• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा सुधार्न स्वास्थ्य मन्त्री पौडेलले मागे इमेल र ह्वाट्सएपबाट सुझाव

July 22nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा सुधार्न स्वास्थ्य मन्त्री पौडेलले मागे इमेल र ह्वाट्सएपबाट सुझाव

हेल्थ टुडे,
काठमाडौँ, ७ साउन : नेपालको स्वास्थ्य सेवामा सुधार गर्नु पर्ने पक्ष र तिनको समाधानका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरोकारवाला निकायसँग सुझाव मागेका छन् । वास्थ्य क्षेत्रको प्रमुख समस्या र समस्याको समाधान गर्ने उपाय के के हुन सक्छन् भनेर प्रमुख स्वास्थ्य सरोकारवालासंग सार्वजनिक रुपमा सुझाव मागेका छन् । उनले इमेल र ह्वाट्सएपबाट आफुलाई सुझाव दिन आग्रह गरेका छन् । अल्पकालिन र दिर्घकालिन नीति बनाएर स्वास्थ्य क्षेत्र सुधार्न आफु लागेको बताउदै मन्त्री पौडेलले सुझाव मागेका हुन ।
सुझाव दिन चाहनेका लागि मन्त्री पौडेललले आफ्नो इमेल र सचिवालयको ह्वाट्एप नम्बर सार्वजनिक गरेका छन् ।
खासगरी समग्र स्वास्थ्य प्रणाली भित्र रहेका प्रमुख समस्याहरु के के हुन् ? ती समस्याका सूची भित्र पनि प्राथमिकताका विषय के के हुन् ? र तिनको समाधान कसरी गर्ने ? जस्ता सवालहरुको तत्कालीन र दीर्घकालीन समाधानका लागि के कस्ता योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा यहाँहरुको रचनात्मक सुझावको अपेक्षा गरेको छु मन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले सुझावहरु आफ्नो इमेल ppaudelnc@gmail.com र सचिवालयको ह्वाट्सएप नम्बर 9849119261 मा पठाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा यहाँहरूबाट धेरै शुभकामना, आशीर्वाद र माया पाएको छु । अझ महत्वपूर्ण, स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि धेरै सल्लाह सुझावहरू प्राप्त भएको छ । यहाँहरूका सुझाव अनुसार नै, स्वास्थ्य क्षेत्रको सुधार तथा सेवा प्रवाहलाई मर्यादित, पारदर्शी, सहज र सर्वसुलभ बनाउने हाम्रो उद्देश्य हो ।’
मन्त्री पौड मन्त्री पौडेललले स्वास्थ्य क्षेत्रमा धेरै नै समस्या र चुनौतीहरु रहेको भन्दै ती समस्याको एक एक गर्दै समाधान खोज्न र अहिलेको अवस्थालाई सुधार गर्न तथा विकसित हुँदै आएका नयाँ प्रविधि र उपचार विधिरुको अवलम्बन गर्न नीतिगत र प्रणालीगत सुधारको खाँचो भएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा एक वर्षमा १५ जनाको सफल कलेजो प्रत्यारोपण
Next article लायन्स र डब्लूएफपीको सहकार्यमा जाजरकोट र सुर्खेतमा विद्यालय दिवाखाजा कार्यक्रम सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web