• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

August 19th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयुर्वेद विभागद्वारा  बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ


हेल्थ टुडे,

काठमाडौं, ३ भदौ : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता विकासका लागि आयुर्वेदिक ’स्वर्णप्रासन’ कार्यक्रम सुरु गरेको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार पहिलो चरणमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई २५ स्वास्थ्य संस्थामार्फत स्वर्णप्रासन थोपा खुवाइनेछ ।
यो कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षमा सबै स्थानीय तहमा कार्यक्रम विस्तार गर्ने योजना विभागको बनाएको छ । डा. यादवका अनुसार बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारले आयुर्वेदिक पद्धतिअनुसार तयार गरिएको ‘स्वर्णप्रासन’ कार्यक्रम सुरु गरेको छ ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष निर्देशिका स्वीकृत गरिसकेको छ । निमित्त महानिर्देशक डा. यादवका अनुसार पहिलो चरणमा २५ वटा स्वास्थ्य संस्थामार्फत कार्यक्रम सुरु हुनेछ ।
डा. यादवका अनुसार, स्वर्णप्रासन भनेको स्वर्ण भस्म, मह र घिउ मिलाएर शास्त्रीय विधिअनुसार तयार गरिएको विशेष औषधि हो । यो ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ ।
‘यसले बच्चाको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगविरुद्ध लड्ने क्षमता विकास गर्न सहयोग पु¥याउँछ,’ उनले भने । हाल स्वदेशी उद्योगले उत्पादन नगरेका कारण सुरुमा भारतबाट आयातित स्वर्ण भष्म प्रयोग गरिने भएको छ । ५ भदौदेखि कार्यक्रम सञ्चालन हुने तयारी भइरहेको छ । नेपालमा प्रारम्भिक परीक्षण कार्यक्रम दाङ, भरतपुर (चितवन) र वीरगञ्जमा सम्पन्न भइसकेको छ । डा. यादवका अनुसार परीक्षणमा स्वर्णप्रासन खुवाएको बच्चाहरू शारीरिक र मानसिक रूपमा राम्रो विकास भएका देखिएका छन् । यसका साथै छिमेकी राष्ट्रहरूमा पनि यसको प्रयोग भइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान
Next article डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web