• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्वदेशमै हुने ल्याब टेस्ट किन विदेशमा

November 24th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वदेशमै हुने ल्याब टेस्ट किन विदेशमा
 रेशम भट्टराई,
नेपालमा पछिल्ला वर्ष उच्चस्तरीय प्याथल्याब स्थापना भइरहेका छन् । सानादेखि ठूला सबै परीक्षण अब स्वदेशमै गर्न सकिन्छ । तर अहिले पनि कमिसनको चक्करका कारण स्वदेशी ल्याबमा गर्न सकिने परीक्षणका लागि समेत भारतका विभिन्न सहर पठाइने गरिएको छ । यसरी भारत पठाउँदा एकातिर बिरामीले थप आर्थिक भार बेहोर्नु परिरहेको अवस्था छ भने अर्कोतिर विश्वसनीयतामाथि पनि ढुक्क हुने अवस्था छैन । समय पनि बढी लाग्छ । यसरी स्वदेशमै गर्न सकिने जाँचका लागि विदेश पठाउँदा लाखौं होइन करोडौं रुपैयाँ बिदेसिने गरेको छ । यो काम डाक्टरको संलग्नतामा भइरहेको छ ।
क्लिनिकको कुनामा यहाँ रगत, दिसा, पिसाब जाँच गरिन्छ भन्ने साइनबोर्ड लगाएर नमुना संकलन गरी भारत पठाउने गरिन्छ । यी सबै काम त्यो क्लिनिकमा संलग्न डाक्टरको मिलेमतोमा हुने गरेको छ । भारत पठाइने नमुनामा डाक्टरलाई ५० प्रतिशतसम्म कमिसन पाइन्छ । त्यहाँ पठाइएको नमुना कस्तो ल्याबमा परीक्षण गरिन्छ ? केही थाहा हँुदैन । विश्वसनीयता पनि हँुदैन । तर कमिसनकै चक्करमा यो काम भइरहेको छ । बाहिर पठाउँदा कहिलेकाहीँ त नमुना नै हराएर गलत रिपोर्टसमेत आउने गरेका थुप्रै उदाहरण छन् ।
सरकारले प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदण्डसम्बन्धी निर्देशिका २०७३ ल्याएको छ । निर्देशिकाले स्वदेशमा गर्न सकिने ल्याब टेस्टलाई विदेश लैजान नपाउने व्यवस्था छ । यो व्यवस्थालाई व्यवहारमा कडाइका साथ लागू गरिनुपर्छ । यस विषयमा व्यापक जनचेतना जगाउनु आवश्यक छ । जहाँ पायो त्यही ल्याब जाँच गराउनु भएन । ल्याबहरूबीच पनि सहकार्य हुनु आवश्यक छ । एउटामा हुन नसक्ने जाँचका लागि अर्कोलाई सिफारिस गर्ने चलन स्थापित गर्नुपर्छ ।
ल्याब टेस्टका रूपमा मोटो कमिसन लिने तर बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने चिकित्सक माथि पनि कडाइ गर्नुपर्छ । कमिसन लिने ल्याबलाई मात्र नभएर चिकित्सकलाई पनि कारबाही गर्नुपर्छ । केही डाक्टरहरूले मैले भनेको ल्याबमा जाँच गराएर रिपोर्ट ल्याएनांै भने म निको हुने ग्यारेन्टी लिन्न भनेर बिरामी र उनका आफन्तलाई धम्काउनेसमेत गरेका छन् । यस्तो गर्नु कानुनविपरीत हो । ल्याब जाँच कहाँ गराउने ? भन्ने कुरा बिरामीको अधिकार हो । त्यसमा डाक्टरले त सल्लाहमात्र दिने हो । बाध्य पार्ने होइन ।
( भट्टराई पाटन प्याथ ल्यावका कार्यकारी निर्देशक हुन)
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. भुसालले पत्ता लगाए नक्कली मेडिकल कलेज
Next article गर्भवती भएपछि किन आउछ उल्टी ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134436
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web