• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

ई–सिगरेट र भेपिङ्गको लतबाट युवायुवतीलाई जोगाऔ

June 7th, 2024 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ई–सिगरेट र भेपिङ्गको लतबाट युवायुवतीलाई  जोगाऔ

पदमराज जोशी,
काठमाडौं, २५ जेठ : पछिल्ला दिनमा चुरोटको बट्टा नै बोकेर हिड्ने व्यक्तिहरुको संख्या कम हुन थालेको छ । चुरोट पिउनेहरु खिल्लीमा ओर्लिएका छन् । सार्वजनिक यातायतका साधनहरुमा धुम्रपान गर्ने विरलै देख्न पाइन्छ । सुर्तीजन्य पदार्थको सेवन गर्नु स्वास्थ्यका लागि हानीकारक छ भन्ने सूचना ९० प्रतिसत भन्दा बढी व्यक्ति समक्ष पुगेको छ । सुर्तीजन्य पदार्थका बट्टाहरुमा स्वास्थ्य चेतावनी युक्त फोटो सहितको सन्देश छापिने गरेको छ । यसले सुर्तीजन्य पदार्थको नियन्त्रण र न्युनिकरणमा ठूलो भूमिका खेलेको छ ।
तर अर्को पाटो पछिल्ला दिनमा विशेष गरि युवायुवतीमा ई–सिगरेट र भेपिङ्ग सेवन गर्ने प्रकृति बढदै जानु पक्कै पनि सकारात्मक कुरा होइन । धुवा आउने चिजमात्र धुम्रपान हो भन्ने मानसिकताका कारण यो अवस्था सिर्जना भइरहेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निगमन ऐन २०६८ ले ई–सिगरेट र भेपिङ्गको सेवनलाई पनि निषेध गरेको छ । तर यसलाई सुर्ती व्यपारीहरु र रेष्टुरा व्यवसायीहरुले ई–सिगरेट र भेपिङ्ग त धुम्रपान नै होइन भन्ने किसिमले व्याख्या गर्दै यसले स्वास्थ्यलाई हानी नगर्ने भन्दै युवायुवतीलाई प्रोत्साहन गरिरहेका छन् । रेस्टुरेन्ट, होटेल, वारहरुले पनि ई–सिगरेट र भेपिङ्गलाई युवायुवती आकर्षित गर्ने माध्यमका रुपमा लिने गरेका हुन्छन । काठमाडौंका धेरे जसो रेष्टुराहरुले यवायवतीको स्वागत नै ई हुक्का वा ई–सिगरेट र भेपिङ्गबाट गर्ने गरेका छन् । ई–सिगरेट र भेपिङ्गको लतमा फसेका युवायुवती मध्ये अधिकांशलाई यसले मानव स्वास्थ्यमा गर्ने हानीका बिषयमा राम्रो ज्ञान छैन । युवायुवतीहरुले यसलाई मनोरन्जनको साधनको रुपमा लिएका हुन्छन । सरकारले धुम्रपान निषेध गर्ने अभियानमा चुरोट, बिडी, खैनी, सुर्तीको कुरा बढी गर्ने र ई–सिगरेट र भेपिङ्गको कुरा बढी नगरेकाले पनि यो अवस्था आएको हुन सक्छ । ई–सिगरेट र भेपिङ्ग पनि स्वास्थ्यका लागि उत्तिकै हानिकारक हो भन्ने कुरा हरेकले बुझ्नु पर्छ र बुझेकाले अरुलाई बुझाउनु पर्छ । चिकित्सकहरुका अनुसार ई–सिगरेट र भेपिङ्गमा हुने सुर्ती, रसायनिक पदार्थ र यसबाट निस्कने धुवाँले फोक्सो, मुख, पिसाबथैली र पेटको क्यान्सर हुने जोखिम बढाउँछ । विज्ञहरुका अनुसार ई–सिगरेट र भेपिङ्ग युवायुवतीको बालबालिकाको मस्तिष्क विकासमा असर गर्दछ । यसका साथै यसको सेवनले रक्तनली तथा मुटु रोग निम्त्याउँछ । श्वासप्रश्वाससम्बन्धी रोगहरूको जोखिम बढ्छ । नेपाल सरकारले ई–सिगरेट र भेपिङ्गको आयात, उत्पादन, बिक्रि वितरण तथा प्रचार प्रसार निषेध गरेकोछ । तर यो कुराले व्यापारीले जानेर पनि नजानेको झै व्यवहार गरिरहेका छन् ।
ई–सिगरेट र भेपिङ्ग सृवन गर्दा धुवा नआउने भएकाले यसले अर्को वयक्तिलाई हानी गर्दैन भन्दै यसको प्रमोसनमा व्यापारी लागेका छन् । विभिन्न फ्लेबरमा उपलब्ध गराएर यसको व्यापार बढाउन व्यापारी लागेका छन् । स्टाबेरी, भेनिला जस्ता विभिन्न फ्लेबरका ई–सिगरेट र भेपिङ्गले युवायुवतीलाई लोभ्याएसँगै उनीहरुको स्वास्थ्यलाई पनि जोखिममा पारिरहेको छ । विकसित देशहरुले ई–सिगरेट र भेपिङ्गको सेवनमा कडाई गरेका छन् । उनीहरुले कानून ने बनाएको यसको उपभोग न्युनिकरण गराएका छन् । तर हाम्रो जस्तो विकासोन्मुख देशहरुमा चुरोटको सट्टा ई–सिगरेट र भेपिङ्गको उपभोग बढी रहेको छ । कतिपय होटेल र रेष्टुराहरुले चुरोट छोड्नस र ई–सिगरेट र भेपिङ्ग रोज्नुस भन्ने किसिमका विज्ञापन बोर्ड पनि लगाएको पाइन्छ । ठमेल, दरबारमार्ग , लाजिम्पाट लगायतका ठाउँमा खोलिएका रेष्टुराहरुमा यस्तो लेखिएका बोर्ड भेटिन्छन । पछिल्ला दिनमा सुर्तीजन्य पदार्थ ऐन आए पछि कुनै पनि सञ्चार माध्यममा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न पाइदैन । तर यस्ता रेष्टुरा र वारहरुमा चुरोटको सट्टा ई–सिगरेट र भेपिङ्गको लत बसाल्ने किसिमका साइन बोर्ड भेटिन्छन । ऐन कार्यन्वयन गर्ने निकायको पनि अव यसमा आँखा पर्न जरुरी छ । चुरोट वा खैनीको विकल्प ई–सिगरेट र भेपिङ्ग हो भन्दै गलत सूचना प्रवाह भइरहेको पनि पाइन्छ । यो पक्कै पनि सही होइन । चुरोट र खैनीको व्यक्तिको शरीरलाई जति हानी गर्छ ई–सिगरेट र भेपिङ्गको सेवनले त्यो भन्दा बढी हानी गर्छ । फरक यत्तिको ई–सिगरेट र भेपिङ्गकाट धुुवा आएको देखिदैन । यसलाई युवायुवती झुक्याउने हतियार बनाएर व्यापारीहरुले आफ्नो दुनो सोझ्याइरहेका छन् । कानून कार्यन्वयन गर्ने निकायको नजर अब ई–सिगरेट र भेपिङ्गको सेवन गर्ने गराउने रेष्टुरा, बार र होटेलहरुमा पुग्नु आवश्यक छ । ई–सिगरेट र भेपिङ्गका उपभोक्ता भनेका प्यलसटु वा कलेज पढ्ने युवायुवती बढी हुने भएकाले यसका बिषयमा विभिन्न कलेजहरुले पनि आफ्ना विद्यार्थीहरुलाई ई–सिगरेट र भेपिङ्ग सेवनका बेफाइदाका बिषयमा सचेतना बिस्तार गर्नु आवश्यक छ । यसका साथै प्रत्येक आमाबुबा लगायत अभिभावकहरुले पनि आफ्नो छोराछोरीको आनीबानी, जिवनशैली र लवाईखवाईका बिषयमा हेक्का राख्नु पर्छ । खराव लतमा लाग्ने उमेर समूह भनेकै १४ देखि २० बर्षको हो ।
यो उमेरमा युवायुवतीलाई बढी केयर चाहिन्छ । अभिभावकले आफ्नो अभिभाभकत्व देखाउने उमेर पनि यही हो । नेपालमा वर्षेनी ३९ हजार जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट निम्तिने रोगका कारण हुन्छ । नेपालमा हुने क्यान्सरहरु मध्ये फोक्सोको क्यान्सरको प्रमुख कारण धुम्रपानको सेवन हो । जुनसुनै किसिमको सुतर््ीजन्य पदार्थ भए पनि यसले मानव स्वास्थ्यलाई हानी मात्र गरेको हुन्छ । क्यान्सरको उपचार एकदमै महंगो हुन्छ । एक्सन नेपालले गरेको अध्ययन अनुसार क्यान्सर रोगको उपचारमा एक जनालाई कम्तिमा पनि १० लाख रुपैया खर्च हुने गरेको छ । यसका साथै स्वासप्रस्वासको रोग, मधुमेह, मुटुरोग, मस्तिष्क घात जस्ता कर्यौ रोगहरुको कारक तत्व मानिएको सुर्तीजन्य पदार्थलाई आफ्नो साथी कुनै पनि हालतमा नबनाऔं । सुर्ती उद्योगको प्रभावबाट बालबालिका र युवायुवतीलाई जोगाऔं । किनकी यो उमेर समूह बढी पभावित हुने समूह हो । ई–सिगरेट र भेपिङ्गका बहानामा जिवनलाई रोगको घर नबनाऔं । त्यसैले ई–सिगरेट र भेपिङ्गको सेवनमा न्युनिकरण ल्याउन यसका बिषयमा व्यापक जनचेतना बिस्तार गर्नु पर्छ तर ऐन कार्यन्वयनमा सबैको सहकार्य आवश्यक छ । ई–सिगरेट र भेपिङ्गको सेवनबाट भावी पुस्तालाई जोगाउन सकिए मात्र स्वस्थ्य नेपाल निर्माण गर्न सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको अध्यक्षमा उमेशजंग रायमाझी
Next article सुर्तीजन्य पदार्थ विरुद्धका अभियन्ता डा. तारासिंह बमलाई इन्डोनेसिया सरकारको सम्मान

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133371
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

57
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

45
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web