• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य पत्रकार जोशीलाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

February 21st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य पत्रकार जोशीलाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार


हेल्थ टुडे,

काठमाडौं, ९ फागुन : नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार पदमराज जोशीलाई प्रदान गरिएको छ । क्यान्सर रोग र महिला र्हिसा विरुद्व कलम चलाए वाफत रु. २० हजार नगद सहित उक्त पुरस्कार पत्रकार जोशीलाई प्रदान गरिएको हो । नवलपुरको कावासोती नगरपालिका २ मा शुक्रबार आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व कानून मन्त्री एवं सभासद् रोशन बहादुर गाहाले उक्त पुरस्कार प्रदान गरेका हुन् । दुई दशकदेखि स्वास्थ्य पत्रकारितामा क्रियाशिल पत्रकार जोशी हेल्थ टुडे पत्रिकाका सम्पादक हुन ।
पुर्व मन्त्री गाहाले रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिन सचेतना अभियानको खाचो भएको बताउदै पत्रकारहरुले सचेतना जगाउने काममा महत्वपूर्ण भूमिका खेल्न सक्नेमा जोड दिए । कार्यक्रममा राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले क्यान्सरको जोखिम बढ्दै गएकोले यसका विषयमा सचेतना आवश्यक रहेको बताए । पुरस्कृत पत्रकार जोशीले पुरस्कारले आफुमाथि स्वास्थ्य सचेतना जगाउन थप जिम्मेवारी थपिएको बताउदै स्वस्थ्य समाजको निर्माणका लागि जनचेतना र उपचार सँगसँगै लैजानु पर्ने आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै औषधि वितरक संघ नवलपुरका सचिव राजु भुसालले क्यान्सर सचेतनाकालागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले करिब ९० प्रतिशत मानिस खानपानमा ध्यान नदिँदा क्यान्सरजस्तो घातक रोगको सिकार भएको बताए । फाउण्डेसनका संरक्षक शुभराज बस्यालले स्वर्गिय राधा बस्यालले सुरु गरेको सचेतना अभियानलाई मर्न नदिन आफुहरु लागिपरेको जानकारी दिए । विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी थिइन् । राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जादाँजादै स्वास्थ्य सचिव डा.पोखरेलले भने, डा. पुकार र अंग प्रत्यारोपणको काम उत्कृष्ट
Next article सरकारसँग ९ बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134430
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web