• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

अपर्झट हुने हृदयघातबाट कसरी बच्ने ?

November 22nd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अपर्झट हुने हृदयघातबाट कसरी बच्ने ?

डा. भगवान कोइराला

अधिकांश हृदयाघात अस्वस्थकर खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसलाई हामी आफैँले नियन्त्रणमा ल्याउन सक्छौँ । तर, पनि हामी समयमा ख्याल गर्दैनौँ । रोग लागेर ढलिसकेपछि नियन्त्रण गर्छु भन्दा धेरै ढिला भैसकेको हुन्छ । त्यसकारण हृदयाघातबाट जोगिन मानिसले आफ्नो दैनिकी तथा खानपिनमा नै सुधार ल्याउनु पर्छ । सबैभन्दा प्रमुख कुरा मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपन जस्ता कुरालाई नियन्त्रणमा राख्नुपर्छ । यसको सबैभन्दा उत्तम उपाय भनेको नै व्यायाम हो । व्यायामले हृदयाघात गराउने पाँच वटा प्रमुख कारकलाई नियन्त्रण गर्न सकिन्छ ।

हृदयघातबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान तथा सुर्ती सेवन नगर्ने, अत्याधिक मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने र मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ । प्रशस्तमात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले हृदयाघातको जोखिम कम्तीमा ८० प्रतिशत घटाउन सकिन्छ । समाज तथा राष्ट्रका तर्फबाट पनि नियन्त्रणका कार्य अगाडि बढाउँनु पर्छ । व्यक्तिले आफ्नो जीवनशैली तथा खानपानमा सुधार ल्याउँदा ल्याँउदै पनि अन्य सामाजिक कारणले पनि हृदयरोग निम्तन सक्छ । प्रदुषण नियन्त्रण गर्ने काम व्यक्ति एउटाको प्रयासले मात्र सम्भव हुन्न । दमले पनि हृदयाघात हुन्छ भन्ने प्रमाणित भैसकेको छ ।

त्यसकारण दम गराउने कारकहरू प्रदुषण, धुलो, धुँवा नियन्त्रणका लागि सरकारले प्रदुषण नियन्त्रणका कार्यक्रम ल्याउँनुपर्छ । ग्रामीण भेगमा धुँवारहित चुलोको बिस्तार गर्न सरकार तथा समुदायले पहल अगाडि बढाउँनु पर्छ । अर्को कुरा अहिले बजारमा बढ्दै गएको जंकफुड नियन्त्रणका लागि पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । जंकफुड मुटुरोगको अर्को कारण हो । यसलाई कसरी निरुत्साहित र नियन्त्रणमा ल्याउने भन्ने कानुन बनाउन आवश्यक छ । पश्चिमा देशको जीवनशैली नक्कल गर्ने क्रममा अहिले युवामा हृदयाघातको जोखिम तीव्र रुपमा बढेको छ । ४० वर्षभन्दा कम उमेरका युवामा हृदयाघात भएकामध्ये ९८ प्रतिशत लामो समयदेखि धूमपानको लतमा परेको पाइन्छ । हृदयाघातको उपचारका क्रममा सबैभन्दा कम उमेर २१ वर्षकी युवतीको उपचार गरेको छु ।

ती युवतीलाई जीवनशैलीका कारणले भन्दा पनि मुटुको नली सुन्निने समस्याका कारण हृदयाघात भएको थियो । हृदयाघात वंशाणुगत तथा मुटुका अन्य संक्रमणका कारण पनि हुन्छ । यस्तो समस्या निराकणका लागि समय–समयमा स्वास्थ्य परीक्षण गराइरहनु पर्छ । हृदयाघात भैसकेपछि समयमा नै अस्पतालमा पु¥याउँन सके धेरैको ज्यान जोगाउन सकिन्छ । हृदयाघात नै भएर ढलेका बिरामीको उपचार भनेको बन्द भएको मुटुको रक्तप्रवाहलाई खुलाउनु हो । बन्द रक्तप्रवाहलाई जतिसक्दो चाँडो खुलाउन सक्यो त्यति धेरै बिरामीको बाँच्ने सम्भावना हुन्छ ।बन्द भएको मुटुलाई चिकित्सकले २ तरिकाले खोल्न सक्छन् । पहिलो उपाय भनेको औषधि दिएर र दोस्रो भनेको एन्जियोप्लाष्टि गरेर हो । हृदयाघात भैसकेपछि ज्यान जोगाएका बिरामीले जीवनशैली र खानपिनको बारेमा ध्यान दिनुका साथै नियमित औषधि पनि सेवन गर्नुपर्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसलाई हुन्छ पाठेघरको मुखको क्यान्सर
Next article सार्क इमर्जेन्सी चिकित्सक सम्मेलन हुदै

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web