• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कान्ति बाल अस्पताललाई १००० शैयाको बाल स्वास्थ्य अध्ययन संस्थान बनाउछौ : स्वास्थ्य मन्त्री

January 7th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कान्ति बाल अस्पताललाई १००० शैयाको बाल स्वास्थ्य अध्ययन संस्थान बनाउछौ : स्वास्थ्य मन्त्री

हेल्थ टुडे,
काठमाडौं, २२ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ३५२ शैया मार्फत उपचार सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पतालको सेवा विस्तार गरि चाडै १००० शैयाको बाल स्वास्थ्य अध्ययन संस्थान बनाइने बताएका छन् । कान्ति बाल अस्पतालको ६२ औं बार्षिकोत्सवको अवसरमा आईतबार आयोजित समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले कान्ति बाल अस्पतालको सेवा बिस्तार र अनुसन्धान गर्न बाल स्वास्थ्य अध्ययन संस्थान आवश्यक देखिएकोले भोलीदेखि नै यसमा अगाडि बढ्ने बताएका हुन ।
मन्त्री बस्नेतले भने, ‘ राम्रो काम गर्न साइत हेराई राख्नु पर्दैन । मैले भोली नै शहरी विकास मन्त्री र शहरी विकास विभागका महानिर्देशकलाई स्वास्थ्य मन्त्रालयमा छलफलका लागि बोलाएको छु । जति सक्दो यसको काम अगाडि बढाउछु । त्यसपछि अर्थ मन्त्रालय जाने काम सुरु गरौला ।
’ मन्त्री बस्नेतले १००० शैयाको अस्पताल सहित बाल स्वास्थ्य अध्ययन संस्थान बनाउन करिव ९ अर्ब रुपैया बजेट आवश्यक हुने भएकाले एक वर्षमै संभव नभए पनि दूई तिन वर्षमा सम्पन्न गर्ने गरि अगाडि बढ्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए । नयाँ भवन सहित १००० शैयाको अस्पताल बनाउन शहरी विकास विभागले त्यसको डिपिआर तयार गरिरहेको छ । बोलेर भन्दा स्वास्थ्य क्षेत्रमा केही नयाँ काम गरेर देखाउन आफु लागि परेको बताउदै मन्त्री बस्नेतले उपचार अभावमा कुनै पनि नेपालीले मृत्युवरण गर्नु पर्दैन स्वास्थ्य मन्त्रीको हैसियतले त्यसको जिम्मा म लिन्छु भन्दै आफु हिडिरहेको दाबी गरे । चिकित्सा शिक्षा ऐन संसोधन गरेर देश भित्रै चिकित्सा शिक्षा पढ्न पाउने बाटो प्रसस्त गरिदिनु पर्नेमा जोड दिदै मन्त्री बस्नेतले देश बाहिरका विद्यार्थीका लागि पनि नेपाल चिकित्सा शिक्षाको गन्तव्य बनाउन सकिने दावी गरे । मन्त्री बस्नेतले भने, ‘ नेपाललाई चिकित्सक शिक्षाको हव बनाउन सकिन्छ । त्यसपछि अहिले चिकित्सा शिक्षामा देखिएका समस्या समाधान गर्न सकिन्छ । ’
कार्यक्रममा योजना आयोगका सदस्य डा. आरपी विच्छाले कान्ति बाल अस्पताल अभिभावक बिहिन जस्तो देखिएको बताउदै स्वास्थ्य मन्त्री बस्नेतलाई अभिभाभकत्व ग्रहण गरेर यसका विद्यमान समस्या समाधानका लागि अग्रसर भइदिन आग्रह गरे । कान्ति बाल अस्पतालका पूर्व निर्देशक समेत रहेका डा. बिच्छाले बल्ल तल्ल ४५ शैयामा चलिरहेको बाल सघन उपचार कक्षको क्षमता बढाएर १०० शैयाको बनाउनु आवश्यक रहेको बताए । बाल सघन उपचार कक्षको अभावमा अहिले पनि देशका कुनाकुनाबाट उपचारका लागि कान्ति आउने बालबालिका बाहिर रिफर गर्नु परेको अवस्थाको तत्काल सम्बोधन हुनु पर्नेमा डा. बिच्छाको जोड थियो । कान्ति बाल अस्पतालका कार्यकारी निर्देशक डा. पंकज रायले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विरामीको चापको आधारमा शैया अभावका कारण अस्पताललाई समस्या परेको बताउदै चालु आर्थिक वर्षमा सरकारले कान्ति अस्पतालको बजेट ४० प्रतिसतले कटौति गरेपछि आर्थिक समस्या पनि थपिएको बताए । अस्पतालको कुल ३५२ शैया मध्ये २४८ शैया निशुल्क गरिएको डा. रायले जानकारी दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. बाबुराम गौतमले अस्पतालको सेवा विस्तारमा सरकारले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरु र अस्पताललाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने दातृ निकायका अधिकारीलाई स्वास्थ्य मन्त्री बस्नेतले सम्मान गरेका थिए ।
यसैबिच अस्पतालको बार्षिकोत्सवकै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा जडान गरिएको एमआरआई र सिटिस्क्यान सेवाको पनि उदघाटन गरेका छन् । जापान सरकार र जापनिज सहयोग नियोगको सहयोगमा यी उपकरण जडान गरिएका हुन । सिटिस्क्यान र एमआरआई सेवा सञ्चालनमा आएसँगै हजारौ विरामीले सहज रुपमा उपचार सेवा प्राप्त गर्ने छन । कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले जापान सरकारका प्रतिनिधि केनिचिरा हिजुकालाई सम्मान गरेका थिए । हिजुकाले बाल अस्पताललाई सहयोग गर्न पाउदा खुशी लागेको बताउदै बालबालिका नै देशका कर्णाधार भएकाले उनीहरुको उपचार सेवा सर्वसुलभ र गुणस्तरीय हुनु पर्नेमा जोड दिए । कार्यक्रममा मन्त्री बस्नेतले कान्ति बाल अस्पतालले आफ्रनो ६२ औं बार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जागिरे मात्र भएर आयुर्वेदको विकास संभव छैन : स्वास्थ्य मन्त्री बस्नेत
Next article डा. दीर्घराज आरसीको अध्यक्षतामा गठन भयो जोर्नी प्रत्यारोपण समाज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web