हेल्थ टुडे
धनगढी, ९ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं कैलाली क्षेत्र नम्वर ५ कि प्रतिनिधिसभा उम्मेदवार डा. आरजु देउवाको पहलपछि ७ नम्बर प्रदेशको एक मात्र रेफरल अस्पताल सेती अञ्चल अस्पताल ३०० शैयाको हुने भएको छ । शुक्रवार बसेको मन्त्रीपरिषद् बैठकले सेती अंञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय मन्त्रीपरिषदबाट पारित गरेपछि हाल ५० शैया रहेको अस्पताल ३०० शैयाको हुने भएको छ ।
डा.आरजुको पहलपछि मन्त्री परिषद्ले अस्पताललाई ३०० शैयाको बनाउने निणर्य गरेकोे हो । केही दिन अगाडि मात्र डा. आरजुले सेती अञ्चल अस्पतालको स्थलगत निरिक्षण गर्दै जतिसक्दो छिटो अस्पतालको स्तरोन्ती गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन । त्यसको एक साता नवित्दै मन्त्रीपरिषद्ले अस्पताललाइ स्तरोन्ती गर्ने निर्णय गरेपछि यहाँका वासिन्दा खुशी भएका छन् । शैया अभावमा ठूलो संख्यामा विरामीले उपचारका कष्ट सहनु परिरहेको थियो । आफु सात नम्बर प्रदेशमा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न नै यस क्षेत्रबाट चुनाव लडेकोले सेती अञ्चल अस्पताको स्तरोन्नतीबाटै विकासको काम सुरु गरेको डा. आरजूले बताइन । ‘म प्रदेश नम्बर सातको विकासका लागि गम्भिर छु’ उनले भनिन, ‘तपाइ हाम्रो क्षेत्र सात नम्बर प्रदेश म पनि सम्पन्न भएको हेर्न चाहान्छु ’ ।
अञ्चल अस्पतालको विकासका लागि सैद्वान्तीक सहमती क्याविनेटले दिइ सकेकोले छिट्टै अस्पताल स्तरोन्ती हुने उनले बताइन । अस्पतालको शैया थपिएपछि आवश्यक भवन,आधुनिक उपकरण पनि भित्रिने उनले बताइन । ‘आइसियु कक्ष थप व्यवस्थित हुनेछ’ डा. आरजूले भनिन, ‘पुरै प्रदेशलाइ थेग्ने प्रतिक्षालय कक्षा र सुत्केरी बस्ने व्यवस्थित सुत्केरी घर निमार्ण हुन्छ । ’ सेती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रिता भण्डारीले हाल सरकारी स्तरवाट ५० शैया मात्रै रहेका अस्पतालमा १०६ जनाको दरवन्दी रहेपनि ८९ जनामात्रै कार्यरत रहेको जानकारी दिइन ।
Leave a Reply