• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. भुसालले पत्ता लगाए नक्कली मेडिकल कलेज

November 25th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. भुसालले पत्ता लगाए नक्कली मेडिकल कलेज

हेल्थ टुडे

काठमाडौं, ९ मंसिर :  बंगालादेशका लागि नेपाली राजदूत डा. चोपलाल भूसालले त्यहाँका मेडिकल कलेजहरुमा अध्ययनरत् नेपाली विद्यार्थी मध्ये करिव २ सय जना गैरकानूनी रुपमा खोलिएका मेडिकल कलेजहरुमा मेडिकल पढिरहेको पत्ता लगाएका छन् ।

डा. भुसाल त्रिवि शिक्षण अस्पतालमा इएनटी विशेषज्ञ एवं प्राध्यापक थिए । नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष र नेपाल मेडिकल काउन्सिलको पुर्व सदस्य भएको अनुभवले डा.भुसाललाई त्यहाँ गैरकानूनी मेडिकल कलेज र त्यहाँ पढिरहेका नेपाली विद्यार्थीको बारेमा पत्ता लगायन सजिलो भएको हो । राजदूत भुसालले यो कुराको जानकारी नेपाल मेडिकल काउन्सिललाई गराएपछि मात्र काउन्सिलले मेडिकल अध्ययन गर्न तत्कालका लागि बंगालादेश रोक लगाउने निर्णय गरेको हो । नेपाल लगायत दक्षिण एशियाका मुलुकबाट एमविविएस पढ्न आउने विद्यार्थीहरुका लागि बंगलादेशमा केही गैरकानूनी तरीकाले स्थापना भएका मेडिकल कलेज स्थापना गरिएका छन् । नेपालका मेडिकल कलेजमा मेरिटमा नाम निकाल्न नसक्ने तर डाक्टर बन्न चाहनेहरुको रोजाई बंगालादेश हुने गरेको छ ।

काठमाडौंमा खुलेका कन्सल्टेन्सीहरुले दलालको काम गरेर ती विद्यार्थीलाई सस्तो मेडिकल शिक्षाको सपना देखाएर यस किसिमका गैरकानूनी मेडिकल कलेजहरुमा भर्ना गरिदिने गरेको पाइएको बंगालादेशस्थित नेपाली राजदुतावास स्रोतले जनाएको छ । नेपाल भन्दा सस्तोमा पढ्न पनि पाइने र प्रवेश परीक्षामा ५० अंक पार गरेपछि हुने भएकाले धेरै विद्यार्थीहरुले विकल्पको रुपमा बंगलादेश रोज्ने गरेको पाइएको छ । अहिले बंगालादेशमा एमविविएस र एमडी पढिरहेको गरी करिव २ सय विद्यार्थी गैरकानूनी रुपमा स्थापना भएका मेडिकल कलेजहरुमा पढिरहेको पाइएको छ ।

बंगालादेशका विभिन्न अवैधानिक मेडिकल लेजहरुमा करिव २ सय जना नेपाली विद्यार्थी पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली राजदुतावासले नेपाल मेडिकल काउन्सिललाई गराएपछि  काउन्सिलले बुधबारदेखि अर्को निर्णय नभएसम्मका लागि बंगालादेशमा मेडिकल पढ्न रोक लगाएको जनाएको छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी कम गर्न सकिन्छ कपाल झर्न
Next article स्वदेशमै हुने ल्याब टेस्ट किन विदेशमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134091
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

134
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web