• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

 ख्याल गर्नुहोस् ब्लड प्रेसरको औषधि खाँदा

November 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
 ख्याल गर्नुहोस् ब्लड प्रेसरको औषधि खाँदा

डा. ऋषिराज बराकोटी

के तपाईं उच्च रक्तचापबाट पीडित हुनुहुन्छ र यसका लागि तपाईं औषधि खाइरहनु भएको छ ? यदि हो भने तपाईंका लागि यी सुझावहरू उपयोगी हुन सक्छन् । तपार्इं सही ढंगले औषधि सेवन गर्नुहोस् । सही ढंगले औषधि सेवन गर्नुहुन्न भने त्यो औषधि नै तपार्इंको ज्यानका लागि अभिशाप हुन सक्छ । त्यसैले यदि तपाईं उच्च रक्तचापको समस्याबाट पीडित हुनुहुन्छ भने निम्न कुराहरूमा ध्यान दिनै पर्छ ।

नियमित रूपमा रक्तचाप जँचाउने गर्नुहोस् । घरमा वा एकै व्यक्तिले जाँचेको सही छ कि छैन भनी कहिलेकाहीँ फरक व्यक्तिबाट पनि जँचाउनुहोस् ।   कहिलेकाहीँ कसैले ब्लडप्रेसर हेरेर असाध्यै बढेको छ भन्दा तर्सिने र आत्तिएर झन् रक्तचाप बढ्ने हुन्छ तर आत्तिनुको सट्टा विशेषज्ञसँग जाँच गरी औषधिको प्रयोग गर्दा नियन्त्रण भइहाल्छ ।

औषधिको सही प्रयोग गर्ने गर्नुहोस् । ब्लडप्रेसरका बिरामीले औषधिको सेवनमा कतिपयले त बढी नै लापरबाही गरेको पाइन्छ । जस्तैः आफूखुसी औषधि थप्ने वा घटाउने, औषधिको पद्धतिलाई फरक गरी वा मिसाएर खाने (कहिले आयुर्वेद, कहिले होमियोपेथी, कहिले जडीबुटी वा कहिलेकाहीँ दुई तीनथरीको औषधिहरू मिसाएर खाने) गरेको समेत पाइएको छ । यसरी गर्दा झन् रक्तचापमा सन्तुलन बिग्रिने वा मुटुका रोगहरू हुने समस्याहरू हुन्छन् ।

योग अभ्यासले रक्तचापलाई नियन्त्रण गर्न सघाउ पु¥याउँछ । यसको अर्थ योग सुरु गर्नासाथ रक्तचाप नियन्त्रण हुने होइन । धेरै समय लाग्न सक्छ । त्यसैले रक्तचाप बढेर औषधि प्रयोग गरिराखेकाहरूले योग अभ्याससँगै नियमित औषधि सेवन गर्नुपर्छ । योगमा असंख्य अभ्यास विधिहरू हुन्छन् र एकदुई हप्ता वा महिनामै योग प्रशिक्षक बनेका हुन्छन् । यस्ता व्यक्तिहरूको अल्पज्ञानको सिकार वा वर्षौदेखि योगाभ्यास गराइराखेका व्यक्तिहरू पनि अतिवादी सोचले गर्दा उच्च रक्तचापका बिरामीहरूलाई गलत सल्लाह दिएका हुन सक्छन् । त्यसैले विशेषज्ञको सल्लाह लिनुपर्दछ । तर कुनै पनि विशेषज्ञ पनि अतिवादी सोच भएको पाइएको छ । जस्तै कुनैकुनै औषधि विशेषज्ञहरू रक्तचाप बढ्दा योगको कामै छैन, योगा गर्नु ठीक छैन भनी बिरामीहरूलाई भनेको कुरा बिरामी स्वयंले हामीलाई सुनाउँछन् । यो पनि चिकित्सकको योगप्रतिको अल्पज्ञान हो किनभने योगमा अनेकौं अभ्यास र चिकित्सा विधिहरू छन् जो सिकिस्त भएकाहरूका लागि पनि उपयोगी हुन्छन् । उच्च रक्तचापका बिरामीमा हुने तनाव कम गर्न, हृदय र फोक्सोको कार्यक्षमता बढाउन, आन्तरिक रक्तनलीहरूमा हुने कडापन कम गर्न, शरीरको प्रतिरोध क्षमताहरू कम गर्न, मानसिक अस्थिरता तथा बेचैनीहरू नियन्त्रण गर्न, विभिन्न किसिमले मनोशारीरिक शोधनहरू गर्न नियम, आसन, प्राणायम, बन्ध, मुद्रा, सूक्ष्म व्यायाम, स्थूल व्यायाप, षठकर्म, प्रत्याहार, धारणा, ध्यान तथा अन्य यौगिक क्रियाहरूको प्रयोग गर्न सकिन्छ । यी कुराहरू अन्य सबै चिकित्सकले बुझ्नु जरुरी हुन्छ ।

तर योगको अभ्यास गर्दा वा सिक्दा लापरबाही भयो भने त्यसले तुरुन्त हानी पनि हुन सक्छ । त्यसैले तपाईंले अभ्यास गर्ने क्रममा सही योग प्रशिक्षकको छनोट, उचित र क्रमबद्ध किसिमले अभ्यास र गर्न नहुने अभ्यासहरूको बारेमा पूरा जानेर जोखिमरहित योगाभ्यास गर्नुपर्ने हुन्छ ।

मर्निङ वाक गर्ने, अन्य व्यायामहरू गर्नेले पनि सावधानीपूर्वक अभ्यास गर्नुपर्छ । खासगरी माथिको रक्तचाप (सिस्टोलिक प्रेसर) १४० र तलको रक्तचाप (डायस्टोलिक प्रेसर) १०० भन्दा माथि भएका वयस्कहरूले सावधानीपूर्वक व्यायाम, योगाभ्यास आदिको अभ्यास गर्नुपर्छ । माथिको १५० र तलको ११० नाघेको अवस्थामा आरामदायी आसनहरू ध्यान, सहज किसिमका बिनाकुमभक (स्वास नरोक्ने किसिमले) नाडीसोधन, चन्द्रभेदन आदि प्राणायामहरूको मात्र अभ्यास गर्नुपर्छ ।

उक्त रक्तचाप भएका व्यक्तिले वर्षमा एक पटक केही नभए पनि र केही समस्या भएमा पटकपटक चिकित्सकको निर्देशनअनुसार शारीरिक परीक्षणहरू गराउनुपर्दछ । यस क्रममा रगतको जाँच जस्तैः खाली पेटमा लिपिड प्रोफाइल, सोडियम, पोटासियम, क्रियटिनिन, खालीपेट तथा खाएको दुई घन्टापछिको ग्लुकोज, रक्तकोष (आर.बी.सी., टी.सी., डी.सी., ई.एस.आर) आदि र समस्या भएमा अन्य आवश्यकताअनुसार जाँच गराउनुपर्छ । यसरी नै ई.सी.जी., इकोकार्डियोग्राफीलगायत अन्य परीक्षणहरू पनि गर्नु गराउनु पर्छ ।

उच्च रक्तचापका बिरामीले आफूलाई बढी समस्याग्रस्त ठानेर चिन्तित भइरहने वा केही भएको छैन भन्दै लापरबाही गर्ने गर्नु हुँदैन ।

खानपानका नियमहरूलाई राम्ररी पालना गर्नुपर्छ । नुन, चिल्लो, गुलियो, बढी क्यालोरीयुक्त, धूमपान, मद्यपान आदि पनि बार्नुपर्छ । खानपानमा मलाई निकै नै संयमित राख्नुपर्छ । कहिलेकाहीँ खानपान, गडबड भएमा पुनः अर्को दिनदेखि सादा गर्नुपर्छ ।

जीवनशैली ठीक बनाउनुपर्छ । जीवनशैली भनेको खानपान, दिनचर्या, समयको सदुपयोग, मनको शान्ति र आनन्दका लागि तनावको व्यवस्थापन, सुत्ने काम गर्ने, सौच, स्नान, व्यायाम, योगाभ्यास, योजना आदि हरेक कामहरूको सही व्यवस्थापन नै स्वस्थकर जीवनशैलीको अर्थ हो । त्यसैले आफ्नो शरीरको अवस्था, रोगको प्रकृति, उमेर आदि अनुरूप जीवनशैलीको सही व्यवस्थापन गर्नु पर्दछ । यीबाहेक चिकित्सकको निर्देशन पालना गर्नुपर्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बच्चालाई जन्डिस भए के गर्ने ?
Next article रुघा लाग्दा यी १२ कुरा नगर्नुहोस्

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133345
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web