• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

December 3rd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साइमनको १५ औं  अन्तर्राष्ट्रिय  सम्मेलन काठमाडौंमा सम्पन्न

हेल्थ टुडे,

काठमाडौं, १७ मंसिर : इन्टरनल मेडिसिन विषयका विशेषज्ञहरूको राष्ट्रिय समाज ‘सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपाल’, (साईमन) को दुई दिने १५ औ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।नेपाल बाहेक बंगलादेश, भुटान, भारत, जापान, माल्दिभ्स, श्रीलङका, बेलायत, अस्ट्रेलिया गरी ४ सय ९० चिकित्सकहरू सहभागी रहेको सम्मेलनमा ४३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यपत्र प्रस्तुत गर्नेहरुमा बेलायतको रोयल कलेज अफ फिजिसियन एडिनबराका अध्यक्ष डा. एन्ड एल्डर, भारतको एसोसिएसन अफ फिजिसियन अफ इन्डियाका सभापति डा. गिरिश माथुर, श्रीलंका का श्रीलङ्का कलेज अफ इन्टरनल मेडिसिनका सभापति डा. कुमुदिनी जयसिंघे, बंगलादेश एसोसिएसन अफ फिजिसियन अफ बंगलादेशका महासचिव प्रा. डा. सोहेल महमुद अराफात लगायतका थिए ।
साईमनका सभापति प्रा. डा. अरुण मास्केको नेतृत्व मा गठित मूल समारोह समितिमा वैज्ञानिक समितिका सभापति प्रा. डा. शितल अधिकारी र सचिव डा. मुकुन्द प्रसाद काफ्ले थिए ।
सम्मेलनमा चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन तथा साईमनका पूर्व सभापति प्रा. डा. जगदिशप्रसाद अग्रवाल लाई मृगेन्द्र सम्झना मेडिकल गुठी को विशेष ओरेशन सम्मान प्रदान गरिएको थियो ।
यस्तै डा. कुमुद भट्टराईलाई सर्वोत्कृष्ट पोस्टर पुरस्कार, डा. सागर पौडेललाई सर्वोत्कृष्ट ओरल प्रेजेन्टेसन पुरस्कार तथा डा. सन्दिप सापकोटा लाई ५० हजार रुपैयाँ को पोस्ट ग्य्राजुएट इन्भेष्टिगेटर अवार्ड प्रदान गरिएको थियो ।
मंसिर १५ र १६ गते सम्पन्न सम्मेलनको अघिल्लो दिन रोयल कलेज अफ फिजिसियन एडिनबरा का अध्यक्ष डा. एन्ड्डु एल्डरले नेपालमा कार्यरत विशिष्ट शैक्षिक उपलब्धि हासिल गरेका केही चिकित्सकहरूलाई फेलो अफ रोयल कलेज अफ फिजीसियन एडिनबरा (एफआरसिपी एडिन) उपाधिले विभूषित गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त
Next article स्वास्थ्य मन्त्री बस्नेतद्वारा ‘ पोइजन सूचना केन्द्र ’ को उद्घाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132199
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web