• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विषदीयुक्त खानपानकै कारण अबको १० वर्षमा ३३ प्रतिसतलाई क्यान्सर हुनसक्छ : डा. राव

May 4th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विषदीयुक्त खानपानकै कारण अबको १० वर्षमा ३३ प्रतिसतलाई क्यान्सर हुनसक्छ : डा. राव

हेल्थ टुडे,
काठमाडौं, २२ बैसाख : भारतको बैंङ्लोरमा रहेको एचसिजी क्यान्सर हस्पिटलका हेड एण्ड नेक सर्जिकल ओन्कोलोजी र रोबोटिक सर्जरी विभाग प्रमुख क्यान्सर रोग विज्ञ डा. विशाल रावले दक्षिण एशियाका देशहरुमा खानपानकै कारण अबको १० वर्ष भित्र ३३ प्रतिसत व्यक्तिमा क्यान्सर लाग्न सक्ने जोखिम रहेको बताएका छन् । एक्सन नेपालसँगको सहकार्यमा एचसिजी क्यान्सर अस्पतालले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. रावले खेतबारीमा अन्नबाली र फलफूल उत्पादन गर्दा प्रयोग गरिने अत्यधिक विषादीको प्रयोग र ती विषादीयुक्त अन्न, सागसब्जी र फलफुलको सेवनले मानिसमा क्यान्सरको जोखिम बताएको बताएका हुन । डा. रावले भने, ‘खेतवारीदेखि सुरु भएर हाम्रो खाने थालसम्म पुग्दा विभिन्न चरणमा प्रयोग भइरहेको विषादीका कारण अवको १० वर्ष भित्र दक्षिण एशियाली देशको कुल जनसंख्याको एक तिहाईलाई क्यान्सरको जोखिम छ । ’
बेलैमा बिषादीको प्रयोग रोक्न पहल नगर्ने हो भने स्थिति भयाभव हुने डा. रावले बताए । जनतामा जनचेतना बिस्तार गर्ने काममा मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै उनले नेपाल र भारत दुबै देशका स्वास्थ्य पत्रकारहरुले विषादीले स्वास्थ्यमा पारिरहेको प्रतिकूल असरका विषयमा जनचेतना बिस्तार गर्नु पर्नेमा जोड दिए । सरकारले क्यान्सर अस्पतालको संख्या बढाउनु भन्दा घटाउनेतिर ध्यान दिनु आवश्यक रहेको बताउदै विषादी प्रयोग गर्ने किसानहरुमा विषादीले स्वास्थ्यका पार्ने प्रभावका बिषयमा यथेष्ट जानकारी दिनु पर्ने र गर्नै पर्ने अवस्थामा कुन अन्नबालीका कति बिषादी प्रयोग गर्ने भन्न बिषयमा तालिम दिनु पर्ने आवश्यकता रहेको औल्याए । धूम्रपान सेवनका कारण क्यान्सरका विरामीको संख्या बढी रहेको दावी गर्दै डा. रावले भारतको कर्नाटका सरकारले इहुक्कामा प्रतिवन्ध लगाएको जानकारी दिए । क्यान्सर विरुद्वको अभियानमा नेपाल सरकारसँग सहकार्य गरेर अगाडि बढ्न आफु तयार रहेकमो डा. रावले बताए । डा. राव भारतको स्वास्थ्य मन्त्रालय र कर्नाटका सरकारको पनि स्वास्थ्य सल्लाहकार हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परिवार योजना र सुरक्षित मातृत्वमा ४ प्रदेशका ५ जिल्लामा पत्रकार अन्तरक्रिया
Next article न्याम्सबाट वीर अस्पताल छुट्याउने काम गर्नु हुन्न : उपकुलपति डा. बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132118
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web