• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

जन्डिस भए के गर्ने ?

December 4th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जन्डिस भए के गर्ने ?

डा. ललित श्रेष्ठ

जन्डिस जुनसुकै मौषमा पनि हुनसक्छ । यो बिशेषगरि कलेजोसम्बन्धी रोग हो । यो रोगका विषाणुले कलेजोका कोषिकाहरूलाई क्षति पु¥याउँछ । समयमा उपचार हुन नसकेपछि कलेजोले काम गर्न छाडी रोगीको मृत्यु हुन सक्छ । यो रोगलाई हल्का रूपमा लिनु हुँदैन । सामान्यतया प्रदूषित पानी पिउनाले, बासी खानेकुरा खानाले र सरसफाइमा ध्यान नदिनाले यसको संक्रमण भएको पाइएको छ । यो सबै उमेरसमूहका व्यक्तिलाई हुन सक्छ ।

         कसरी थाहा पाउने जन्डिस भएको ?

बिरामीलाई सुरुको अवस्थामा थकाइ लाग्छ र पेट दुख्छ, दिसाको रङ फुस्रो हुन्छ,खान मन नलाग्ने हुन्छ ।  विस्तारै शरीरका अंगहरू जस्तै आँखा, नङ, छाला र अन्य भागमा पहँेलो हुने साथै पिसाब पहेँलो हुन्छ । माथिका चिन्ह र लक्षणहरू झन्डै ७–१० दिनसम्म रहन्छन् र कहिलेकाहीँ तीन महिनासम्म पनि देखिन्छन् ।

यसो गर्दा जन्डिस सर्छ :

राम्ररी जाँच नगरी रगत लिँदा वा दिँदा, निर्मलीकरण नगरिएको सिरिन्ज, रौं खौरने तथा चिरफार गर्ने औजारहरूको प्रयोग गर्दा ।  दाँत सफा गर्ने ब्रस, दाह्री काट्ने ब्लेड र तौलिया साझा रूपमा प्रयोग गर्दा, संक्रमित व्यक्तिको चुम्बन र यौनसम्पर्क गरेमा । संक्रमित व्यक्तिको दिसापिसाबबाट पानी प्रदूषित भएमा र प्रदूषित पानी पिएमा ।

जन्डिसबाट बच्ने उपायहरू 

व्यक्तिगत सरसफाइमा ध्यान दिने,  पानीलाई उमालेर, छानेर वा क्लोरिन प्रयोग गरेर शुद्धीकरण गरेर वा सोडिस प्रविधि गरेर मात्र पिउने, खानेकुरा, सागपात र तरकारीलाई राम्रोसँग सफा र सुरक्षित पानीमा पखालेर राम्ररी पकाएर खाने ।  पानीको मुहान सफा राख्ने, बिरामीको रेखदेख गर्ने व्यक्तिले आफ्नो हात साबुनपानीले धुने, नङ छोटो र सफा राख्ने । चर्पीमा मात्र दिसा, पिसाब गराउने, तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउने र स्वास्थ्य कार्यकर्ताको सल्लाहबमोजिम औषधि खाने ।  जाँड, रक्सीको सेवन नगर्ने, रगत लिँदा परीक्षण गरेको रगत मात्र लिने, सुई लगाउँदा वा धारिलो उपकरणको प्रयोग गर्दा निर्मलीकरण गरेको मात्र प्रयोग गर्ने,  सुरक्षित यौन व्यवहार गर्ने ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्याप स्मेयर
Next article मिर्गौला बचाउने कार्यक्रम खै ?  

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132474
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web