• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

December 3rd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साइमनको १५ औं  अन्तर्राष्ट्रिय  सम्मेलन काठमाडौंमा सम्पन्न

हेल्थ टुडे,

काठमाडौं, १७ मंसिर : इन्टरनल मेडिसिन विषयका विशेषज्ञहरूको राष्ट्रिय समाज ‘सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपाल’, (साईमन) को दुई दिने १५ औ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।नेपाल बाहेक बंगलादेश, भुटान, भारत, जापान, माल्दिभ्स, श्रीलङका, बेलायत, अस्ट्रेलिया गरी ४ सय ९० चिकित्सकहरू सहभागी रहेको सम्मेलनमा ४३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यपत्र प्रस्तुत गर्नेहरुमा बेलायतको रोयल कलेज अफ फिजिसियन एडिनबराका अध्यक्ष डा. एन्ड एल्डर, भारतको एसोसिएसन अफ फिजिसियन अफ इन्डियाका सभापति डा. गिरिश माथुर, श्रीलंका का श्रीलङ्का कलेज अफ इन्टरनल मेडिसिनका सभापति डा. कुमुदिनी जयसिंघे, बंगलादेश एसोसिएसन अफ फिजिसियन अफ बंगलादेशका महासचिव प्रा. डा. सोहेल महमुद अराफात लगायतका थिए ।
साईमनका सभापति प्रा. डा. अरुण मास्केको नेतृत्व मा गठित मूल समारोह समितिमा वैज्ञानिक समितिका सभापति प्रा. डा. शितल अधिकारी र सचिव डा. मुकुन्द प्रसाद काफ्ले थिए ।
सम्मेलनमा चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन तथा साईमनका पूर्व सभापति प्रा. डा. जगदिशप्रसाद अग्रवाल लाई मृगेन्द्र सम्झना मेडिकल गुठी को विशेष ओरेशन सम्मान प्रदान गरिएको थियो ।
यस्तै डा. कुमुद भट्टराईलाई सर्वोत्कृष्ट पोस्टर पुरस्कार, डा. सागर पौडेललाई सर्वोत्कृष्ट ओरल प्रेजेन्टेसन पुरस्कार तथा डा. सन्दिप सापकोटा लाई ५० हजार रुपैयाँ को पोस्ट ग्य्राजुएट इन्भेष्टिगेटर अवार्ड प्रदान गरिएको थियो ।
मंसिर १५ र १६ गते सम्पन्न सम्मेलनको अघिल्लो दिन रोयल कलेज अफ फिजिसियन एडिनबरा का अध्यक्ष डा. एन्ड्डु एल्डरले नेपालमा कार्यरत विशिष्ट शैक्षिक उपलब्धि हासिल गरेका केही चिकित्सकहरूलाई फेलो अफ रोयल कलेज अफ फिजीसियन एडिनबरा (एफआरसिपी एडिन) उपाधिले विभूषित गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त
Next article स्वास्थ्य मन्त्री बस्नेतद्वारा ‘ पोइजन सूचना केन्द्र ’ को उद्घाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web