• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हात्तीपाइले रोगको संक्रमण दर पत्ता लगाउन सर्वेक्षण

November 8th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हात्तीपाइले रोगको संक्रमण दर पत्ता लगाउन सर्वेक्षण

 

कञ्चनपुर, २२ कात्तिक : हात्तीपाइले (फाइलेरिया) रोगको संक्रमण दर पत्ता लगाउनका लागि कञ्चनपुरमा सर्वेक्षण कार्य शुरु गर्ने भएको छ ।

लगातार अभियान सञ्चालन गरी पाँच वर्षसम्म हात्तीपाइलेको औषधि खुवाइएपछि यसको संक्रमण दर घटेको वा बढेको हो, त्यसको पत्ता लगाउनका लागि सर्वेक्षण कार्य गर्न लागेको हो ।

नमूनाका रुपमा कृष्णपुर र बेलौरी नगरपालिकामा हात्तीपाइलेको संक्रमण दर पत्ता लगाउन रगत जाँचको कार्य शुरु गरिनेछ । सो क्रममा तीन सय व्यक्तिको रगत नमूना जाँच गरिने जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो ।

“यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “केही दिनभित्रै सर्वेक्षणको कार्य अगाडि बढाइन्छ ।”

प्रतिवर्ष हात्तीपाइले रोग निवारणका लागि कञ्चनपुरका ८२ हजार घरधुरीका चार लाख ५० हजारभन्दा बढी बासिन्दालाई औषधि खुवाइँदै आएको छ । कञ्चनपुरको कूल जनसङ्ख्याको २० प्रतिशत बासिन्दामा हात्तीपाइलेका जीवाणुको संक्रमण रहेको अनुमान गरिएको छ ।

चार वर्षअघिको सर्भेक्षणमा यहाँ ९७ मा लिम्फ्याटिक फाइलेरिया र एक हजार २२८ जनामा हाइड्रोसिलको समस्या देखिएको थियो । हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको उच्चेरिया बाँन्क्रोफ्टी नामक परजीवीबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

“हात्तीपाईले रोग लागेका व्यक्ति बाहिरबाट स्वस्थ देखिए पनि रोगको परजीवीले बिस्तारै भित्री अंगलाई क्षति पु¥याउने हुन्छ”, अधिकृत जोशीले भन्नुभयो ।

हात्तीपाइले रोग विश्वका ८० भन्दा बढी देशमा पाइएको र १२ करोडभन्दा बढी व्यक्ति यसबाट पीडित रहेको एक सर्वेक्षणले देखाएको छ । हात्तीपाइले निवारण अभियान विश्वका ८० वटा देशमा सन् २०२० भित्र निवारण गर्ने विश्व स्वास्थ्य रणनीतिअन्तर्गत सञ्चालन भइरहेको अधिकृत जोशीले बताउनुभयो ।

कञ्चनपुरसहित देशका ४० जिल्लामा यो कार्यक्रम सञ्चालनमा छ । हात्तीपाइले रोग निवारणका लागि डिइसी र अल्वेन्डाजोल औषधि खुवाइने गरिन्छ । लगातार छ वर्षसम्म यस औषधिको प्रयोग गरिएमा जीवनभर यस रोगबाट छुटकारा पाउन सकिने स्वास्थ्यकर्मीको भनाई छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अजयमेरु वडा नं १ मा बर्थिङ सेन्टर निर्माण
Next article अमेरिकामा डा.पुकार सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web