हेल्थ टुडे
काठमाडौ : परिवार नियोजनका साधन प्रयोग गर्नेमा पढेका भन्दा नपढेकाको संख्या बढी रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको जनसाख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले परिवार नियोजनका साधन प्रयोग गरिरहेका मध्ये ५२ प्रतिसत नपढेका महिला पुरुष रहेको देखाएको छ । एसएलसीभन्दा माथिको शिक्षा हासिल गरेका ३४ प्रतिसतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ । कुनै शिक्षा हासिल नगरेका महिला बन्ध्याकरण सेवा सबैभन्दा बढी २५ प्रतिसत अपनाउने गरेको पाइएको छ । सर्वेक्षणले ५३ प्रतिसत विवाहित महिलाले कुनै न कुनै परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको देखाएको छ । ती मध्ये ४३ प्रतिसतले आधुनिक साधन र १० प्रतिसतले परम्परागत विधिको प्रयोग गर्ने गरेका छन् । सबैभन्दा बढी प्रयोग हुने साधनमा सबैभन्दा बढी महिला बन्ध्याकरण १५ प्रतिसत, तिन महिने सुई ९ प्रतिसत, पुरुष बन्ध्याकरण ६ प्रतिसत, खानेचक्की ५ प्रतिसत,कण्डम ४ प्रतिसत, इम्प्लान्ट ३ प्रतिसत र आईयूसीडी १ प्रतिसत छ ।
परिवार स्वास्थ्य महासाखाका डिल्लीरमण अधिकारीले परिवार नियोजनको ७० प्रतिसत सेवा सरकारी स्वास्थ्य संस्थाले प्रदान गरिरहेको, १९ प्रतिसत निजी स्वास्थ्य संस्थाले र ११ प्रतिसत गैरसरकारी संस्थाहरुले प्रदान गरिरहेको पाइएको बताए । सर्वेक्षणले २४ प्रतिसतले चाहेर पनि परिवार नियोजनका साधन प्राप्त गर्न नसकिरहेको देखाएको छ । सर्वेक्षणको राष्ट्रिय योजना आयोगका सदस्य डा. गीताभक्त जोशीले एक समारोहबिच सार्वजनिक गरेका हुन । कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी विशेषज्ञ सचिव डा. पुष्पा चौधरीले नेपलीको स्वास्थ्य अवस्था पछिल्लाा दिनमा सुध्रिदै गइरहेको सर्वेक्षणले समेत देखाएको बताउदै गुणस्तरीय स्वास्थ्य सेवाका लागि अझै सुधारको खाचो औल्याइन । अमेरिकी राजदुतावासका चार्जदी अफेयर्स माइकल सि. गोन्जालेले नेपालमा मातृ मृत्यु र बालमृत्यु दर घट्दै गइरहेको देखिएपनि अझै चुनौति बाकी रहेको बताइन ।
Leave a Reply