• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

August 7th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

हेल्थ टुडे,
काठमाडौं, २१ साउन : नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतनामा अझै जोड दिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल एनसिडी अलाइन्सले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार अभिमुखिकरण कार्यक्रममा सरोकारवालाहरुले नसर्ने रोगका कारण बर्षेनी ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेकोमा चिन्ता व्यक्त गर्दै सर्वसाधारणसम्म जनचेतना प्रवाह गर्न सके अहिले भइरहेको मृत्युलाई कम गर्न सकिने बताएका छन् । जनस्वास्थ्य विद् डा.मनिता प्याकुरेलले नेपालमा ७१ प्रतिसत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्यांक प्रस्तुत गर्दे मुटु रोग, क्यान्सर, मिर्गौला, मधुमेहजस्ता नसर्ने रोगका विषयमा मिडियामार्फत जनचेतना विस्तार गर्न सकिए मृत्यु हुनेको संख्या घट्ने दाबी गरिन । दक्षिण एशियाका अन्य देशहरुको तुलनामा नसर्ने रोगको संक्रमण धेरै नभए पनि बेलैमा पहल नगरे यसले भयानक रुप लिने डा.प्याकुरेलले बताइन । नेपाल एनसिडी अलाइन्सका सहअध्यक्ष एवं स्वास्थ्य अधिकारकर्मी शान्तालाल मुल्मीले मानिसको जिवनशैली परिवर्तन, तयारी खानाको अत्यधिक प्रयोग र सारीरिक अभ्यासको कमि जस्ता कुराले सबैतिर नसर्ने रोगको जगजगी बढीरहेको बताउँदै जनचेतनाको अभावमा रोकथाम गर्न सकिने रोगको समेत रोकथाम गर्न नसकिरहेको बताए । नसर्ने रोगको जगजगी रोक्न मिडियाको भूमिका महत्वपूर्ण भएकाले स्वास्थ्य पत्रकारहरुसँग सहकार्य गर्न आफुहरु तयार रहेको मुल्मीले जानकारी दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपालहेल्थ प्रेसका सम्पादक अतुल मिश्रले नेपालका मिडियाले नसर्ने रोगहरुका विषयलाई दिइरहेको महत्वका विषयमा जानकारी गराएका थिए । उनले नेपालको स्वास्थ्य पत्रकारिता छिमेकी देशहरुको तुलनामा अब्बल रहेको दावी गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै प्रेस काउन्सिल नेपालका सदस्य एवं स्वास्थ्य पत्रकार पदम राज जोशीले आचार संहितालाई ध्यानमा राखेर सत्य तत्थ समाचार लेख्न सके मात्र समाजलाई स्वस्थ्य बनाउन सकिने भएकाले समाचार संकलनदेखि सम्प्रेषणसम्म आचारसंहितालाई ख्याल गर्नु पर्नेमा जोड दिए । नेपाल एनसिडी अलाइन्सका मिडिया कोअर्डिनेटर एवं नेपाली हेल्थ अनलाईनका सम्पादक रामप्रसाद न्यौपानेले नसर्ने रोगका विषयमा मिडियाहरुले प्राथमिकताका साथ समाचार सम्प्रेषण गररहेको दाबी गर्दै मिडिया र मिडियाकर्मीलाई यस विषयमा अन्य सरोकारवालाको पनि साथ र सहयोग हुनु पर्ने बताए ।

नेपाल एनसिडी अलाइन्सका संस्थापक सदस्य एवं स्वास्थ्य पत्रकार सरोज ढंगेलले सरकारले नसर्ने रोगका सम्बन्धमा बेला बेला विभिन्न नीति बनाएको भए पनि तिनको कार्यन्वयन पक्ष फितलो हुदा आशा गरे अनुसार उपलब्धि हासिल गर्न नसकिएको बताए । कार्यक्रममा नेपाल एनसिडी अलाइन्सका महासचिव किशोर कुमार प्राधानांगले नेपाल एनसिडी अलाइन्सका गतिविधि बारे जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न मिडियाको ३० भन्दा बढी पत्रकार सहभागी थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न
Next article बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web