• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

July 1st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

हेल्थ टुडे,
काठमाडौं, १७ असार : नागरिक आरोग्य कार्यक्रम अब देशका ७५३ वटै पालिकासम्म पुग्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सबै पालिकामा पुगाउने गरि बजेट विनियोजन भएपछि नयाँ आर्थिक वर्षभित्रै प्रत्येक पालिकामा आयुर्वेद सेवा पुग्ने निश्चित भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले नयाँ आर्थिक वर्षभित्र देशका ७५३ वटै पालिकामा नागरिक आरोग्य कार्यक्रम मार्फत आयुर्वेद सेवा पुग्ने बताउछन् । सरकारले बजेटको सुनिश्चित गरेकाले देश भरिकै आयुर्वेद सेवा विस्तार भएको डा. यादवले जानकारी दिए । यो वर्ष मात्र सरकारले १४४ वटा पालिकामा थप नागरिक आरोग्य कार्यक्रम मार्फत आयुर्वेद सेवा स्थापना गर्न लागेको हो । सरकारले नयाँ बजेटमा हरेक पालिकामा नागरिक आरोग्य कार्यक्रम सञ्चालनका लागि प्रति पालिका पाँच लाख रुपैयाका दरले बजेट विनियोजन गरेको डा. यादवले बताए । आफु विभागको निमित्त महानिर्देशक भएपछि आयुर्वेद र वैकल्पिक चिकित्सा विधालाई प्राथमिकता दिन स्वास्थ्य मन्त्री, योजना आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्म योजना सहित पुगेको र सबैको सकारात्मक सहयोगका कारण आयुर्वेद क्षेत्र राज्यको प्राथमिकतामा पर्न थालेको महानिर्देशक डा. यादवको अनुभव छ । योग, ध्यान र व्यायामका माध्यमबाट स्वस्थ्य नेपाल बनाउन सकिन्छ भन्ने अभिप्रायले आयुर्वेदको विकासमा सवै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको डा. यादव बताउछन् ।
डा. यादवले भने,अब आयुर्वेद सेवा प्रत्येक पालिका स्तरमा पाउन सकिन्छ । एक जना कविराज वा बैद्य अव सबै पालिका स्तरमा हुनेछन । र सर्वसाधारणले सहज रुपमा आयुर्वेद सेवा पाउने छन । भविश्यमा देशका सबै वडासम्म आयुर्वेद सेवालाई विस्तार गर्ने गरि आफुले योजना बनाइरहेको र त्यसका लागि स्वास्थ्य मन्त्रालय र सरकारलाई कन्भिन्स गराउनमा आफु लाग्ने यादवको योजना छ । देश संघियतामा गएपछि आयुर्वेद पनि संघीय आरोग्य समिति, प्रादेशिक, जिल्ला, पालिका र वडा स्तरिय आयुर्वेद समिति मार्फत स्थानिय तहसम्म पुगेको दावी गर्दै डा. यादवले निरोगी नेपाल बनाउन आयुर्वेद तथा वैकल्पिक विभागले बालबालिकादेखि जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा नयाँ कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक
Next article नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132526
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web