• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यले पाएन मन्त्री, स्वास्थ्य मन्त्रीको चर्चामा रहेका गिरी भए कानून मन्त्री

March 6th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यले पाएन मन्त्री, स्वास्थ्य मन्त्रीको चर्चामा रहेका गिरी भए कानून मन्त्री

हेल्थ टुडे,
काठमाडौं, २३ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा २० वटा मन्त्रालयले आजदेखि नयाँ मन्त्री पाएका छन् । २२ वटा मन्त्रालय मध्ये २० ले आज मन्त्री पाउदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने मन्त्री पाउन सकेन । गत वर्ष ४२ दिन स्वास्थ्य मन्त्री भएर विदा भएका एमालेका पदम गिरीले स्वास्थ्य मन्त्रालय पाउने धेरैले अनुमान गरेका थिए । गिरी मंगलबार नै मन्त्री नियुक्त भइसकेको भए पनि उनलाई जिम्मेवारी तोकिएको थिएन । गिरीलाई कानून मन्त्रालय दिइएको छ । बिहीबार गठबन्धनको बैठकले मन्त्रालयको भागवण्डा लगाएपछि स्वास्थ्य मन्त्रालय एमाले, माओवादी र स्वतन्त्र पार्टीको भागमा नपरेको हो । अब बाकी रहेका स्वास्थ्य सहित २ मन्त्रालय जनता समाजबादीको भागमा पर्ने छन् । गठबन्धन दलहरुबिच भएको सहमती अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनता समाजवादीको भागमा परेको छ । यो मन्त्रालय यसभन्दा पहिले पनि जनता समाजवादीले सम्हालिसकेको छ । यो पार्टीका अध्यक्ष उपेन्द्र यादव केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भइसकेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार स्वास्थ्य मन्त्रालयमा जसपा अध्यक्ष यादवले बलियो दावी रहेको छ । यादवको पाटीर्ले गठबन्धनमा सामेल भए पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउन सकेको छैन । उनको पार्टी भित्रै विवाद छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपेन्द्र यादव बन्ने भए स्वास्थ्यमन्त्री
Next article सरकारले चाहे स्वदेशी औषधि उद्योगको विकास चाडै हुन्छ : एपोन उपाध्यक्ष बराल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web