हेल्थ टुडे,
काठमाडौं, २५ फागुन : रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । समितिले कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । आवेदन दिएका १० जनाको अन्तरवार्ता र प्रस्तुतिकरण पछि उत्कृष्ठ तीन जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस भएका मध्ये एक जनालाई नियुक्त गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको थियो । तर त्यो बैठकले निर्णय गर्न सकेको छैन। मन्त्रीपरिषद्को अव बस्ने बैठकले कार्यकारी निर्देशक नियुक्तीको निर्णय गन सक्ने संभावना रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस

Leave a Reply