• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बैतडीमा गर्भवती आईरन चक्की नपाई रित्तै हात

December 8th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बैतडीमा गर्भवती आईरन चक्की नपाई रित्तै हात

बैतडी, २२ मंसिर : बैतडीका स्वास्थ्य संस्थामा केही दिनदेखि आइरन चक्कीको अभाव भएको छ । स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव हुँदा गर्भवती महिलालाई आइरन चक्की नदिएरै फर्काउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीले जनाएका छन् ।

सिगास गाउँपालिकाअन्तर्गत रहेको गाँजरी स्वास्थ्य चौकीमा आइरन चक्की कत्ति पनि नरहेको स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको आइरन चक्कीको अभावमा गर्भवती महिलालाई रित्तै हात फर्काउनुपर्ने बाध्यता रहेको छ ।”

गर्भ बसेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म महिलाले लगातार रुपमा आइरन चक्की खानुपर्ने भएपनि स्वास्थ्य संस्थामा आइरन चक्की नहुँदा महिला आइरन चक्की खानबाट वञ्चित भएका छन् ।

सिगास गाउँपालिका जस्तै सुर्नया गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि आइरन चक्कीको अभाव रहेको छ । थोरै मात्रामा आइरन चक्की स्वास्थ्य संस्थामा पुगेको र त्यो गर्भवती महिलाका लागि कम हुँदा धेरैलाई रित्तो हात फर्काउनुपर्ने बाध्यता रहेको शंकरपुर स्वास्थ्य चौकीका अनमी सुनिता भट्टले जानकारी दिनुभयो ।

सरकारले स्वास्थ्य संस्थाहरुलाई स्थानीय तहमा हस्तान्तरण गरेदेखि नै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव कायमै रहेको पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहमा स्वास्थ्य क्षेत्रका लागि केन्द्रबाटै कम बजेट आएकाले समस्या भएको छ ।”

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी लुटिन्छन् अस्पतालमा विरामी
Next article महिला गर्भवती हुन कति शुक्रकिट चाहिन्छ ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132136
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web