• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

९ पूर्व स्वास्थ्यमन्त्रीमा कसले मार्ला बाजी ?

December 1st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
९ पूर्व स्वास्थ्यमन्त्रीमा कसले मार्ला बाजी ?

हेल्थ टुडे

काठमाडौं, १५ मंसिर : अहिले ९ जना पूर्व स्वास्थ्य मन्त्री चुनावी मैदानमा छन् । वहालवाला स्वास्थ्य मन्त्री दीपक बोहोरालाई पनि जोड्दा यो संख्या १० पुग्छ । यी ९ जना पूर्व स्वास्थ्य मन्त्री र वाहलवाला स्वास्थ्य मन्त्री बोहोरा गरि १० जना मध्ये कसले मार्ला त बाजी ? कौतुहलताको बिषय बनेको छ । निर्वाचनमा मैदानमा रहेका पूर्व स्वास्थ्य मन्त्रीहरुमध्ये अधिकांश अनुहार राष्ट्रिय राजनीतिमै चर्चित भएकाले पनि पूर्व स्वास्थ्य मन्त्रीहरुको चुनावी दौडले चर्चा पाएको हो । पूर्व स्वास्थ्य मन्त्रीहरुमध्ये नेपाली कांग्रेसका युवा नेता गगन थापा, एमाओवादीका गिरिराजमणी पोखरेल, एमालेका खगराज अधिकारी, राजपाका राजेन्द्र महतो, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र एमाओवादीका शक्ति बस्नेत चुनावी दौडमा भएकाले यी पूर्व स्वास्थ्य मन्त्रीहरुको प्रतिस्पर्धा धेरैका लागि चासोको बिषय बनेको छ । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं ४ बाट उम्मेदवार बनेका छन् । उनी २०७० को निर्वाचनमा यही क्षेत्रबाट अत्यधिक मत ल्याएर बिजयी भएका थिए । उनले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पूनलाई पराजित गरेका थिए । अहिले थापाको प्रतिस्पर्धा एमालेका राजन भट्टराईसँग हुदैछ । भट्टराई यो क्षेत्रका लागि नौला उम्मेदवार हुन । उनी मतदाताबिच परिचित अनुहार होइनन् । यो भन्दा पहिले भट्टराईसँग चुनाव लडेको अनुभव नभएकाले, कार्यकर्ता नचिन्ने र निर्वाचन क्षेत्रका लागि केही नगरेका कारण पूर्व मन्त्री थापालाई चुनाव जित्न सहज हुने यस निर्वाचन क्षेत्रका मतदाता बताउछन् । स्वास्थ्य मन्त्री हुदा स्वास्थ्य सुधारका दर्जनौ काम अगाडि बढाउनुका साथै स्वास्थ्य विमा कार्यक्रम लागु गराउनु सक्नुलाई थापाको सफलताका रुपमा यस क्षेत्रका जनताले लिएका छन् ।

महोत्तरीबाट दुई पटक एमाओवादीबाट निर्वाचित पूर्व स्वास्थ्य मन्त्री एवं बहालवाला विना विभागिय मन्त्री गिरिराजमणि पोखरले यो पटक पनि महोत्तरी १ बाट चुनावी मैदानमा छन् । तिन पटक स्वास्थ्य मन्त्री भइसकेका पोखरेलले पहिलो पटक स्वास्थ्य मन्त्री हुदा स्वास्थ्यमा सकारात्मक कामको सुरुवात गरेर सफल मन्त्रीको रुपमा आफूलाई उभ्याए  पनि उनको दोश्रो र तेश्रो कार्यकाल फलदायी रहन सकेन् । तेश्रो कार्यकालमा त उनले केही काम नै गर्न नसकी स्वास्थ्य मन्त्रीको जिम्मेवारीबाट हट्ेर विना विभागिय हुनु पर्यो । उनीभन्दा पहिले स्वास्थ्य मन्त्री भएका गगन थापाको अगाडि उनी फिक्का सावित भए । आफ्नो निर्वाचन क्षेत्रमा राम्रो पडक भएका कारण पोखरेलले चुनाव जित्ने बलियो संभावना छ । एमालेसँगको गठबन्धनका कारण पोखरेललाई केही फाइदा पुगेको छ ।

त्यसैगरि पूर्व स्वास्थ्य मन्त्री एवं राजपाका नेता राजेन्द्र महतो आफ्नो गृह जिल्ला सर्लाही छोडेर धनुषा ३ बाट चुनावी मैदानमा छन् । उनीसँग नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व गृह मन्त्री विमलेन्द्र निधि प्रतिस्पर्धामा छन् । यी दुईको कडा टक्कर हुने अनुमान छ । तर धनुषाका अर्को प्रभावशाली नेता संजय शाह ( जो अहिले जेलमा छन् ) को समर्थन निधिलाई हुने भएपछि भने महतोको अवस्था नाजुक मोडमा पुगेको छ । महतो २०७० को निर्वाचनमा पनि सर्लाहीबाट पराजित भएका थिए ।

एमालेका नेता एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी कास्की १ बाट उम्मेदवार बनेका छन् । आफू स्वास्थ्य मन्त्री हुदा पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आफूले खेलेको भूमिकाको मूल्यांकन गर्दै उनी मत मागिरहेका छन् । २०७० को निर्वाचनमा पराजित भएका अधिकारी यो पटक जित्ने दाउमा छन् । तर वर्तमान कानून मन्त्री समेत रहेका यहाका लोकप्रिय नेता यज्ञबहादुर थापा नेपाली कांग्रेसबाट उम्मेदवार भएकाले अधिकारीलाई जित्न सजह भने छैन ।

त्यसैगरि पुर्व स्वास्थ्य मन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसी नुवाकोट २ बाट मैदानमा छन् । वामगठबन्धनका नारायण खतिवडासँग उनको कडा टक्कर रहेको छ । यी दुईमा कस्ले बाजी मार्ला भन्न नसकिने यहाँका मतदाता बताउछन् ।

कैलाली ३ बाट उम्मेदवार बनेको पुर्व स्वास्थ्य मन्त्री राजजनम चौधरीलाई भने चुनाव जित्न सहज छ । यो क्षेत्रमा थारु मतदाताको बाहुल्यता रहेकाले पूराना नेतालाई सहज भएको हो । लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा बिलय भएपछि चौधरीलाई चिठ्ठा परे जस्तै भएको छ । उनी यस अगाडिका चुनावमा पनि बिजय बन्दै आइरहेका छन् । जाजरकोटबाट चुनावी मैदानमा रहेका पूर्व स्वास्थ्य मन्त्री एवं एमाओवादी नेता शक्ति बस्नेतलाई पनि चुनाव जित्न सहज छैन । नेपाली कांग्रेस जाजरकोटका लोकप्रिय नेता राजिव विक्रम शाहसँग बस्नेतको कडा टक्कर हुने अनुमान छ । जाजरकोटका विपन्न जनताको स्वास्थ्य उपचारका लागि निजी खर्चमा सुविधा सम्पन्न अस्पताल बनाउनेदेखि महामारीका बेला आफ्नै खर्चमा हेलिकोप्टर मार्फत औषधि लगेर उपचार सेवा दिएर शाही जनता माझ लोकप्रिय बनेका छन् । जाजरकोटमा कडा टक्कर हुने र कस्ले बाजी मार्ला भन्न सकिने अवस्था नभएको स्थानियवासी बताउछन् । त्यसैगरि पूर्व स्वास्थ्य मन्त्री एवं संघिय समाजवादी फोरममा नेता अशोक राई सुनसरी १ बाट र अर्का पूर्व स्वास्थ्य मन्त्री सरदसिंह भण्डारी सर्लाहीबाट उम्मेदवार छन् । यी दुबैको अवस्था बलियो नभएको स्थानियवासी बताउछन् । वर्तमान स्वास्थ्य मन्त्री दीपक बोहोरा रुपन्देही ३ बाट राप्रपाबाट उम्मेदवार छन् । उनको प्रतिस्पर्धा एमालेका घनश्याम भूषालसँग  छ । नेपाली कांग्रेसको समर्थन पाएका मन्त्री बोहोरा र एमाओवादीको समर्थन पाएका भूषालबिच कस्ले बाजी मार्ला भन्न सकिने अवस्था नभएको विश्लेषक बताउछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कलेज पढ्दा पढ्दै यौन व्यवसायी
Next article उच्च रक्तचाप भएकालाई यौनसम्पर्क घातक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134335
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web