकै मिलमतोमा सिमित अस्पताल र कलेजहरुलाई मात्र दोहराएर दिने तर केही अस्पतालहरुको वर्षौ देखिको सोधभर्ना भुक्तानी नगरेको भनि सञ्चार माध्यम तथा अस्पतालहरुबाट बारम्बार आएको गुनासोको सम्बोधन किन नगरेको ?
२. स्वास्थ्य बीमा कार्यक्रम देशभरि प्रभावकारी रुपमा लागु हुनु पर्नेमा सो नगरी ११ जिल्लामा बीमा कार्यक्रम किन सुचारु हुन नसकेको ?
३. त्यस बोर्डका ना.सु. प्रकाशमान केसीले बरबुझारथ नगरेको, विमितको रकम हिनामिना गरेको र समयमै लेखा परीक्षण गरी गराई श्रेस्ता ठिक दुरुस्त राख्नु पर्नेमा पदीय जिम्मेवारी पालना नगरेको तथा त्यस बाफतको हानी नोक्सानीको जिम्मेवारी कार्यकारी निर्देशकले लिनु पर्ने वा नपर्ने ? स्पष्ठ खुलाई पेश गर्ने ।
४. त्यस बोर्ड तथा मातहतका कार्यालयको लेखापरीक्षण समयमै गराई स्वास्थ्य वीमा बोर्डको आर्थिक तथा जिन्सी व्यवस्थापनलाई चुस्त दुरुस्त अभिलेख राख्नु पर्नेमा सो नगरी बिमितको रकम एकिन हुनु पर्नेमा सो नहुनुमा तपाई जिम्मेवार हुनु पर्नेमा नपर्ने ?
५. त्यस बोर्डको स्विकृत दरबन्दी भित्रका पूर्ति, रिक्त तथा अन्य अवस्थाको विवरण मन्त्रालयमा समयमै उपलब्ध गराउनु पर्नेमा सो नगरी कतिपय प्रशासनिक पदमा पदपूर्ति सोझै अन्य निकायबाट गर्ने गराउने कार्यमा संलग्न भएको देखिएकोले त्यस्तो गर्नुको कारण स्पष्ट गर्ने ।
६.त्यस बोर्डको अनुरोध अनुसार मन्त्रालयको निर्णयबाट कामकाज गर्न पठाएका कर्मचारीहरुलाई कानून बमोजिम बरबुझारथको समय समेत नदिई रमाना दिएको तथा मन्त्रालयको जिम्मेवार तहबाट निर्देशित गर्दा समेत सुनवाई नगरी निर्णयको पालना समेत नगर्नुको कारण पेश गर्ने ।
७. तपाई १३ देखि १५ जुन, २०२३ मा जर्मनीको बर्लिनमा भएको ग्लोवल फोरम अन अडप्सन सोसियल प्रोटेक्सन इन बर्लिन कार्यक्रममा मन्त्रालयको भाग लिन स्विकृतिका लागि मन्त्रालयका टिप्पणी पेश गरी मन्त्रालयको स्विकृति बिना कार्यक्रममा सहभागी हुनुको स्पष्ट कारण खुलाई पेश गर्ने ।
८. सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई भुक्तानी दिनु पर्ने रकम, आम्दानी हुने रकम (प्रिमियम) को अन्तर अत्यधिक भई भुक्तानी सन्तुलन बिग्रिएको, बित्तिय व्यवस्थापन अस्तव्यस्त भएको देखिन र बुझिन आएकोले के कति कारण किन र कसरी समस्या भएको हो ? समाधान तर्फ पहल किन नगरेको हो स्पष्ठ खुलाई पेस गर्ने ।
९. म.ले.प.को प्रत्येक वर्षको लेखा परीक्षणको प्रतिवेदनमा बेरुजु बढ्दो क्रममा रहेको, बेरुजु फछ्यौट स्थिति सन्तोषजनक नभएको, प्रतिवेदनमा उल्लेखित सुधारका सुझावहरु कार्यन्वयन गर्न नसक्नुको कारण स्पष्ट गर्ने । १०. स्वास्थ्य वीमा बोर्ड र अन्तरगतका निकायहरुमा कार्यरत कर्मचारीहरुलाई विभेदपूर्ण व्यवहार गर्ने गरेको सन्दर्भमा स्पष्ट पार्ने ।
११. स्वास्थ्य वीमा बोर्डको आन्तरिक सुशासन कमजोर बनाई प्रशासनिक र आर्थिक व्यवस्थापन पक्ष चुस्तदुरुस्त नहुनुको कारण स्पष्ट गर्ने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने
Next article डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

148
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

132
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web