• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

June 4th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

हेल्थ टुडे,
काठमाडौं, ९ जेठ : नेपाल चिकित्सक संघ, रोटरी क्लव अफ काठमाडौँ मिड टाउन, विश्व स्वास्थ्य संगठन लगायतका संस्थाको सहकार्यमा शुक्रबार सर्पदंश रोकथाम सम्वन्धी एक दिने कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालमा प्रत्येक वर्ष ४० हजार बढीलाई सर्पले डस्ने गरेको र ३ हजार बढीको ज्यान जाने गरेको तथ्यांक विज्ञहरुले प्रस्तुत गरेका छन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यबाहक उपकुलपति प्रा. डा. सञ्जीवकुमार शर्माले सर्पदंशको अवस्थाबारेमा प्रस्तुति दिदै नेपालमा प्रत्येक वर्षको सर्पको डसाईमा पर्नेको संख्या ४० हजारभन्दा बढी रहेको र हरेक दिन करीव ११० जनालाई सर्पले डस्ने गरेको अनुसन्धानले देखाएको जानकारी दिए । डा. शर्माका अनुसार वर्षमा मृत्यु हुनेको संख्या ३ हजार र नेपालमा सर्पको डसाईबाट दैनिक औषत ८ जनाको मृत्यु हुने गरेको उनले बताए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सर्पदंशबाट बच्ने उपायहरू तथा सचेतना सन्देश सञ्चारमाध्यमबाट फैलाउनुपर्ने बताए । उनले धेरैजसो गरिब र अशिक्षित परिवारका सदस्यलाई तराईमा सर्पले डस्ने गरेको बताए ।चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीले सर्पबाट बच्नका लागि सावधानी अपनाउन सुझाव दिए । उनले घर वरिपरि नियमित सरसफाइ गर्ने, जङ्गल, झाडीमा जाँदा पनि उत्तिकै चनाखो हुने, रातीमा हिड्दा टर्चलाइटको प्रयोग गर्ने, गाउँघरमा लौरो टेकेर हिड्दा सर्पबाट बच्न सकिने बताए ।
रोटरी क्लब अफ काठमाडौं मिड–टाउनका डा. निर्मल रिजालले धेरैजसो गरिब र अशिक्षित परिवारका सदस्यलाई तराईमा सर्पले डस्ने गरेको उल्लेख गर्दै उनीहरूमा सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए।
टेकु अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले वैशाखदेखि साउन महिनासम्म सर्पदंशका बिरामी बढ्ने जानकारी दिए । ‘असार, साउन महिनामा दैनिक २५ जनासम्म उपचारको लागि आउने गरेका छन्,’ डा.बसौला भन्छन्,“अस्पतालमा आउने बिरामी काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रेका रहेका छन् ।”
प्राडा शर्माले सर्पदंश धेरैजसो गरिब परिवारकालाई नै हुने गरेको जानकारी दिए । उनले सर्पदंशका बिरामीको मृत्यु भएमा त्यसको आर्थिक भार परिवारलाई पर्ने बताए । डा.शर्माले सर्पदंशले एक चौथाइमा कुनै न कुनै रूपले अङ्गभङ्ग हुने तथा १० प्रतिशतमा मानसिक समस्या निम्तिने गरेको बताए । उहाँले सर्पदंशबारे सचेतना अभाव रहेको भन्दै अझै पनि धामीझाक्रीकहाँ लग्ने गरेको बताए ।
सर्पदंशबारे सचेतनाको अभाव रहेको भन्दै उनले सर्पदंशपछि समयमै उपचार नहुँदा कतिपयको मृत्यु हुने गरेको बताए । गाउँघरमा उपलब्ध धामी, झाँक्री तथा झारमौरो जस्ता जडिबुटीको प्रयोग गर्न लाग्दा अस्पताल पु¥याउन ढिलाइ हुने र मृत्यु हुने गरेको उनको भनाइ छ । उनले सर्पले डस्नेवित्तिकै जति सक्दो चाँडो उपचार केन्द्रमा पु¥याउनुपर्ने सुझाव दिए ।
डा. शर्माका अनुसार नेपालमा विशेष गरी करेत, कोब्रा, हरेउ र गोमन सर्पले टोक्ने गरेको बताए । उहाँले गोमन र करेतले टोकेमा एक घण्टाभित्र उपचार पाएमा बचाउन सकिने बताए । करेत सर्पले टोकेपछि नदुख्ने र घाउ सानो हुने भएकोले कतिपयलाई थाहै नहुने जानकारी दिए । उनले सर्पको विष शरीरमा फैलिएर श्वास फर्न कठिन भएको बेलामा आइसियु, भेन्टिलेटरको सहायता चाहिन्छ,डा.शर्माले अगाडी थपे, “सर्पदंशको उपचार केन्द्रमा आइसियु नहुने हुँदा बिरामीको मृत्यु रिफर गर्दागर्दै हुने गरेको छ ।” डा.शर्माले सर्पले टोकेको भागमा कपडा बाँध्ने चलन गलत रहेको बताउँदै उनले सर्पले टोक्नासाथ टोकेको भागको वरपर कस्दा हातखुट्टा काट्नुपर्ने अवस्था आउने जानकारी दिए । उनले सर्पले डसेको ठाउँमा चुस्ने, फुक्ने , झार हाल्ने, कसिने गरी कपडा वा डोरी बाँध्न नहुने स्पष्ट पारे । सर्पले डसेको थाहा पाउनासाथ उपचार केन्द्रमा जाने, टोकेको ठाउँलाई चल्न नदिएर, टोकेको ठाउँमा सफा पानीले सफा गर्नुपर्नेमा उनको जोड थियो । उनले ९० प्रतिशत सर्प विषालु नहुने भन्दै चिकित्सककहाँ गएपछि विषालु वा विषरहित सर्पले टोकेको पत्ता लगाउन सकिने बताए । कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका अगुवा, स्वास्थ्यकर्मी र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति
Next article विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134380
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web