• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पताल र भरतपुरले आउदो वर्षदेखि एमबिबिएस पढाउने प्रधानमन्त्रीको प्रतिवद्वता

May 7th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पताल र भरतपुरले आउदो वर्षदेखि एमबिबिएस पढाउने प्रधानमन्त्रीको प्रतिवद्वता

हेल्थ टुडे,
काठमाडौँ, २३ बैशाख: प्रधानमन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कुलपति पुष्पकमल दाहालले वीर अस्पताल र भरतपुर अस्पताल चितवनमा आउदो वर्षदेखि एमविविएसको पढाई सुरु गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । उनले वीर अस्पतालको दुवाकोट परियोजना आगामी आर्थिक बर्षबाट सञ्चालन गरि एमबिबिएसको अध्यापन पनि सुरु गर्ने बताएका हुन । प्रधानमन्त्रीले यी दुई कार्यक्रम सरकारको प्राथमिकतामा रहेको भन्दै आगामी आर्थिक बर्षबाट कार्यान्वयनको चरणमा आउने आश्वासन दिएका हुन ।
आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२ औँ स्थापतना दिवसलाई सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘वीर अस्पताललाई जनताको भरोशाको केन्द्रविन्दु बनाउन आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापनका लागि बजेटको व्यवस्थापन गर्न सरकारले प्राथमिकता दिने छ । ’
देशलाई आवश्यक एमबीबीएस लगायतको चिकित्सकीय जनशक्ति उत्पादन गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट वीर अस्पताल र भरतपुर अस्पतालमा आगामी आर्थिक बर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गरिने समेत प्रधानमन्त्री दाहालले बताए । वीर अस्पताल विस्तारको लागि भक्तपुरको दुवाकोटमा १५०० शैय्याको अस्पताल सहितको गुरुयोजनामा पहिलो चरणमा ५०० शैय्याको अस्पताल र मेडिकल कलेज निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाउने गरि सरकारको आगामी नीति तथा कार्यक्रम आउने उनले बताए ।
कार्यक्रममा न्याम्सका रेक्टर डा. लोलन कार्कीले वीर अस्पतालबाट न्याम्स अलग गर्नु नहुने बताउदै यसका बिषयमा व्यापक बहस र छलफल हुनु पर्नेमा जोड दिए । न्याम्सका रजिष्ट्रार डा. ज्ञानेन्द्र शाहले वीर र न्याम्स एक अर्काका परिपुरक भएकाले देशको चिकित्सा शिक्षाको विशेषज्ञ जनशक्ति उत्पादन गरिरहेको न्याम्सको विकासमा सरकारले सहज वातावरण बनाउनु पर्ने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीले न्याम्स र वीर सहकार्य र सहमन्वय गरेरै अघि बढ्नु पर्ने बताए । स्वास्थ्य तथा जनस्ंखाय मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले न्याम्स र वीर अस्पतालबीचका समस्या भित्रै बसेर समाधान खोज्नु पर्नेमा जोड दिए ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले स्थापनाका २२ बर्षमा ३ हजार २२३ जना विशिष्टिकृत जनशक्ति उत्पादन भएको बताए । उनले संविधानको धारा ३५ को स्वास्थ्य सम्वन्धी हक परिपूर्ति गर्न देशमा ठूलो संख्यामा जनशक्ति आवश्यक भएको भन्दै त्यसका लागि न्याम्सको भूमिका अझ बढेको बताए । उनले प्रधानमन्त्रीले समेत एमबीबीएस र दुवाकोट परियोजना प्राथमिकता राखेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा न्याम्सका पूर्व उपकुलपति प्रा.डा दिनेशनाथ गंगोल र स्वर्गीय प्राडा उपेन्द्र देवकोटालाई (मरणोपरान्त) सम्मान गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दाँतको उपचार गर्न प्रधानमन्त्री पुगे वीर अस्पताल
Next article न्याम्सबाट वीर अस्पताल छुट्याउने काम गर्नु हुन्न : उपकुलपति डा. बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

144
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web