• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउनु पर्ने सांसदहरुको माग

April 23rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउनु पर्ने सांसदहरुको माग

हेल्थ टुडे,
भक्तपुर, ११ बैसाख : भक्तपुरका सांसदद्वय प्रेम सुवाल र दुर्लभ थापाले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नु पर्ने माग गरेका छन् । केन्द्रले आफ्नो १२ औं बार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाल मजदुर किसान पार्टीका सांसद सुवाल र भक्तपुर २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद थापाले भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मिलाएर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकारसँग माग गरेका हुन । सांसद सुवालले प्रतिष्ठान बनाउने तयारीका साथ विधेयकको मस्यौदा समेत बनिसकेको जानकारी गराउदै सरकारले छिट्टै उक्त मस्यौदालाई परिमार्जन सहित संसदमा प्रस्तुत गर्नु पर्ने आवश्यकता रहेको बताए । मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण सहित मुटु रोगको सेवामा केन्द्रले गरिरहेको काम सन्तोषजनक रहेको बताउदै सांसद सुवालले केन्द्रको भौतिक संरचना बढाउन पनि सरकारले तत्काल पहल गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘ भौतिक संरचना अभावमा जुन प्रकारको सेवा बिस्तार हुनु पर्ने हो त्यो हुन सकिरहेको छैन । तत्काल भौतिक संरचना बिस्तार गर्नु पर्छ । ’
अर्का सांसद थापाले भक्तपुरमा रहेका तिनवटै सरकारी अस्पताललाई एकिकृत गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्ने माग गर्दै सरकारले यसका बिषयमा सोच्नु पर्ने बताए । मिर्गौलाका सबै विरामीले सहज रुपमा डायलासिस सेवा र प्रत्यारोपण सेवा पाउनका लागि केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गरेर सेवा बिस्तार गर्नु आवश्यक छ । थापाले भने, ‘ कसैको पहूचका आधारमा वा चिनेजानेको आधारमा भन्दा पनि सबै विरामीले उपचार सेवा प्राप्त गर्ने वातावरण बनाउनका लागि केन्द्रको भौतिक संरचना विस्तार गर्नै पर्छ । अव यो सागुरो भवनले धान्दैन । ’ उनले केन्द्रका लागि जग्गा उपलब्ध गराउने काम अन्तिम अवस्थामा पुगेको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहले १२ वर्षको छोटो अवधिमा लोभलाग्दो प्रगति गर्ने नेपालका अस्पतालहरुमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र एक भएको दावी गर्दै केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालय सकारात्मक रहेको बताए । शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठले १२ वर्षको अवधिमा केन्द्रले १२ सय ३९ जनाको सफल मिर्गौला प्रत्यारोपण र २३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरेको जानकारी गराउदै भौतिक संरचनाको अभावमा सेवा विस्तार गर्न समस्या परेको बताए । केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको डा. श्रेष्ठले जोड दिए । कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिगत एक दशकदेखि कार्यरत मिर्गौला रोग विज्ञ डा. दीपेश श्रेष्ठलाई उत्कृष्ठ कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा मिर्गौला प्रत्यारोपी प्रभावितहरुका तर्फबाट झंक श्रेष्ठले डा. पुकारचन्द्र श्रेष्ठलाई सम्मान गरेका थिए । विसं २०६९ बैसाख ११ गते तत्कालिन स्वास्थ्य सचिव स्वर्गिय डा. प्रविण मिश्र र डा. पुकारचन्द्र श्रेष्ठ सहितको अथक प्रयासमा यो केन्द्र स्थापना गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फ्यानक्यानको अध्यक्षमा पुन : सुरेन्द्र मानन्धर, १५ सदस्यीय कार्यसमिति सर्वसम्मत
Next article मिर्गौला प्रत्यारोपण सर्जन डा.दीपेश श्रेष्ठलाई उत्कृष्ठ कर्मचारी पुरस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web