• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

विवादास्पद डा. चौधरी स्वास्थ्य सचिवको दौडमा

December 7th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विवादास्पद डा. चौधरी  स्वास्थ्य सचिवको दौडमा

काठमाडौं, २१ मंसिर:  स्वास्थ्य मन्त्रालयको रिक्त सचिवमा सरकारले नयाँ नियुक्ति गर्ने तयारी गरेको छ । स्वास्थ्य सचिव डा. किरण रेग्मीले चार दिन पहिले अनिवार्य अवकाश पाएपछि रिक्त पदका लागि प्रतिस्पर्धामा रहेका १२ औं तहका तीन उम्मेदवार मध्ये एकलाई सचिवमा नियुक्ति गर्ने सरकारले तयारी गरेको हो । तीन प्रतिस्पर्धी मध्ये डा. पुष्पा चौधरी सबैभन्दा विवादस्पद छविकी मानिन्छिन् । उनी आफूलाई सचिव बनाउन दौडधूपमा भने सबैभन्दा अघि देखिएकी छन् । चौधरीसंग आफ्नो जागिरको ३८ वर्ष राजधानी बाहिर सेवा गरेर १२ औं तहमा बढुवा भएपछि मन्त्रालय आएका डा.सुशिल प्याकुरेल र डा. विनोदमान श्रेष्ठ सचिवको दौडमा छन् ।

डा. श्रेष्ठले चार तिन महिनापछि अवकाश पाउने भएकाले चौधरीले सरकारका उच्च व्यक्तिलाई भेटेर आफूलाई नै सचिव बनाउन भनसुन गर्न थालेको सरकारी उच्च स्रोतको दाबी छ । दाम चढाएर स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक समेत भइसकेकी डा. चौधरी अहिले पनि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संयोजकका रुपमा रहेकी छिन् । कुनै पनि सरकारी अधिकृतले अर्को विदेशी संस्थाको सदस्य हुन र दुई ठाउँमा काम गरेर दोहोरो तलव सुविधा लिन नपाउने स्पष्ठ कानूनी व्यवस्था छ । चौधरीलाई दोहोरो सुविधा लिइरहेको आरोप मात्र होइन प्रमाण पनि छ । यस बिषयमा अख्तियार र स्वास्थ्य मन्त्रालयमा उजुरी पनि परेको थियो । तर रामजनम चौधरी स्वास्थ्य मन्त्री भएका बेला डा. पुष्पाले सबै फाइल मिलाएर मुद्दा मिलाउन लगाएको स्वास्थ्यका एक अधिकारीले बताए । डा. चौधरी स्त्री तथा प्रसूति रोग विशेषज्ञको पेसागत संगठन ( नेसोग) र सोही समबन्धि अन्तर्राष्ट्रिय संगठन ( फिगो ) को सहकार्यमा सञ्चालित परिवार स्वास्थ्यसँग सम्बन्धित पिपिआईयूडी कार्यक्रमको संयोजकका रुपमा कार्यरत रहेको स्रोतको दाबी छ ।

सन् २०१५ देखि २०१७ को डिसेम्बरसम्म सम्झौता गरेकी उनले त्यस बाफत मासिक १ लाख ५० हजार ( १५०० अमेरिकी डलर)  अझै पनि लिइरहेकी छिन् । कुनै पनि सरकारी कर्मचारीले दोहोरो सुविधा लिए बर्खास्तमा पर्ने कानूनी प्रावधान रहेको स्वास्थ्य सेवा ऐनमा व्यवस्था छ । समान्य प्रशासन मन्त्रालयले यस्ता कर्मचारीको सूची तयार पार्ने काम भइरहेको र उनीहरु माथि भित्री रुपमा अनुसन्धान समेत भइरहेको जनाएको छ । निजामती सेवामा रहेका राष्ट्रसेवकले गैरसरकारी संस्थामा आवद्घ भई पारिश्रमिकमा काम गर्न नपाइने मन्त्रालयले जनाएको छ । डा. पुष्पाले आफ्नो घर समेत आफ्नै पति डा. श्रवणकुमार चौधरीको नाममा सोही संस्थासँग मासिक ४० हजार लिने गरि भाडामा दिएकी छन् । सन् २०१५ देखि तीन वर्षका लागि गरिएको भाडा सम्झौतामा ४० हजार प्रति महिना भाडा, ४ हजार मर्मत र बार्षिक १० प्रतिसत भाडा बढाउने सम्झौता छ । राजजनम चौधरी स्वास्थ्य मन्त्री भएका बेला नियम विपरित विभागको निमित्त महानिर्देशक बनेकी चौधरीलाई सही नेतृत्व दिन नसकेपछि त्यसपछि स्वास्थ मन्त्री भएका गगन थापाले महानिर्देशकबाट हटाएर मन्त्रालय सरुवा गरेका थिए । डा. चौधरी नागरिकतामा उमेर हद विवादको घेरामा समेत रहेकी छन् । उनले उमेर ढाटेर नागरिकता लिएको स्रोतको दाबी छ । डा. चौधरीको माइती भारत हो । उपत्यका बाहिर गएर काम नगरेको, पैसाको बलमा सधै राजधानीमा रहेको, प्रसाशनको कुनै ज्ञान नभएको जस्ता आरोप उनलाई लागेको छ । स्रोतका अनुसार गत वर्ष विभागको महानिर्देशक बन्दा कर्मचारी सरुवामा डा. चौधरीले करोडौ चलखेल गरेकी थिइन । पैसाका भरमा सचिव बन्ने होडका रहेकी डा. पुष्पाका हरेक निर्णय र गतिविधि मन्त्रालयका चर्चा र विवादको बिषय बन्ने गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।    ( आजको शौर्य दैनिकबाट )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी लुटिन्छन् अस्पतालमा विरामी
Next article किशोरीहरुमा हुने यौनिक परिवर्तन

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web