हेल्थ टुडे,
काठमाडौं, ४ असार :सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गेटामा सञ्चालन हुन लागेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । यो विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो । स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सरकारले विधेयक ल्याएको हो ।
विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । अहिले ५० शैयाको गेटा अस्पताल सञ्चालनमा रहेको छ । निकट भविश्यमै चिकित्सा विश्व विद्यालय स्थापना हुने विश्वास यस क्षेत्रका वासिन्दाले गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Leave a Reply