• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य प्रवर्द्धनमा राज्यले लगानी बढाउनु पर्ने सरोकारवालाको धारणा

November 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य प्रवर्द्धनमा राज्यले लगानी बढाउनु पर्ने सरोकारवालाको धारणा


हेल्थ टुडे,

काठमाडौं, ६ मंसिर : स्वास्थ्य प्रवर्द्धनमा राज्यले लगानी बढाउनु पर्नेमा सरोकारवालाले सुझाव दिएका छन् । स्वास्थ्य प्रवर्द्धन दिवसका अवसरमा विहीबार राजधानीमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ क्षेत्रका सरोकारवालाहरुले राज्यले उपचारात्मक क्षेत्रमा मात्र बढी लगानी गरिरहेको भन्दै स्वास्थ्य प्रवर्द्धनमा पनि लगानी बढाउनु पर्ने बताएका हुन ।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ (नेपाल) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले स्वास्थ्यको कुल बजेटको कम्तिमा पनि २ प्रतिसत बजेट स्वास्थ्य प्रवर्द्धनका लागि विनियोजन हुनु पर्नेमा ०.२ प्रतिसत पनि नभएको तथ्यांक प्रस्तुत गर्दै राज्यले स्वास्थ्य प्रवर्द्धनलाई महत्व दिएर लगानी बढाउनु पर्ने बताए । स्वास्थ्य विमाको दायरा बढाएर स्वास्थ्य प्रवर्द्धन पनि बिमामै समावेश गर्न सकिए निरोगी नेपालको अभियानले सार्थकता पाउने दावी गर्दै निर्देशक पण्डितले स्वास्थ्य प्रवर्द्धनको काममा सबै पक्षको सहकार्य हुनु पर्नेमा जोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहले अस्पतालहरुले समेत उपचारमा मात्र ध्यान नदिएर स्वास्थ्य प्रवर्द्धनमा पनि लाग्नु पर्ने सुझाव दिए । डा. सिंहले भने, ‘उपचारमा मात्र केन्द्रीत भएर स्वच्छ समाज निर्माण गर्न सकिदैन । रोग लाग्नै नदिनका लागि स्वास्थ्य प्रवर्द्धनमा अस्पताल र त्यहाँ कार्यरत चिकित्सकहरुले ध्यान दिनै पर्छ । ’ हिड्दा, खादा, बस्दा, सत्दा हरेक बेला स्वस्थ्य रहने उपायका विषयमा जानकार हुन नसकिए जीवन कष्टकर हुने दावी गर्दै समयको माग अनुसार जिवनशैली परिवर्तन गरेर अगाडि बढ्नु पर्ने डा. सिंहले बताए । संघका महासचिव डा. भक्त केसीले स्वास्थ्य प्रवर्द्धन र संघले गरिरहेका कामका विषयमा कार्यपत्र प्रस्तुत गर्दै अर्को वर्षदेखि अन्तर्राष्ट्रिय रुपमा स्वास्थ्य प्रवर्द्धन दिवस मनाउने गरि वल्र्ड हेल्थ एसेम्ब्लीमा प्रस्ताव पठाउने बताए । वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकतामा राखेर राज्यले यसमा लगानी बढाउनु पर्नेमा जोड दिदै जनताले स्वास्थ्यका विषयमा सत्य तथ्य जानकारी प्राप्त हुनु पर्ने आवश्यकता औल्याइन ।
नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीले स्वास्थ्य प्रवर्द्धनमा मिडियाको ठूलो भूमिका रहेको बताउदै मिडियासँग सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ (नेपाल) का कार्यवहाक अध्यक्ष हेमराज खड्काले स्वास्थ्य प्रवर्द्धनमा सबै क्षेत्रको सहकार्य हुनु पर्ने आवश्यकता औल्याउदै जीवन शैली परिवर्तन गरेर अगाडि बढ्न सकेमात्र स्वच्छ समाजको परिकल्पना गर्न सकिने बताए । पछिल्ला वर्षहरुमा नसर्ने रोगहरुको संक्रमण अपत्यारिलो किसिमले बढीरहेको दावी गर्दै खड्काले स्वास्थ्य प्रवर्द्धन सबैको साझा अभियान हुनु पर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न अभियन्ता, स्वास्थ्यका कर्मचारी, पुर्व कर्मचारी र जनस्वस्थ्यका विद्यार्थीको सहभागिता रहेको थियो । १२ वर्ष पहिले स्थापना भएको पेसागत संस्था स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ (नेपाल) मा एक सय ५० जना सदस्य रहेका छन् । यो संस्थाले देश भरि स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा पैरवी गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा पहिलो पटक हुदैछ स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन
Next article पर्साका सिडिओ अर्याललाई जिम्मेवारीमुक्त गर्न गृह मन्त्रीलाई चिकित्सक संघको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web