हेल्थ टुडे,
बिरगन्ज, २६ साउन : दैनिक १० जना शर्पले टोकेका विरामी आउने गरेको वीरगञ्जस्थित नारायणी अस्पतालमा विगत दुई दिनदेखि सर्प दंशविरुद्ध लगाइने एन्टी स्नेक भेनम (एएसभी) अभाव भएको छ । अस्पताल प्रशासनले मंगलबार सूचना निकालेर अस्पतालमा एएसभी सकिएको जनाएको छ ।अस्पतालका प्रवक्ता एवं सूचना अधिकारी डा. उदयनारायण सिंहले दुई दिनदेखि एन्टी स्नेक भेनम सकिएको बताए ।‘दुई दिनदेखि अस्पतालमा एन्टी स्नेक भेनम सकिएको छ । यसबारे विभागमा जानकारी गराइसकिएको र विभागले ४० भाइल जनकपुर पठाइसकेको जानकारी पाएको छु । भोलिसम्म अस्पताल आइपुग्छ होला ।’ उनले भने ।
अस्पतालमा दैनिक ८ देखि १० जना सर्पले डसेका बिरामी आउने गरेको र ती मध्ये दुई जनामा एन्टी स्नेक भेनम लगाउनुपर्ने हुन्छ । यस विषयमा प्रदेश सरकार र केन्द्र सरकारले पनि ध्यान दिनु पर्ने अस्पतालका अधिकारीले बताए ।







Leave a Reply