• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेशनल बाथरोग सेन्टरमा निशुल्क शिविर

October 12th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेशनल बाथरोग सेन्टरमा निशुल्क शिविर

विश्व बाथरोग दिवसको अवसर पारेर राजधानीको रातोपुलमा रहेको नेशनल बाथरोग सेन्टरले असोज २६ देखि ३० गतेसम्म निशुल्क बाथरोग शिविर सञ्चालन गरेको छ । सेन्टरले न्यून आय भएका विरामीहरुका लागि हरेक दिन २ बजेदेखि ४ बजेसम्म सामुदायिक क्लिनिक समेत सुरु गरेको छ । उक्त सामुदायिक क्लिनिकमा ५० रुपैया तिरेर बाथरोगको जाच गराउन सकिने नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए ।

सेन्टरले नेपाल रुमाटोलोजी एसोशिएसन र लाइन्स क्लवको संयुक्त आयोजनामा बिहीबार राजधानीको सुन्धरा र ललितपुरको जावलाखेलमा वृहत बाथरोग प्रदर्शनी आयोजना गरेको छ । उपचारमा ढिलो नगरौ भन्ने मूल नाराका साथ विश्व बाथरोग दिवस बनाउन लागिएको हो । कार्यक्रममा डा. अभिलासा शाह, डा. लक्की शर्मा र डा. दिपेश शाक्य लगायतले बाथरोग र यसको उपचारका बिषयमा जानकारी दिएका थिए । सेन्टरले बिगत ५ वर्षदेखि बाथरोग दिवस मनाउदै आइरहेको छ । नेपालमा बाथरोगीको आधिकारिक तथ्यांक नभए पनि बाथरोगीको संख्या हरेक वर्ष बढ्दै गइरहेको विज्ञहरु बताउछन् । त्यसमध्ये हड्डी खिइने समस्या प्रमुख रहेको बाथरोग विशेषज्ञ डा. दिपेश शाक्य बताउछन । हड्डी खिइने समस्या बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर सेन्टरले हरेक दिन साझ ४ बजेदेखि ओस्टियोपोरोसिस क्लिनिक सुरु गरेको प्रवन्ध निर्देशक कक्षपतिले जानकारी दिए ।

विज्ञहरुका अनुसार हातका औलाहरु दुख्नु, बिहान उठ्ने बेलामा हातखुट्टा अप्ठेरो हुनु, गोलीगाठो खुख्नु, पिडौला दुख्नु र करकर खानु, मांसपेसी कमजोर हुनु, चिसोमा काम गर्दा हातखुट्टा निलो हुनु तथा राती र विहान ढाड दुख्नु जस्ता बाथ रोगका लक्षण हुन । समयमै उपचार गराउन सके बाथरोगबाट बच्न सकिने बाथरोग विशेषज्ञ डा. शाक्यको भनाई छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article    स्तन क्यान्सर चेतना जगाउन  विविद् कार्यक्रम
Next article ल्याव लाइनले ल्यायो रक्त परिक्षण गर्ने अत्याधुनिक मेसिन 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web