हेल्थ टुडे,
काठमाडौं, ९ फागुन : नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार गोरखापत्रका स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई प्रदान गरिएको छ । क्यान्सर रोग र महिला र्हिसा विरुद्व कलम चलाए वाफत रु. २० हजार नगद सहित उक्त पुरस्कार पत्रकार ढुंगललाई प्रदान गरिएको हो । नवलपुरको कावासोती नगरपालिका २ मा शनिबार आयोजना गरिएको कार्यक्रममा डेढ दशकदेखि स्वास्थ्य पत्रकारितामा क्रियाशिल पत्रकार ढुंगललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले क्यान्सरको जोखिम बढ्दै गएकोले यसका विषयमा सचेतना आवश्यक रहेको बताए । पुरस्कृत पत्रकार ढुंगेलले पुरस्कारले आफुमाथि स्वास्थ्य सचेतना जगाउन थप जिम्मेवारी थपिएको बताउदै स्वस्थ्य समाजको निर्माणका लागि जनचेतना र उपचार सँगसँगै लैजानु पर्ने आवश्यक रहेकोमा जोड दिए ।
फाउण्डेसनका संरक्षक शुभराज बस्यालले स्वर्गिय राधा बस्यालले सुरु गरेको सचेतना अभियानलाई मर्न नदिन आफुहरु लागिपरेको जानकारी दिए । विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी थिइन् । राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् ।
ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार







Leave a Reply