• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विषदीयुक्त खानपानकै कारण अबको १० वर्षमा ३३ प्रतिसतलाई क्यान्सर हुनसक्छ : डा. राव

May 4th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विषदीयुक्त खानपानकै कारण अबको १० वर्षमा ३३ प्रतिसतलाई क्यान्सर हुनसक्छ : डा. राव

हेल्थ टुडे,
काठमाडौं, २२ बैसाख : भारतको बैंङ्लोरमा रहेको एचसिजी क्यान्सर हस्पिटलका हेड एण्ड नेक सर्जिकल ओन्कोलोजी र रोबोटिक सर्जरी विभाग प्रमुख क्यान्सर रोग विज्ञ डा. विशाल रावले दक्षिण एशियाका देशहरुमा खानपानकै कारण अबको १० वर्ष भित्र ३३ प्रतिसत व्यक्तिमा क्यान्सर लाग्न सक्ने जोखिम रहेको बताएका छन् । एक्सन नेपालसँगको सहकार्यमा एचसिजी क्यान्सर अस्पतालले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. रावले खेतबारीमा अन्नबाली र फलफूल उत्पादन गर्दा प्रयोग गरिने अत्यधिक विषादीको प्रयोग र ती विषादीयुक्त अन्न, सागसब्जी र फलफुलको सेवनले मानिसमा क्यान्सरको जोखिम बताएको बताएका हुन । डा. रावले भने, ‘खेतवारीदेखि सुरु भएर हाम्रो खाने थालसम्म पुग्दा विभिन्न चरणमा प्रयोग भइरहेको विषादीका कारण अवको १० वर्ष भित्र दक्षिण एशियाली देशको कुल जनसंख्याको एक तिहाईलाई क्यान्सरको जोखिम छ । ’
बेलैमा बिषादीको प्रयोग रोक्न पहल नगर्ने हो भने स्थिति भयाभव हुने डा. रावले बताए । जनतामा जनचेतना बिस्तार गर्ने काममा मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै उनले नेपाल र भारत दुबै देशका स्वास्थ्य पत्रकारहरुले विषादीले स्वास्थ्यमा पारिरहेको प्रतिकूल असरका विषयमा जनचेतना बिस्तार गर्नु पर्नेमा जोड दिए । सरकारले क्यान्सर अस्पतालको संख्या बढाउनु भन्दा घटाउनेतिर ध्यान दिनु आवश्यक रहेको बताउदै विषादी प्रयोग गर्ने किसानहरुमा विषादीले स्वास्थ्यका पार्ने प्रभावका बिषयमा यथेष्ट जानकारी दिनु पर्ने र गर्नै पर्ने अवस्थामा कुन अन्नबालीका कति बिषादी प्रयोग गर्ने भन्न बिषयमा तालिम दिनु पर्ने आवश्यकता रहेको औल्याए । धूम्रपान सेवनका कारण क्यान्सरका विरामीको संख्या बढी रहेको दावी गर्दै डा. रावले भारतको कर्नाटका सरकारले इहुक्कामा प्रतिवन्ध लगाएको जानकारी दिए । क्यान्सर विरुद्वको अभियानमा नेपाल सरकारसँग सहकार्य गरेर अगाडि बढ्न आफु तयार रहेकमो डा. रावले बताए । डा. राव भारतको स्वास्थ्य मन्त्रालय र कर्नाटका सरकारको पनि स्वास्थ्य सल्लाहकार हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article न्याम्सबाट वीर अस्पताल छुट्याउने काम गर्नु हुन्न : उपकुलपति डा. बस्नेत
Next article परिवार योजना र सुरक्षित मातृत्वमा ४ प्रदेशका ५ जिल्लामा पत्रकार अन्तरक्रिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web