• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्याम्सबाट वीर अस्पताल छुट्याउने काम गर्नु हुन्न : उपकुलपति डा. बस्नेत

May 5th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
न्याम्सबाट वीर अस्पताल छुट्याउने काम गर्नु हुन्न : उपकुलपति डा. बस्नेत

हेल्थ टुडे,
काठमाडौं, २३ बैसाख : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले आज आफ्नो २२ औं बार्षिकोत्सव मनाइरहेको छ । यही सन्दर्भमा न्याम्सबाट वीर अस्पताल अलग गर्नु पर्छ कि पर्दैन भन्न बहस फेरि सतहमा आएको छ । एकथरि कानून नै परिवर्तन गरेर भए पनि न्याम्सबाट वीर अस्पताल अलग गर्नु पर्छ र त्यसलाई केन्द्रीय अस्पताल बनाउनु पर्छ भन्नेमा लागेका छन् भने अर्को थरि न्याम्सबाट वीर लगत गर्ने हो भने चिकित्सा शास्त्रको उच्च शिक्षाको जनशक्तिको उत्पादनमै ब्रेक लाग्ने भन्दै अलग गर्ने निर्णय गर्न नहुने तर्क दिइरहेका छन् ।
यसका बिषयमा राजनीतिक वृतमा मात्र नभएर सरकार र संसदमा समेत व्यापक छलफल चलिरहेको छ । तर यस बिषयमा न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेत भने न्याम्सबाट वीर अस्पताल अलग गर्ने काम गर्न नहुनु बताएकाछन् ।
डा.बस्नेतले न्याम्सबाट वीर अस्पताल अलग गरेपछि चिकित्सा शिक्षामा उच्च जनशक्ति उत्पादनमा समस्या उत्पन्न हुने र यसले दीर्घकालिन असर गर्ने भएकाले न्याम्स र वीर अलग गर्ने निर्णय गर्नु उपयुक्त नहुने बताउछन् । उपकुलपति डा. बस्नेतले सरकारले नै चिकित्सा शिक्षामा उच्च जनशक्ति एमडी, एमएस, डिएम, एमडिएस जस्ता कार्यक्रम सञ्चालन गर्न न्याम्स स्थापना गरेको र ती कार्यक्रम सञ्चालनका लागि आफ्नै अस्पताल हुनु पर्ने कानून अनुसार वीर अस्पताल न्याम्स मातहत राखिएको स्मरण गर्दे वीर अस्पताल अलग गरेको अवस्थामा चिकित्सा शास्त्रको उच्च शिक्षा माथि नै प्रश्न चिन्ह लाग्ने बताउँछन । डा.बस्नेतले भने, ‘न्याम्स चिकित्सा शास्त्रमा उच्च जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था हो । हामीले वीर अस्पतालमा आफ्ना कार्यक्रम चलाइरहेका छौ । न्याम्सबाट वीर अलग गरियो भने हामीले यी अहिले सञ्चालन भइरहेका कार्यक्रम कहाँ सञ्चालन गर्ने ?’
नर्सभन्दा माथिका कुनै पनि चिकित्सा शास्त्रका कार्यक्रम सञ्चालन गर्न आफ्नै अस्पताल चाहिने कानूनमै उल्लेख भए अनुसार न्याम्सले पनि वीर अस्पतालमा आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको डा. बस्नेतले बताए । उनले भने, ‘न्याम्सको आफ्नै अस्पताल भएन भने चिकित्सा क्षेत्रमै प्रश्न चिन्ह लाग्छ । ’
वीर अस्पतालले अहिले पनि सरकारको केन्द्रीय अस्पतालका रुपमा सेवा दिइरहेको बताउदै डा. बस्नेतले न्याम्सबाट छुट्याएर केही निहीत स्वार्थ समूहलाई बाहेक जनतालाई केही फाइदा नहुने दावी गरे । चिकित्सा शास्त्रमा अहिलेसम्म ३ हजार भन्दा बढी जनशक्ति न्याम्सले उत्पादन गरिसकेको बताउदै डा. बस्नेतले न्याम्सको आफ्नै अस्पताल नभए यी सबै कार्यक्रम धारासायी हुने दावी गरे । न्याम्स स्थापना हुनु भन्दा पहिले नेपालमा एमडी, एमएस, डिएम गर्न कि विदेश जानु पर्दथ्यो कि १० औं वर्ष कुनु पर्ने अवस्था आउथ्यो । न्याम्सको स्थापना पछि चिकित्शा शास्त्रमा उच्च जनशक्ति नेपाल मै उत्पादन भइरहेको बताउदै यसलाई भत्काउने, विगार्ने र गतिलाई रोक्ने काम गर्नु देश र जनताका हितमा नहुने बस्नेतको सुझाव छ । न्याम्सको भावना र मर्मलाई बुझेर मात्र यस सम्बन्धी कानून संसोधन गर्ने काम राजनिितक दलहरुका नेता, सरकार, संसद र सरोकारवाला निकायले गर्ने छन भन्ने विश्वास आफुलाई भएको उपकुलपति डा. बस्नेतले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पताल र भरतपुरले आउदो वर्षदेखि एमबिबिएस पढाउने प्रधानमन्त्रीको प्रतिवद्वता
Next article विषदीयुक्त खानपानकै कारण अबको १० वर्षमा ३३ प्रतिसतलाई क्यान्सर हुनसक्छ : डा. राव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web