• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

देशभित्रै उत्पादन हुने औषधिको आयात बन्द हुनुपर्छ : एप्पोन अध्यक्ष महेश प्रधान

February 21st, 2024 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देशभित्रै उत्पादन हुने औषधिको आयात बन्द हुनुपर्छ : एप्पोन अध्यक्ष महेश प्रधान

स्वदेशी औषधि उद्योगहरूको अवस्था कस्तो छ ?
नेपालमा करिब ८४ वटा औषधि कम्पनीले औषधि उत्पादन गरेर बजारमा बिक्री वितरण गरिरहेका छन् । देशभित्र खपत हुने औषधिको ५० प्रतिशतभन्दा बढी हिस्सा स्वदेशी औषधि उद्योगले ओगटेका छन् । बाँकी ५० प्रतिशत औषधि विभिन्न देशहरूबाट आयात गर्नुपर्ने अवस्था छ । पछिल्ला दिनमा नयाँ औषधि कम्पनी दर्ता हुने क्रम पनि बढ्दो छ । ११५ भन्दा बढी औषधि कम्पनी औषधि व्यवस्था विभागमा दर्ता भइरहेका छ्रन् । नेपालमा एक वर्षमा ६६ अर्ब रुपैयाँको औषधि खपत हुने अनुमान छ ।
स्वदेशी औषधि उद्योगले रोजगारी सिर्जनामा के योगदान गरेको छ ?
नेपालमा सालाखाला एउटा औषधि कम्पनीले ४०० को संख्यामा प्रत्यक्ष रोजगारी दिएको छ । कुनै कुनै कम्पनीले एक हजार जनालाई पनि रोजगारी दिएको छ । यस हिसाबले हेर्दा करिब ३५ देखि ४० हजार व्यक्तिलाई औषधि उद्योगहरूले प्रत्यक्ष रोजगारी दिएको छ । यसका अलावा थोक बिक्रेता, खुद्रा व्यापारी गरी हजारौं अरूले पनि अप्रत्यक्ष रूपमा औषधि उद्योगबाट रोजगारी पाएका छन् । रोजगारी सिर्जना गर्नामा पनि औषधि कम्पनीको ठुलो योगदान छ ।
औषधि उद्योगमा संकलन भएको तीन दशक लामो समयलाई फर्केर हेर्दा कस्तो लाग्छ ?
म स्वास्थ्य क्षेत्रतिर लागेको करिब ४५ वर्ष भयो । एमआर भएर पनि भारतीय कम्पनीमा काम गरें । औषधि पसल पनि चलाएँ । होलसेल पनि खोलें । निजी हस्पिटल पनि खोले । त्यपछि औषधि कम्पनी स्थापना गरेर लागेको हूँ । यसरी फर्केर हेर्दा नेपालले औषधिमा धेरै फड्को मारेको छ । पहिलेपहिले अधिकांश औषधि सीमापारि अथवा भारतबाट बिना चेकजाँच भित्रिन्थे । कुनै रोकावट थिएन । अहिले पनि चोरीछिपी भित्रिन्छन् होला । तर पहिलेको तुलनामा अहिले धेरै सुध्रिसकेको छ । गुणस्तर भन्ने कुरामा त पहिले ध्यान नै थिएन भन्दा हुन्छ । पछि औषधि व्यवस्था विभागको स्थापना पछि गुणस्तरीय औषधि भित्रिन थालेको हो । चेकजाँच हुन थाल्यो । सुरुका दिनमा गुणस्तरीय औषधि प्रचलनमा ल्याउने काम सहज भने थिएन । त्यति बेलाका औषधि उद्यमी, व्यवस्थापक र सरकारलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूको ठूलो मेहनतले यो सम्भव भएको हो । गुणस्तरको अन्त्य कहिलै हँुदैन । अहिलेका गुणस्तरीय औषधि भोलिको अवस्थामा गुणस्तरीय नहुन सक्छन् । सुधार गदै जानुपर्छ । फर्केर हेर्दा नेपालमा औषधिको क्षेत्रमा धेरै प्रगति भएको मान्न सकिन्छ ।
हरेक दुई वर्षमा नेपाल फर्मा एक्स्पो आयोजना हुँदै आइरहेको छ । यसको महत्व के छ ?
नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले हरेक दुई वर्षमा नेपाल फर्मा एक्स्पो आयोजना गर्दै आइरहेको छ । यो वर्ष यही फागुन २५ देखि २७ सम्म चितवनमा हुदैछ । एक्स्पोमा औषधि क्षेत्रका विज्ञहरू, औषधि व्यवसायी, फार्मेसीका विद्यार्थी सबैलाई एकै ठाउँमा सिक्ने र सिकाउने अवसर प्राप्त हुन्छ । विशेषगरी स्वदेशी व्यवसायीलाई नयाँ प्रविधि र उपकरणका बिषयमा सिक्ने अवसर कम पर्छ । यो अवसर फर्मा एक्स्पोमा प्राप्त हुन्छ । यहाँ नयाँनयाँ औषधि उत्पादन, नयाँ उपकरण अवलोकन गर्न, किन्न र नयाँ ज्ञान लिने अवसर प्राप्त हुन्छ । त्यसैले यसको महत्व ठूलो छ ।
इन्जेक्टेवल औषधि उत्पादनमा स्वदेशी औषधि कम्पनी किन पछाडि परेका छन् ?सबै प्रकारका औषधि स्वदेशकै उत्पादन गर्न सकिँदैन र ?
सबै औषधि आफैं उत्पादन गर्ने दुनियाँमा कुनै देश छैन । कुनै न कुनै प्रकारका औषधि विदेशबाट आयात गर्छन् नै । सस्तो पर्ने औषधि आफैं बनाउँछन् । जुन औषधि बनाउन लागत बढी लाग्छ त्यस्तो औषधि विदेशबाट आयात गर्नु पर्छ । जनतालाई कसरी सस्तो मूल्यमा गुणस्तरीय औषधि प्राप्त हुन्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ । जुन औषधि सस्तो र गुणस्तरीय हुन्छ त्यहीँ आयात गर्नुपर्छ । हाम्रो पनि यही हो ।
औषधिमा आत्मनिर्भर बन्न सरकारका नीतिहरू बाधक त छैनन् नि ?
सरकारलाई गाली गरेर हामी ठूलो हँुदैनांै । सरकारप्रति आक्रोश पोख्दैमा समस्या हल भइहाल्ने पनि होइनन् । तर एउटा कुरा के हो भन सरकारले व्यवसायीलाई प्रोत्साहन गरेन भने व्यवसाय सकिन्छ । सरकारले व्यवसायी सकिएको हेर्न सक्दैन । यसका लागि सरकारलाई व्यवसायी हेर्न आँखा चाहिन्छ । त्यो आँखाले सरकारले औषधि व्यवसायीलाई हेरिदेओस् भन्ने मात्र चाहना हो । विश्वका अन्य देशहरूले स्वदेशी औषधि उद्योगले उत्पादन गर्ने औषधि विदेशबाट आयात गर्दैनन् । हाम्रो सरकारले पनि यसो गरिदियो भने हामी औषधिमा आत्मनिर्भर हुन समय लाग्दैन ।
अर्को कुरा हो मूल्य । जसरी बालबालिबकालाई पोषिलो खानेकुरा भएन भने कुपोषण हुन्छ । ठीक त्यसरी समय सापेक्ष ढंगले औषधिको मूल्य संशोधन नगर्ने हो भने औषधि उद्योग पनि फस्टाउन सक्दैनन् । नेपालमा विगत १६ वर्षदेखि औषधिको मूल्य बढेको छैन । बजारमा अरू वस्तु र सेवाको मूल्य दुई गुना भइसकेको छ । तर औषधिको मूल्य बढाउनै हुन्न भन्न पाइन्न । अब पनि मूल्य नबढाउने हो पनि औषधि व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउने निश्चित छ । नेपाल सरकार, प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू र सिंगो मन्त्रिपरिषद्ले यसमा पुनर्विचार गर्नु आवश्यक छ ।

औषधि उद्योगले राज्यलाई वर्षमा कति कर तिर्छ ?
हामी डेढ अर्ब रुपैयाँ जति त राज्यलाई आयकर तिर्छौं । स्वदेशी औषधि उद्योगहरूमा ४० हजार कर्मचारी छन् । उहाँहरूको तलबमा लाग्ने कर पनि करिब एक अर्बभन्दा बढी छ । होलसेलर, रिटेलर औषधि व्यवसायी सबैले राज्यलाई कर तिर्छन् । औषधिमा पट पटक गरी ६ पटक कर लिने गरेको छ । बिरामीले समेत कर तिर्छन् । हामी राज्यलाई कर तिर्न पाएकोमा खुसी छौं । तर त्यति धेरै कर तिर्न उद्योगलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक भइदिनु पर्छ भन्ने हाम्रो भनाइ हो ।
तपाईं औषधि उत्पादन संघको अध्यक्षमा निर्वाचन हुनु भएको धेरै भएको छैन । तपाईंको दुईवर्षे कार्यकालमा के के काम गर्ने योजना छन् ?
म एक्लै अध्यक्षले मात्र गर्ने होइन । मेरो नेतृत्वको कार्यसमितिले वा कार्यसमितिको सहयोगले काम गर्नेछु । यो सामूहिक चिज हो । मेरो नेतृत्वको कमिटीले औषधिको मूल्यमा काम गर्नै पर्ने छ । यसका साथ सरकारले तयार पारिरहेको नयाँ औषधि ऐनका विषयमा पनि हामीले सक्दो सहकार्य गरेर काम गर्नैछौ । औषधिको गुणस्तर बढाउने काममा लाग्नेछौ । औषधि व्यवस्था विभागसँग मिलेर सहकार्य गरेर अगाडि बढ्न चाहन्छौ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयसँंग समन्वय गरेर अगाडि बढ्न चाहन्छौं । हामी औषधि उद्योगलाई नयाँ उचाइ र नयाँ आशाको सञ्चार गराउन चाहन्छौं । अर्को योजना भनेको अहिलेसम्म एप्पोनको आफ्नै भवन छैन । भाडाको घरमा छांै । त्यसैले अब हामी आफ्नै भवन बनाउने योजनामा छांै । केही समयमै एप्पोनको आफ्नै नयाँ भवन हुनेछ ।
अर्को कुरा, अहिले औषधि उद्योगमा संलग्न व्यवसायीको मनोबल गिर्दाे अवस्थामा छ । मनोबल माथि उठाउने काम गर्नेछौ । हामीलाई राष्ट्र चाहिन्छ । राष्ट्रलाई हामी चाहिन्छ भन्ने भावनाबाट सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं ।
(महेश प्रधान, नेपाल औषधि उत्पादक संघ (एप्पोन) का अध्यक्ष हुनुहुन्छ । उहाँसंग हेल्थ टुडेले गरेको कुराकानी ।)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न
Next article एनएचआरसीका सदस्यसचिव डा.जोशीको पदबहाली

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

148
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

132
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web