• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जादाँजादै स्वास्थ्य सचिव डा.पोखरेलले भने, डा. पुकार र अंग प्रत्यारोपणको काम उत्कृष्ट

February 23rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जादाँजादै स्वास्थ्य सचिव डा.पोखरेलले भने, डा. पुकार र अंग प्रत्यारोपणको काम उत्कृष्ट

हेल्थ टुडे,
काठमाडौं, ११ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवबाट सेवा निवृत भएका डा.रोसन पोखरेलले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र यसका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको काम उत्कृष्ट रहेको बताएका छन् । स्वास्थ्य सचिव डा. पोखरेलको विदाईका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार मन्त्रालयमा आयोजना गरेको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै डा. पोखरेलले डा. पुकारचन्द्र श्रेष्ठ र प्रत्यारोपण केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपण जस्तो जटिल शल्यक्रियामा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका हुन । डा. पोखरेलले भने, ‘डा. पुकारमा
काम गर्ने इच्छाशक्ति छ । प्रत्यरोपण केन्द्र राम्रो काम गरेको छ । भविश्यमा पनि अझ राम्रो कामको आशा गरेको छु । ’ प्रत्यारोपण केन्द्रको अध्यक्षका हैसियतले आफुलाई पुर्ण सहयोग गरेकोमा प्रत्यारोपण केन्द्र परिवारलाई डा. पोखरेलले धन्यवाद दिए । प्रत्यारोपण केन्द्रले अहिलेसम्म करिव १४ सय जनाको मिर्गौला प्रत्यारोपण र २५ जनाभन्दा बढीको कलेजो प्रत्यारोपण गरिसकेको छ । विदाई कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, सचिव हरि मैनाली, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकाश देवकोटा लगायतले उपहार सहित माला लगाएर सचिव डा. पोखरेलको विदाई गरेका थिए । त्यसैगरि शहिद धर्मधक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रका कर्मचारीहरुले सचिव डा. पोखरेललार्ई मायोको चिनो सहित विदाई भेट गरेको थियो । २३ वर्षको स्वास्थ्य सेवाबाट आजैदेखि डा. पोखरेल सेवा निवृत भएका हुन ।
विसं २०७६ सालमा विशिष्ट श्रेणीमा बढुवा भएका डा. पोखरेल २०७८ साउन ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त भएका थिए । उनले साडे ३ वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए । सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको पनि विदाई गरिएको थियो । डा. सिंह पनि आजैदेखि सेवा निवृत भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल र अतिरिक्त सचिव डा.सिंहको विदाई
Next article स्वास्थ्य पत्रकार जोशीलाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134062
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web