• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री

April 24th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री

हेल्थ टुडे,
काठमाडौँ, ११ बैसाख : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा (रु.४८ हजार ७ सय) दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजलाई निर्देशन दिएका छन् ।
बिहीबार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा मन्त्री पौडेलले सो निर्देशन दिएका हुन् । आयोगको गत माघ २५ गतेको १६औँ बैठकले निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकलाई आठौँ तहअनुसारको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।
निर्णयअनुसार आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ तलब उपलब्ध गराउने भनिएको छ। तर निजी मेडिकल कलेजहरूले निर्णय कार्यान्वयन नगरेपछि चिकित्सकहरू २८ दिनदेखि आन्दोलित छन्।
मन्त्री पौडेलले आयोगको निर्णय कार्यान्वयन नगर्ने मेडिकल कलेजलाई सरकारले प्रदान गर्दै आएको कुनै पनि सुविधा रोकिने चेतावनी दिएका छन् । उनले आन्दोलन फिर्ता लिएर मुलुकको उपचार प्रणालीमा सहयोग गर्न चिकित्सकहरूलाई आग्रह गर्दै सरकार संवेदनशील रहेको र समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता जनाएका छन् ।
उनले भने, ’४८ हजार ७ सय रुपैयाँ तलब दिनुपर्छ भन्ने विषयमा अब पुष्टि गर्न आवश्यक छैन, निर्णय भइसकेको छ। कार्यान्वयनमा विलम्ब भइरहेको छ, अब कार्यान्वयन नगर्ने मानसिकता हटाउनुपर्छ। स्वास्थ्य सेवा शुद्ध सेवाको कुरा हो भन्ने मान्यता स्थापित गर्न जरुरी छ।’
मन्त्रिपरिषद्बाट पारित न्यूनतम तलबसम्बन्धी निर्णय अवज्ञा गर्ने मेडिकल कलेज सञ्चालकले पदमै बस्ने नैतिकता नरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीको भनाइ थियो। उनले भने, ’सरकारको निर्णय नमान्ने कार्य गैरकानुनी र गैरजिम्मेवार हो।’
डा. कार्कीले मेडिकल कलेजलाई सर्कुलरमार्फत आवासीय चिकित्सकलाई हप्तामा बढीमा ७२ घण्टा मात्र ड्युटी लगाउने व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।
चिकित्सकहरूले सरकारले तोकेको न्यूनतम तलब नदिई १९ हजार ५ सय रुपैयाँ मात्र तलब दिएर श्रम शोषण गरेको आरोप लगाउँदै सेवा बन्द गर्ने चेतावनी दिँदै आएका छन्। आफ्ना माग पुरा नभएर शुक्रबार आकस्मिक बाहेकका उपचार सेवा बन्द गर्ने चेतावनी नेपाल चिकित्सक संघले दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै संघले उक्त चेतावनी दिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु
Next article भोली देशभरका चिकित्सकले जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web