• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

चाया किन हुन्छ ? र यसको उपचार के ?

February 17th, 2024 उपचार बिधी 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चाया किन हुन्छ ? र यसको उपचार के ?

डा. वीरेन्द्रकुमार शर्मा,
काठमाडौं, ५ फागुन : अत्यधिक मात्रामा चाया हुने यकिन कारण अझैसम्म थाहा छैन तर रुखो छाला, फंगसप्रति संवेदनशीलता, सेबोरिक डर्मेटाइटिस, फोहोर टाउको, मानसिक तनाव, छालासम्बन्धी रोग, खानपान, लामो समय औषधि वा स्टेराइड सेवन नै अत्यधिक चायाको कारण हुन सक्ने वरिष्ठ छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् । छाला रुखो, सुक्खा हुनसमेत चाया हुने एउटा प्रमुख कारण हो । रुखो छाला भएकाहरूमा मस्तिष्कको रुखो र मृत छाला पाप्रो बनेर चायाका रूपमा देखिन्छ । जाडो याममा छाला सुक्खा हुनुमा फंगसप्रति संवेदनशीलता समेत हुन सक्छ  । कान, अनुहार, टाउकाको छाला पहेँलो पात्रोयुक्त बन्ने स्थिति सेबोरिक डर्मेटाइटिस हो । यो समस्याले समेत चाया हुने गर्छ ।
टाउको सफा नराख्दासमेत चाया हुन्छ । टाउको सफा नराख्दा त्यहाँ फोहोर र मृत कोषिका थुप्रिन्छन् । यसले गर्दा टाउकामा चाया बढी मात्रामा देखिन थाल्छ । टाउकामा चाया हुनु शारीरिक मात्र नभएर मानसिक समस्याले समेत हुन सक्छ । मानसिक तनावले चाया बढी मात्रामा देखिन्छ । छालासम्बन्धी रोग एक्जिमा, सोराइसिस आदिले समेत चायाको समस्या बढाउँछ । हामीले खाने आहारसमेत चाया हुने एउटा कारण हो । हाल फास्टफुडलगायतका स्वास्थ्यलाई हानि पु¥याउने खाद्य पदार्थको बढ्दो सेवनसमेत चायाका लागि जिम्मेवार मान्ने गरिन्छ  । स्वस्थकर खानपान, ताजा सागसब्जी, फलफूल, पर्याप्त पानी आदिको सेवन नहुँदा चायाको समस्यामा वृद्घि हुने गरेको देखिएको छ ।
लामो समयसम्म वा बढी मात्रामा औषधि र स्टेराइडको सेवनले चायालगायत समस्या उत्पन्न गर्न सक्छ । क्यान्सरको उपचार केमोथेरापी गराइरहेकाहरू, अंग प्रत्यारोपण गराएकाहरू, एचआईभीरएड्स प्रभावितलगायत समेत चायाको समस्याबाट बढी पीडित हुने देखिएको छ ।
उपचार
यदि तपाईंलाई जाडो याममा सामान्य रूपमा चाया अलि बढी देखिन्छ भने यसको सबैभन्दा राम्रो उपचार कपाललाई नियमित रूपमा सफा गर्नु हो । सातामा दुई–तीन पटक कम रसायन भएको स्याम्पु, साबुन, रिठ्ठा वा सफा पानीले नै कपाल धुने गर्दा टाउकामा चाया पर्ने समस्या कम हुन्छ ।
सुक्खा छालाका कारण हुने चायामा नुहाउनुभन्दा अघि र पछि नरिबलको तेल लगाउनु धेरै फाइदाजनक देखिएको डा. कर्ण बताउँछन् । यसले पनि समस्या समाधान नभए बजारमा पाइने एन्टिडैन्ड्रफ स्याम्पुले नियमित रूपमा कपाल धुँदासमेत चायाको समस्या धेरै हदसम्म हराउँछ । विश्वासिलो कम्पनीको चायाविरुद्घ उपयोग गरिने स्याम्पु फाइदाजनक हुन सक्छ ।
यस्ता स्याम्पुमा जिंक पाइरिथियोन, केटो कोनाजोल, सलिसिक्लिक एसिड, सेलेनियम सल्फाइड, कोलटारमध्ये एउटा अवयव (इनग्रिडियेन्ट) हुनुपर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘स्याम्पुमा लगाउने विधि, मात्रा, पटक आदि बारे लेखिएको जानकारी पढेर त्यसैअनुसार लगाउनुपर्छ ।’
तर यस्ता स्याम्पु लगाउँदा हामीले कपालमा फिँज आउनासाथै तुरुन्त पखाल्ने गरेका छौं । यो पूर्णतः अवैज्ञानिक तरिका हो । यसले गर्दा चायाविरुद्घको गुण भएको यस्ता स्याम्पुले राम्ररी काम नगर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘कपालमा चायाविरुद्घको स्याम्पु लगाएर पाँचदेखि सात मिनेटसम्म त्यसै छोडेर त्यसपछि मात्र पखाल्नुपर्छ । यसो गरे मात्र स्याम्पुमा भएको चायाविरुद्घको अवयवले काम गर्छ ।’
उनका अनुसार हरेक व्यक्तिको कपालको प्रकृति फरकफरक हुन्छ, यसैले बजारमा पाइने जुनसुकै स्याम्पु उपयोग गर्नबाट बच्नुपर्छ । चायाविरुद्घको स्याम्पु नियमित रूपमा चार–पाँच सातासम्म लगाउँदा पनि समस्या समाधान नभए वा बढ्दै गए छाला रोग विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्मरण शक्ति बलियो बनाउछ ओखरले
Next article नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त

Health Today Nepal

Related Posts

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

अब माइक्रोस्कोपबाट दाँतको उपचार

अब माइक्रोस्कोपबाट दाँतको उपचार

महाकाली अञ्चल अस्पतालको त्यो घटना

महाकाली अञ्चल अस्पतालको त्यो घटना

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132710
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web