हेल्थ टुडे,
काठमाडौँ, २५ भदौ : भोटेकोशी बाढीप्रभावितका लागि भारतको युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघ मार्फत १ करोड ५० लाख रुपैया सहयोग गरेको छ । नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानका लागि रु. १ करोड ५० लाख सहयोग उपलब्ध गराएको छ । बिहीबार नेपाल चिकित्सक संघको कार्यालयमा आयोजित कार्यक्रममा युएसभी फर्मास्युटिकल्सका तर्फबाट प्रमुख व्यापार अधिकृत महीध्वज सिसोडियाले नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाललाई उक्त रकम उपलब्ध गराउने सहमती पत्र आदान प्रदान गरेका हुन ।
कार्यक्रममा बोल्दै सिसोडियाले चिकित्सक संघ मार्फत बाढीपिडितको राहतका लागि सहयोग गरको बताउदै संघले बाढीपडितको आवश्यकता अनुसार औ्रषधि उपचार, सरसफाई, सोलार बत्ती सहितका कार्यक्रम सञ्चालन गर्न सहज हुने आशा व्यक्त गरे । नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले संघले बाढीपिडितको आवश्यकताका आधारमा उक्त रकम खर्च गर्ने बताए । संघले बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य सिविर सञ्चालन, औषधि बितरण, स्वास्थ्य जाच, मनोचिकित्ससिकय सेवा सहितका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । यो सहयोगले संघलाई थप राहतका कार्य अगाडि बढाउन सहज हुने डा. रिजालले बताए । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. ढुण्डीराज पौडेल, चिकित्सक संघका पुर्व अध्यक्षहरु डा. अन्जनीकुमार , डा. लोचन कार्की र डा. मुक्ती श्रेष्ठको पनि उपस्थिति रहेको थियो । युएसभी फार्माको सहयोगबाट नेपालका विभिन्न बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १५०० व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । रसुवा, नुवाकोट र धादिङमा हालैको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण धेरै परिवारले घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका छन् । कतिपय परिवार अस्थायी आश्रयमा बस्न बाध्य भएका छन् भने खानेपानी, सरसफाइ, विद्युत् तथा स्वास्थ्य सेवामा समेत कठिनाइ उत्पन्न भएको छ । यस्तो अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउँदै सामान्य जनजीवनतर्फ फर्काउन सहयोग पु¥याउनु राहत अभियानको प्रमुख उद्देश्य रहेको छ ।
नेपाल चिकित्सक संघको नेतृत्वमा सञ्चालन भइरहेको राहत अभियानले प्रभावित क्षेत्रको स्थलगत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउनेछ । अभियानमार्फत प्रभावित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा ओछ्यान, ब्ल्याङ्केटलगायत आधारभूत सामग्री उपलब्ध गराइनेछ ।







Leave a Reply